सुरुङमार्गको काम रोकियो

काठमाडौँ, फागुन २० गते । निर्माणको अन्तिम चरणमा पुगेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम रोकिएको छ । स्थानीयवासीको अवरोधपछि सोमबारदेखि सुरुङमार्गको पूर्वी र पश्चिमी दुवैतिरबाट काम रोकिएको हो । स्थानीयवासीले विभिन्न माग राख्दै आयोजनाको सुरुवातदेखि नै काम अवरोध गर्दै आएका छन् । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले सिस्नेखोलातर्फ निर्माणाधीन रोड साइड सर्भिस स्टेसननजिक रहेका केही घर […]

‘समावेशी अवसर एक पटक मात्र’

काठमाडौँ, फागुन २० गते  ।  समावेशी कोटाबाट सिफारिस भई नियुक्त भएको कर्मचारीलाई पुनः समावेशी समूहको उम्मेदवार हुन नपाउने गरी सङ्घीय निजामती सेवासम्बन्धी कानुन बनाउन दलहरू सहमतिउन्मुख बनेका छन् । राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गतको उपसमितिमा समावेशी अवसर एक व्यक्तिलाई सेवाकालमा एक पटक मात्र दिने गरी सहमतिको तयारी भएको हो । समितिमा प्रतिनिधित्व गर्ने अधिकांश […]

राष्ट्रियसभा बैठक आज बस्दै

काठमाडौं, फागुन १८ गते । सङ्घीय संसदअन्तर्गतको राष्ट्रियसभा बैठक आइतबार बस्ने भएको छ । आज मध्याह्न १२ः१५ बजेबाट सुरु हुने बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा रहने सदस्यहरुको हेरफेर गर्नुहुने छ । यसैगरी, बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ […]

निवृत्त शिक्षकका नाममा तलबभत्ता

काठमाडौँ, फागुन १८ गते । काठमाडौँ महानगरपालिकाभित्रका केही सामुदायिक विद्यालयले अवकाश प्राप्त शिक्षकको नाममा पनि महानगरपालिकाबाट तलबभत्ता लिने गरेको पाइएको छ । सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा तिनले मासिक रूपमा बुझ्ने गरेको तलबभत्ताको विवरण अध्ययन गर्दा महानगरपालिकाले यस्तो फेला पारेको हो । महानगरपालिकाको शिक्षा विभागका अनुसार कानुनविपरीत तलबभत्ता लिएका शिक्षकबाट ५० लाख रुपियाँ फिर्ता गराइएको […]

हेवाखोलाको पुल निर्माण ढिलाइ हुँदा चिन्ता

ताप्लेजुङ, फागुन १७ गते। मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा मोटरेवल (मोटर गुड्ने) पुल निर्माण गर्नमा ढिलाई हुँदा ताप्लेजुङवासी चिन्तित बन्न थालेका छन्। हिउँदयामको अन्त्य भई सक्दासमेत हेवाखोलाको पुल पुनर्निर्माण गर्नमा ढिलाई गरिएकाले ताप्लेजुङवासी चिन्तित बन्न थालेका हुन्। आजभन्दा पाँच महिनाअघि अर्थात गत असोज १२ गते भीषण वर्षासँगै बाढीले पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमाना भई […]

अन्तर्राष्ट्रिय खेलका लागि दशरथ रङ्गशाला पुन: अयोग्य

काठमाडौँ, फागुन १७ गते । नेपालको एउटा मात्र अन्तर्राष्ट्रिय दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय स्तरको फुटबल खेल आयोजना गर्न अयोग्य ठहरिएको छ । एसियाली फुटबल महासङ्घ (एएफसी) का प्रतिनिधिले दशरथ रङ्गशालामा फुटबल खेलाउन पुन: अयोग्य सावित गरेपछि एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत नेपालले मलेसियासँग खेल्ने खेल मलेसिया सरेको छ । नेपालले छनोटको पहिलो लेग मलेसियासँग आगामी मार्च २५ […]

सामाजिक मर्यादा ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने कार्य नियन्त्रण हुन्छ : प्रधानमन्त्री

काठमाडौं, फागुन १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र परिवारकै बिचमा पनि अविश्वास पैदा गर्ने जस्ता कामहरु नियन्त्रण गरिने बताउनुभएको छ । महान्यायाधिवक्ताको कार्यालयद्वारा बिहीबार आयोजित डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले मानवीय सुख र समृद्धिका लागि डिजिटल प्रविधिको प्रयोग हुनुपर्ने भएकाले अधिकारको प्रयोगका नाममा […]

‘हब’ र ‘स्याटेलाइट’ अस्पतालको विपद् तयारी प्रणालीलाई सुदृढ बनाउन ‘टेबलटप अभ्यास’

काठमाडौँ,  फागुन १३ गते । विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित ‘टेबलटप अभ्यास’ धनगढीमा सम्पन्न भएको छ । विपद् तयारी र प्रतिकार्य प्रणालीलाई चुस्त एवं सुदृढ बनाउन सुदूरपश्चिम प्रदेशमा चयन गरिएका ‘हब’ र ‘स्याटेलाइट’ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सो अभ्यासमा सहभागिता रहेको थियो । मन्त्रालयले सेती प्रादेशिक अस्पताल धनगढीलाई ‘हब’ […]

१५ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी, फागुन १३ गते । म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक मार्ग खुलेको १५ वर्षपछि स्तरोन्नति थालिएको छ । विसं २०६६ मा मार्ग खुलेको मङ्गला गाउँपालिकाको ३, ४ नम्बर वडा र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक सामान्य मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको थियो । बरङ्जा म्याग्दीको धेरै जनघनत्व […]

तेस्रो पुस्तामा बरमझियाको पेडा

जनकपुर, फागुन १३ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको बरमझियाको हावामा मिठो सुगन्ध आउँछ । ६० वर्षअघि बैजनाथ साहका बुबाले खाजा पसलको सुरुवात गर्दा थालेको पेडाको सुगन्ध अहिले पनि जीवन्त बनेको हो । त्यसबेलाको उत्पादन सामान्य पेडा अहिले देशकै प्रतिष्ठित ब्रान्ड बनेको छ । त्यसकै नाममा अहिले लाखौँको कारोबार र रोजगारी बढाएको छ । बरमझिया […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल