काठमाडौँ, साउन २ गते । आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस हो । स्वतन्त्रता र शान्तिको संस्कृति निर्माणमा दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलाले गर्नुभएको योगदानको कदर गर्दै सन् २००९ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो । मानवताको सेवामा गर्नुभएको समर्पण, द्वन्द्व समाधान, मानवअधिकारको रक्षा, मेलमिलाप, लैङ्गिक समानता र बालबालिकाका साथै अन्य […]
काठमाडौँ, साउन २ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४३, आलु रातो […]
तानसेन, साउन २ गते । पाल्पाका दस स्थानीय तहको एक अर्ब २४ करोड ६१ लाख बजेट फिर्ता भएको छ । जिल्लाका दस स्थानीय तहका लागि विनियोजित कुल बजेट ६ अर्ब ८९ करोड १८ लाखमध्ये पाँच अर्ब ६४ करोड ५७ लाख रुपियाँ मात्र खर्च भएको छ । दस स्थानीय पालिकाले चालुतर्फ चार अर्ब ३८ करोड ८० […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यस्त र तीव्र दिन रहनेछ, तर खर्च बढ्ने सम्भावना छ । पठन पाठनमा बाधा आउने र मानसिक तनावले चिडचिडाहट थप्नेछ । आर्थिक बोझ र मान प्रतिष्ठामा असर पुग्न सक्छ । जोखिम र रिस्कभित्र कुनै निर्णय नगर्नु शुभ हुनेछ । वृष (इ, उ, ए, ओ, बा, […]
काठमाडौँ, साउन १ गते । नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५० बनाउने विषयमा सहमति भएको छ । आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको त्रिपक्षीय बैठकमा उक्त सहमति भएको मन्त्रालयले जनाएको छ । श्रम ऐन, २०७४ को दफा १०७ मा प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण […]
काठमाडौँ, साउन १ गते । पञ्चायतकालको उत्तरार्धदेखि सक्रिय राजनीतिक जीवनमा रहँदासम्म पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) प्रत्येक शनिबार चिया खाने र कार्यकर्ता भेट्ने ‘अड्डा’ नै थियो, बानेश्वरस्थित लक्ष्मी दिदीको चिया पसल । झिँगटीको छानो भएको सानो घरमा रहेको पसलमा किसुनजीसँगै धेरै नेता तथा कार्यकर्ता पुग्थे । कांग्रेसका शीर्ष नेताकै चिया अड्डा भएपछि […]
फुङ्लिङ, असार ३२ गते । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा तीन करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्ष २०८१–८२ मा मन्दिरमा तीन करोड ११ लाख ६४ हजार ६७६ रुपैयाँ भेटी रकम सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी भेटी […]
सप्तरी, असार ३२ गते । सप्तरीको बोदेबर्साइन नगरपालिका ४ मा बुधबार भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरिएको छ । वडानम्बर ४ का गाउँब्लकमा रहेका घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो । बोदे बर्साइन नगरपालिका ४ सिल्हट प्रसाहीको वडा कार्यालयको सभा हलमा नगर प्रमुख आतेशकुमार सिंह यादवले भुमिहीन परिवारलाई लालपुर्जा वितरण गर्नुभयो । लालपुर्जा वितरण गर्दै नगरप्रमुख यादवले […]
काठमाडौँ, साउन १ गते । अत्यन्त जोखिम र बाध्यात्मक प्रयोगका रूपमा रहेको तुइनलाई विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्दै देशलाई तुइनमुक्त बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अठोट पूरा हुने अवस्थामा पुगेको छ । १० वर्षअघि मुलुकभर १४६ वटा तुइन रहेकामा अहिले १४ वटा मात्र बाँकी छन् । १३२ स्थानका तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गरिएको छ । […]
काठमाडौँ, साउन १ गते । मकवानपुरका गोपाल शर्मा निरन्तर मधुमेह (सुगर) को औषधी सेवन गर्नुहुन्छ । यसबाहेक उहाँले कोलेस्ट्रोलको औषधी सेवन गरिरहनुभएको छ । सुगर मात्र होइन, उहाँलाई प्रोस्टेट रोग पनि छ । यी औषधी सेवन गर्नका लागि तीन हजार रुपियाँ मासिक लाग्ने गर्दथ्यो । शर्माले स्वास्थ्य बिमा गराउँदा उहाँले सेवन गर्ने औषधी निःशुल्क रूपमा पाइरहनुभएको छ । शर्माले यसअघि […]