सुर्खेत, माघ ८ गते । आगामी फागुन २१ गतेको निर्वाचनको बहानामा विकासनिर्माणका काममा ढिलासुस्ती नगर्न कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्देशन दिनुभएको हो । उहाँले कर्णाली प्रदेश सरकार अन्तर्गतका मन्त्रालयको बुधबारदेखि सुरु भएको अर्धवार्षिक समीक्षामा बोल्दै निर्वाचन आचारसंहिताले नियमित काम गर्न नरोक्ने हुँदा निर्वाचनको बहाना बनाएर विकासनिर्माण र सेवा प्रवाहका काम नरोक्न निर्देशन दिनुभएको हो । उहाँले […]
म्याग्दी, माघ ८ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर म्याग्दीमा चुनाव लड्न आउनुभएका डा.महावीर पुन जिल्लाको ग्रामीण वस्तीमा पुगेका किताब बिक्री गर्दै मतदातासँग भेटघाट थाल्नुभएको छ । मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पहिलो उम्मेदवार दर्ता गरेसँगै उहाँ जिल्लाको पश्चिम भेग तिर लाग्नुभएको थियो । उहाँ जिल्लाका विभिन्न गाउँ–बस्तीमा पुग्दै मतदातासँग संवाद गर्नुका साथै […]
सुर्खेत, माघ ८ गते । राष्ट्रिय सूचना आयोगले सूचनाको हक कार्यान्वयन नगर्ने सरकारी कार्यालयलाई सङ्घीय सरकारबाट प्रदान गरिने अुनदानमा रोक लगाउन अर्थ मन्त्रालयलाई आग्रह गर्ने तयारी गरेको छ । सबै कार्यालयले सूचनाको हक कार्यान्वय गर्नुपर्ने र यदि नगरेमा त्यस्ता कार्यालयलाई प्रदान गरिने अनुदानमा रोक लगाउन अर्थ मन्त्रालयलाई आग्रह गर्ने तयारी आयोगले गरेको हो । राष्ट्रिय सूचना आयोगका […]
हेटौँडा, माघ ८ गते । हेटौँडा काठमाडौँ सडक खण्डअन्तर्गत मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२ सिमखोला पुल नजिकै कुखुरा बोकेको बोलेरो पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । बिहीबार बिहान १ बजेको समयमा गाडी दुर्घटना हुँदा सहचालक सर्लाही वरथवा नगरपालिका–१ बस्ने १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको हो । […]
काठमाडौँ, माघ ७ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७५, आलु रातो […]
काठमाडौँ, माघ ७ गते । सर्वोच्च अदालतले आसन्न प्रतिनिधि सभा निर्वाचनको निर्वाचन प्रक्रिया रोक्न अस्वीकार गरेको छ । नेपाली कांग्रेसको विवादको टुङ्गो नलाग्दासम्म मनोनयन प्रक्रिया रोक्नसमेत गरिएको माग अदालतले अस्वीकार गरेको हो । अदालतको आदेशसँगै फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रक्रिया कार्यतालिका अनुसार नै अघि बढ्ने भएको छ । न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले विवादमा […]
तौलिहवा (कपिलवस्तु), माघ ७ गते । बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटमा उत्खनन सुरु गरिएको छ । दरबारपरिसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न थप प्रमाण जुटाउनका लागि उत्खनन गर्न लागिएको हो । सन् २०१४ देखि बेलायतको दुरह्याम विश्वविद्यालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोष र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा तिलौराकोटवरिपरि उत्खनन […]
काठमाडौँ, माघ ७ गते । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा बसुधबार उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उक्त उजुरीपछि यही माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयपत्र […]
जनकपुरधाम, माघ ७ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मङ्गलबार प्रदेशका आठै जिल्लामा शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मनोनयन दर्ता भएको छ । उम्मेदवारले सर्मथक र प्रस्तावका साथ निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउन पुुगेका विभिन्न दलका उम्मेदवारले गणतन्त्रको सुदृढीकरणका साथसाथै संविधानलाई सही ट्र्याकमा ल्याउन र देशको […]
काठमाडौँ, माघ ७ गते । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटका लागि मङ्गलबार मनोनयन दर्ता भइसकेको छ । ती पदका लागि देशभरबाट तीन हजार ४०० भन्दा बढी व्यक्तिले उम्मेदवारी दिएका छन् । विभिन्न राजनीतिक दलको चुनाव चिह्नमा निर्वाचन लड्नेदेखि स्वतन्त्र उम्मेदवारी दिने र लामो राजनीतिक पृष्ठभूमि तथा संसदीय अभ्यासमा […]