काठमाडौं, जेठ २६ गते । नेपाली तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री नेत्रबहादुर घर्ती मगरलाई यूएई तेक्वान्दो फेडेरेसनले २०२५–२०२६ खेलसत्रका तेक्वान्दो च्याम्पियनसिपमा रेफ्रीको माधयमबाट गरेको उत्कृष्ट योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरेको छ । यूएई तेक्वान्दो फेडेरेसनको बोर्ड अफ डाइरेक्टर्सले जारी गरेको प्रशंसापत्रमा घर्ती मगरले विभिन्न तेक्वान्दो प्रतियोगितामा रेफ्रीको रूपमा देखाएको महत्वपूर्ण, विशिष्ट र उदाहरणीय कार्य […]
न्युयोर्क, जेठ २४ गते । विश्वकप फुटबल प्रतियोगिताका लागि सहभागी ४८ टिमकै २६ सदस्यीय टिमको घोषणा भइसकेको छ । प्रायः जसो टिममा विश्वका ठुला क्लबका खेलाडीको बाहुल्य रहेको छ । जसमध्ये यस विश्वकपमा प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीका सर्वाधिक २९ खेलाडीले खेल्ने छन् । १९ मध्ये चार जना इङ्ग्ल्यान्डको टिममा रहेका छन् । इङ्ग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले आफ्ना टिममा […]
हिले, जेठ १७ गते । १८औँ संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बेलबारी फुटबल क्लब, मोरङले जितेको छ। धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शनिबार सम्पन्न फाइनल खेलमा आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानलाई ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै बेलबारीले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो। ट्राइब्रेकरमा बेलबारीका […]
हिले, जेठ ८ गते । १८औँ संस्करणको शहीद भीमनारायण गोल्डकप यही जेठ १० गतेदेखि सञ्चालन हुने भएको छ । आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानले दिएको जानकारी अनुसार प्रतियोगितामा एक भारतीय टिमसहित आठ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठान (धनकुटा) सँगै बिर्तामोड युनाइटेड फुटबल क्लब (झापा), राष्ट्रिय जागृति क्लब (इटहरी, सुनसरी), बेलबारी […]
काठमाडौँ, जेठ २ गते । आइची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट प्रतिस्पर्धामा सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली शुक्रबार मङ्गोलियाको उलानबटार प्रस्थान गर्ने भएको छ । यही जेठ १२ गते (मे २६ तारिख)मा हुने प्रतियोगिताको के–४४ क्याटगोरीअन्तर्गत पुरुष ६३ केजीमुनि अमिर ब्लोन र महिला ४७ केजीमुनि रेणु तामाङले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा कविराज नेगी […]
काठमाडौँ, जेठ ४ गते । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज (सोमबार) नेपाल र स्कटल्याण्डबिच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ । नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म तीन खेल सकिएका छन् । जसमध्ये स्कटल्याण्डले आफ्ना दुवै खेलमा विजयी भएको छ । स्कटल्याण्डले पहिलो […]
खजुरा, वैशाख १० गते । बाँकेको कोहलपुरमा प्रथम कोहलपुर मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । कोहलपुर ब्याडमिन्टन क्लब कोहलपुरको आयोजनामा आगामी वैशाख ११ देखि १३ गतेसम्म कोहलपुर नगरपालिका वडा नम्बर १४ स्थित हवल्दापुर कभर्ड हलमा उक्त प्रतियोगिता सञ्चालन गरिने बुधबार साँझ पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । क्लबका अध्यक्ष चण्डीप्रसाद गैरेले […]
घोराही, वैशाख ७ गते । दाङ जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ घोराही उपमहानगरपालिकाले जितेको छ । दाङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा तथा नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान र राष्ट्रिय खेलकुद परिषद्को संयोजनमा बेल्झुण्डी रंगशालामा सम्पन्न प्रतियोगितामा घोराहीले उपाधि जितेको हो । प्रतियोगितामा घोराहीले २८ स्वर्ण, १६ रजत र २६ कांस्यसहित […]
फिदिम, वैशाख ५ गते । पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडामा जारी ‘प्रथम अध्यक्ष कप’ आमन्त्रण फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ। सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडाको खेलमैदानमा दिउँसो १ बजे हुने फाइनलमा उपाधिका लागि आयोजक तिजोक युवा क्लब नवमीडाँडा र नवकिरण स्पोर्टिङ क्लब झापा आमनेसामने हुनेछन्। शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक तिजोक युवा क्लबले भारतको केएफसी सिलगुढीलाई […]
बागलुङ (गलकोट), चैत २० गते । आगामी चैत २३ देखि २८ गतेसम्म चौथो संस्करणको जेसीज कप फुटबल प्रतियोगिता हुने भएको छ । बागलुङ जेसीजको आयोजनामा गण्डकी प्रदेश स्तरमा फुटबल प्रतियोगिताका हुन लागेको बागलुङ जेसीजकी अध्यक्ष अन्जिला श्रेष्ठले बताउनुभयो । विगत चार वर्षदेखि जेसिजले दुई लाख राशिको ‘जेसिज कप’ फुटबल प्रतियोगिता गर्दै आएको छ । युवाहरुलाई […]