काठमाडौँ, असार १४ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४८, आलु रातो […]
काठमाडौँ, असार १४ गते । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली शनिबार स्पेन प्रस्थान गर्दै हुनुहुन्छ । स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडि–४)’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) केही नयाँ काम थाल्ने समय छ । धार्मिक एवम् सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ । साथै रुपैँया पैसाको पनि कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन […]
काठमाडौँ, असार १३ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान निकासी जाँचपासका लागि जडान गरिएका उपकरणको मर्मतसम्भारमा लापर्बाही हुँदा कार्गो आयातनिर्यात ठप्प हुने अवस्थामा पुगेको छ । विमानस्थलको कार्गो वेयर हाउसमा सामान निकासी जाँचपासका क्रममा प्रयोगमा आउने उपकरण सञ्चालन र मर्मतसम्भार नेपाल पारवहन तथा गोदाम लिमिटेडले गर्दै आएको छ तर हवाई माध्यममार्फत आयातनिर्यात हुने देशकै प्रमुख […]
पश्चिम नवलपरासी, असार १३ गते । पश्चिम नवलपरासी प्रहरीले जिल्लाको ग्रामीण क्षेत्रमा जनताको घरदैलोमा पुगेर ‘समुदाय–प्रहरी साझेदारी’ अभियानलाई तीव्र पारेको छ । शान्ति, सुरक्षा र सामाजिक सचेतना अभिवृद्धि गर्ने मूल उद्देश्यका साथ प्रहरी जनताको घरदैलोमा पुगेर समाजका जल्दाबल्दा समस्याहरू न्यूनीकरणका लागि काम गरिरहेको हो । प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले यस अभियानले प्रहरी र जनताबिचको सम्बन्धलाई […]
म्याग्दी, असार १३ गते । पाखोबारीको भित्तामा ससाना प्वाल छन् । नजिक नजिक रहेका प्वालभित्र फल्याक राखेर ओत लगाइएको छ । यिनै ओतमुनि अरिङ्गालका गोला छन् । म्याग्दीको बेनी नगरपालिका–६, जामुनाखर्कका अशोक शाहीले राहुवडास्थित पाखोबारीमा व्यावसायिक अरिङ्गालपालन गर्दै आउनुभएको छ । शाहीले नजिकैको जङ्गलबाट ल्याएर ११ गोला अरिङ्गाल पाल्न थालेको जानकारी दिनुभयो । राहुवडामा खुर्सानी […]
कञ्चनपुर, असार १३ गते । गर्मी र वर्षातको समयमा मात्र देखिने डेंगु सुदूरपश्चिममा बाह्रै महिना देखिन थालेको छ । जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयावधि लम्बिनु, तापक्रममा असमान्य वृद्धि हुनु, वर्षा चक्रको अनियमियताले डेंगुको सङ्क्रमण बढ्दै गएको छ । जलवायु परिवर्तनका कारण लामखुट्टेको रोग सार्ने क्षमतामा वृद्धि हुँदै गएको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन […]
काठमाडौँ, असार १३ गते । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ८४ पैसा र बिक्रीदर १३७ रुपियाँ ४४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपियाँ १४ पैसा र बिक्रीदर १६० रुपियाँ ८४ पैसा, युके पाउण्ड […]
काठमाडौँ, असार १३ गते । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावका कारण कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । यसैगरी, देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाम्पत्य जीवन सुखद एवम् समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुन सक्छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ, दिन रमाइलोको साथ बित्ने छ । रोकिएका अधुरा कामहरु पुरा हुने छन् भने व्यवहारिक समस्याको हल हुने छ । सामान्यतया दिन […]