काठमाडौँ, असोज २ गते। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज फोन वार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उहाँको ७५औँ जन्मदिनको शुभकामना दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सदियौँ पुरानो र मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्नुभएको थियो । साथै उहाँले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका […]
म्याग्दी, असोज २ गते । जिल्ला हुलाक कार्यालय म्याग्दीले उत्कृष्ट चिट्ठीपत्र लेख्ने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ । बिहीबार हुलाक कार्यालयमा आयोजित कार्यक्रममा विजेता विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको हो । नयाँ पुस्तालाई हुलाक र चिट्ठीपत्रको महत्त्वका बारेमा सचेतना जगाउन हुलाक कार्यालयले माध्यमिक विद्यालयस्तरीय चिट्ठी पत्र लेखन प्रतियोगिता सञ्चालन गरेको थियो । प्रतियोगितामा प्रथम, द्धितीय र […]
नयाँदिल्ली, असोज २ गते । दक्षिणी राज्य केरलामा दुर्लभ पानीजन्य ‘मस्तिष्क खाने’ (ब्रेन इटिङ) अमिबाको सङ्क्रमण र मृत्यु गत वर्षको तुलनामा दोब्बर बढेपछि भारतले स्वास्थ्य चेतावनी जारी गरेको छ । सरकारी टास्क फोर्सका चिकित्सक अल्ताफ अलीले कि अधिकारीहरूले राज्यभरि केस पत्ता लगाउन र उपचार गर्न ठूलो मात्रामा परीक्षण गरिरहेको बताउनुभयो । यस वर्ष नेग्लेरिया फोलेरी […]
मध्यविन्दु, असोज २ गते । नवलपुरको कावासोतीमा आमाघर तथा लोक सांस्कृतिक सङ्ग्राहलय निर्माण हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल नवलपुरले ऐतिहासिक र गौरवशाली परियोजना अन्तर्गत यहाँ आमाघर तथा सांस्कृतिक सङ्ग्राहलय निर्माण गर्न लागेको हो । जस अन्तर्गत अहिले कावासोती ६ भाट्टोलामा भवन निर्माणको क्रममा छ । पर्खाल निर्माण र ( […]
ढाका, असोज २ गते । बङ्गलादेश निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री शेख हसिना र उहाँका परिवारका सदस्यलाई आगामी वर्ष फेब्रुअरीमा हुने राष्ट्रिय चुनावमा मतदान गर्न नपाउने घोषणा गरेको छ । “आगामी संसदीय चुनावले देशभित्र र विदेशमा दुवै मतदानको सुविधा दिने छ । विदेशमा रहेका बङ्गलादेशीले अनलाइन दर्ता गर्नु पर्ने छ, जसका लागि हाल नयाँ प्रणाली विकास भइरहेको […]
काठमाडौँ, असोज २ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकारको मुख्य जिम्मेवारी नै २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउनु रहेकाले अर्जुनदृष्टिका साथ अगाडि बढेको बताउनु भएको छ । मन्त्री पद सम्हालेपछि चौथो दिन कान्तिपथस्थित निर्वाचन आयोगको मुख्यालयमा आयोगका पदाधिकारी तथा सञ्चारकर्मीलाई सम्बोधन गर्दै गहृमन्त्री अर्यालले भन्नुभयो, ‘‘निर्वाचनको तयारी द्रुत गतिमा हुन्छ, […]
काठमाडौं, असोज २ गते । अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको भेटमा प्रधानमन्त्री कार्कीले नेपाल–चीनबीच दुईपक्षीय सम्बन्ध ऐतिहासिक एवं घनिष्ठ रहेको र एक चीन नीतिप्रति नेपाल सदैव प्रतिबद्ध रहेको बताउनुभयो । सो अवसरमा प्रधानमन्त्री कार्कीले आगामी दिनमा व्यापार, […]
काठमाडौं, असोज २ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोग र राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८१-०८२ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । राष्ट्रपतिको कार्यालयमा आज आयोजित छुट्टाछुट्टै कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम ती दुई आयोगले आ–आफ्नो आयोगको प्रतिवेदन पेश गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा आज यहाँ जारी विज्ञप्तिमा उल्लेख छ । मधेसी आयोगका […]
उर्लाबारी, असोज २ गते । गत भदौ २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा मोरङको कानेपोखरी गाउँपालिकामा चार करोड नौ लाख ९७ हजार ८५९ रुपियाँ बरावरको क्षति भएको छ । बिहीबार कानेपोखरी गाउँपालिकाले सर्बदलीय छलफल राखेर क्षतिको विवरण सार्वजनिक गरेको छ । प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले १४ लाख रुपियाँको औषधि उपकरण, पूर्वाधारतर्फ पाँचवटा वडा […]
काठमाडौँ, असोज २ गते । सर्वोच्च अदालतको प्रवेशद्वारदेखि सबैले जलेको भवन प्रष्ट देख्न सक्छन् । अगाडि पुरै जलेका सवारी साधनको थुप्रो छ । आधा जलेका र भाँचिएका टेबल कुर्सी असरल्ल छन् । कर्मचारी बस्ने ठाउँ छैन । धेरै कर्मचारीको मुहार अझै खुल्न सकेको छैन । असरल्ल जलेको गाडीकै अगाडि एक छेउमा पाल टाँगिएको छ । […]