alliance khabar

आइतबार, मंसिर ०७, २०८२

फिदिम, मङ्सिर ७ गते।

नेकपा (एमाले)को आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि जान पाँचथर जिल्लाबाट ३२ जनाको उम्मेद्वारी दर्ता भएको छ। एमाले पाँचथरले गठन गरेको निर्वाचन समितिमा आइबार उम्मेद्वारी दर्ता भएको हो।

जिल्लाबाट खुलामा चार, महिलामा दुई, दलितमा एक र युवामा एक गरेर आठ जना प्रतिनिधि चयन हुने निर्वाचन अधिकृत जयप्रसाद केरुङले जानकारी दिनुभयो।

जसमा खुला चार जनाका लागि १६ जना, दुई जना महिलाका लागि सात जना, एक जना युवाका लागि ६ जना र एक जना दलित प्रतिनिधिका लागि ६ जनाले उम्मेद्वारी दर्ता गराएका हुन्।

पाँचथर जिल्लाको प्रदेश (क) बाट एक हजार ९ सय ७४ र (ख) बाट एक हजार दुई सय ९६ गरी कुल तीन हजार दुई सय ७१ जना पार्र्टी सदस्य छन्।

सबै पार्टी सदस्यले महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्न पाउने व्यवस्था छ। जिल्लाबाट केन्द्रीय सदस्यमा प्रतिनिधित्व गर्ने नेता भने स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था रहेको छ।

मङ्सिर १० गतेसम्म उम्मेदवारबिच सहमतिको प्रयास गर्ने र सहमति नजुटे निर्वाचन गराउने एमालेको तयारी छ। महाधिवेशन प्रतिनधिका लागि १३ गते देशभर एकसाथ मतदान गर्ने एमाले निर्वाचन समितिको तालिका छ। एमाले महाधिवेशन भने मङ्सिर २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल