खोटाङ, असार १५ गते । पानीको बहाव बढेर वारपार गर्न समस्या भएपछि लोचा खोलामा श्रमदानबाट काठे पुल निर्माण गरिएको छ । खोटाङको रावाबेँसी गाउँपालिका –६ हौँचुर र वडा नं. १ कुभिण्डे जोड्ने लोचा खोलामा श्रमदानबाट अस्थायी काठे पुल निर्माण गरिएको हो । बर्खा लागेसँगै हौँचुर खोला अर्थात् लोचा खोलामा पानीको बहाव बढेपछि मोटरसाइकल वारपार गराउन […]
काठमाडौँ, असार १५ गते। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल अस्पतालमा भर्ना हुनुभएको छ। ज्वरो आएपछि उहाँलाई शनिबार राति वीर अस्पतालमा भर्ना गरिएको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार उहाँको वीर अस्पतालको भीआईपी क्याबिनमा उपचार भइरहेको छ। उहाँलाई लामो समयदेखि रुघाखोकी र ज्वरो आउनुका साथै स्वास्थ्यमा कमजोरी देखिएपछि केही दिन घरमै आराम गरेपछि काममा फर्कनुभएको थियो। […]
काठमाडाैँ, असार १५ गते । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले बालविकास सहजकर्ताहरूलाई योग्यताको आधारमा साधारण शिक्षक बनाउन सकिने व्यवस्था गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ । आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथिको छलफलमा बोल्दै उहाँले यस्तो प्रस्ताव राख्नुभएको हो । उहाँले बालविकास सहजकर्ताको योग्यतालाई उनीहरूको वृत्ति विकाससँग जोड्न […]
मुगु, असार १५ गते । मुगु जिल्लाको जिमा आसपास केन्द्रबिन्दु बनाएर आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको स्थानीय परिमाण (एमएल) ४.८ मापन गरिएको हो। भूकम्पको केन्द्र जिमा क्षेत्र वरपरको भूभागमा रहेको जनाइएको छ। भूकम्पका कारण आसपासका बस्तीहरूमा धक्का महसुस गरिएको भए […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आज तपाइको कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ । जागिरमा केही अल्छीपन छाउनेछ । हानी नै नगरेपनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन् । जागीरमा पनि समस्या देखा पर्न सक्छ […]
सुर्खेत, असार १४ गते । कर्णाली प्रदेश सरकारअन्तर्गतका निकायहरूको प्रशासनिक पुनर्संरचना गर्न गठित उच्चस्तरीय सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समितिले शुक्रबार मुख्यमन्त्री यामलाल कँडेललाई आफ्नो प्रतिवेदन बुझाएको छ । पूर्वसचिव लक्ष्मण अर्यालको संयोजकत्वमा गठित समितिले दुई महिना लगाएर तयार पारेको प्रतिवेदन प्रदेशको विद्यमान प्रशासनिक संरचना सुधार गरी सरकारको कार्यसम्पादनलाई चुस्त, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्य राखेको […]
तनहुँ, असार १४ गते । रासायनिक मल र विषादीको प्रयोग बिनै उत्पादन बढाउन सकिन्छ भन्ने उदाहरण तनहुँको एक किसान बन्नु भएको छ । व्यास नगरपालिका–५, ढोडेनीमा नेपाल घरेलु तथा साना उद्योग महिला उद्यमी समिति तनहुँको अध्यक्ष कल्पना गौलीले पाङ्गरिक प्रविधिबाट खेती गरी उत्पादन बढाएर मनग्य आम्दानी गर्नु भएको हो । गौलीले सञ्चालन गरेको ‘माँ अम्बे […]
काठमाडौँ, असार १४ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४८, आलु रातो […]
काठमाडौँ, असार १४ गते । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली शनिबार स्पेन प्रस्थान गर्दै हुनुहुन्छ । स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडि–४)’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) केही नयाँ काम थाल्ने समय छ । धार्मिक एवम् सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ । साथै रुपैँया पैसाको पनि कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन […]