दुर्घटनामा दुई जनाको मृत्यु, २२ जना घाइते

इनरुवा (सुनसरी),  असोज २ गते ।   यहाँको भोक्राहा नरसिंह गाउँपालिका–३ पुल्चोकमा आज बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–००२ ख ०९४९ नम्बरको यात्रुवाहक बसले बिग्रिएर सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर […]

बाँकेमा तीन सयभन्दा बढी सवारी साधन नष्ट

नेपालगन्ज, असोज २ गते ।  जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते बाँके जिल्लाका विभिन्न सरकारी कार्यालय र स्थानीय तहमा गरिएको आगजनी र तोडफोडबाट तीन सयभन्दा बढी सवारी साधन नष्ट भएका छन् । नष्ट भएका सवारी साधनहरुमा मोटरसाइकल धेरै रहेको विभिन्न कार्यालयबाट प्राप्त भएको तथ्याङ्कबाट जानकारी भएको छ । विभिन्न समयमा पक्राउ गरेर नेपालगन्ज भन्सार कार्यालयमा […]

जेनजी प्रदर्शनमा ज्यान गुमाउनेको शोकमा थाक खेलकुद स्थगित

मुक्तिनाथ (मुस्ताङ), असोज २ गते । जेनजी प्रदर्शनमा ज्यान गुमाउनेको शोकमा थाक खेलकुद तथा सांस्कृतिक विकास सङ्घको गरेको ५२ औं संस्करणको खेलकुद तथा सांस्कृतिक कार्यक्रम स्थगित भएको छ । थासाङ गाउँपालिका–३ लेतेमा आगामी असोज ९ देखि ११ गतेसम्म हुने प्रतियोगितामा आन्दोलनको क्रममा ज्यान गुमाउनेको सम्झना तथा घाइतेको स्वास्थ्य लाभको कामनासहित प्रतियोगिता स्थगित गरिएको सङ्घका अध्यक्ष […]

भ्रष्टाचार नियन्त्रण र पारदर्शिता कायम गर्न माग गर्दै राष्ट्रपतिलाई ज्ञापनपत्र

काठमाडौं, असोज ३ गते ।  भ्रष्टाचार विरुद्ध, सुशासन तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा जारी आन्दोलनलाई सम्बोधन गर्नुपर्ने माग राख्दै १५ जना नागरिक समाजका प्रतिनिधिहरूले आज राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा हालको अस्थायी सरकारलाई आन्दोलनका मुद्दा सम्बोधन गर्ने दिशामा अघि बढ्न सुझाव दिइएको छ। ूभ्रष्टाचार नियन्त्रण, अभिव्यक्ति स्वतन्त्रता, पारदर्शी शासन व्यवस्था र समयमै निर्वाचन […]

सिदिङ्वा गाउँपालिकाले दसैँअघि भुक्तानी गर्न नसक्ने

फुङलिङ, असो २ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले दसैँअघि कुनैपनि प्रकारको भुक्तानी गर्न नसक्ने जनाएको छ । जेनजी आन्दोलनका नाममा केही समूहले कार्यालय तोडफोड र अत्यावश्यक कागजात समेत लिएर गएको भन्दै कारण दसैँअघि कुनै पनि प्रकारको भुक्तानी गर्न नसक्ने जनाएको हो । गाउँपालिका र गाउँपालिकाका कर्मचारीहरूले बिहीबार एक विज्ञप्ति जारी गर्दै दसैँअघि कुनैपनि भुक्तानी गर्न […]

तीन दिनमा मुस्ताङ भन्सारमा नौ करोड ७० लाख राजस्व सङ्कलन

मुस्ताङ,  असोज २ गते । मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा तीन दिनको अवधिमा रु. नौ करोड ७० लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट आयात गरिएका मालवस्तुबाट भन्सारले उक्त राजस्व सङ्कलन गरेको हो । कोरला नाका  ११ दिन अघि पूर्णरुपमा सञ्चालनमा आएको थियो । तर, कार्यालयको आन्तरिक तयारी तथा व्यवस्थापन गर्नुपर्ने […]

जनतालाई महसुस हुने गरी सुरक्षा व्यवस्था सुदृढ पार्न निर्देशन

चन्द्रपुर (रौतहट), असोज २ गते । सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दीबास, महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले सीमामा उच्च सतर्कता अपनाउँदै समग्र जिल्लाको सुरक्षा व्यवस्था सुदृढ  पार्न  निर्देशन दिनुभएको छ । बुधबार प्रस्तावित सीमा सुरक्षा गुल्म गौर निरीक्षण गर्नुहुँदै सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय […]

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुरानै स्वरूपमा निर्माण गरिने

काठमाडौँ, असोज २ गते । जेनजी समूहको नाममा भएको प्रदर्शनका क्रममा भदौ २४ गते आगजनी र तोडफोडबाट ध्वस्त नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) को बुधबार तीन जना मन्त्रीले स्थलगत निरीक्षण गर्नुभएको छ । अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा […]

जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्ज्वलन

काठमाडौँ, असोज १ गते । जेनजी पुस्ताबाट भएको प्रदर्शनको क्रममा ज्यान गुमाउनेहरुको सम्मानमा बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दीप प्रज्ज्वलन गरिएको छ । काठमाडौंको सहिदगेटमा दीप प्रज्ज्वलन भएको छ । समाजका विविध क्षेत्रमा संलग्न व्यक्तिहरुको उपस्थितिमा सहिदगेटमा दीप प्रज्ज्वलन गरिएको सामाजिक अभियन्ता धनेज थापाले बताउनुभयो । उहाँका अनुसार दीप प्रज्ज्वलनमा स्वतस्फूर्त रुपमा सर्वसाधारणको समेत उपस्थिति […]

रुकुमपूर्व–बागलुङ सीमा क्षेत्रमा ४.६ रेक्टरको भूकम्प

काठमाडौँ, असोज १ गते ।  रुकुम पूर्वको पातीहाल्ने भञ्ज्याङ आसपास बागलुङ–रुकुमपूर्व सीमाक्षेत्रमा सोमबार साँझ ८ बजेर २५ मिनेटमा ४.६ स्थानीय परिमाण (एमएल) को भूकम्प गएको छ। नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनईएमआरसी), भूगर्भ विभागका अनुसार भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको भए पनि अहिलेसम्म कुनै मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल