रुपन्देही, असार ३ गते : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नगरभित्रका सामुदायिक विद्यालयलाई पालिकाले सवारीसाधन सञ्चालनका लागि अनुदानको व्यवस्था गरेको छ । नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयलाई सवारीसाधन खरिद गर्न ५० प्रतिशत अनुदान रकम उपलब्ध गराएको हो । तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले समुदायमा शिक्षाको पहुँच बढाउन यस्तो अनुदानको कार्यक्रम लागु गरिएको जानकारी दिनुभयो । २०७४ सालदेखि यस्तो अनुदानको कार्यक्रम सुरु […]
हुम्ला, असार ३ गते : नेपाल र चीनको सिमाना हिल्सा क्षेत्रको किटमा रहेको सीमा स्तम्भ नम्बर ७ (१) पहिरोको उच्च जोखिममा रहेको पाइएको छ । सीमा स्तम्भ निर्माण गरिएको स्थान भिरालो , पहिलो जाने र सो क्षेत्रमा रहेको चट्टानमा सीमा स्तम्भ लेखिएको कारण पहिरोका उच्च जोखिम परेको हो । केही समय अगाडी अनुगमनमा जानु भएका प्रहरी […]
तनहुँ, असार ३ गते : तनहुँमा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी भएका छन् । आँबखैरेनी गाउँपालिका–६ हिले खर्कका बिरामी भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारीले दिनुभयो । सो ठाउँ निवासी वर्ष ५४ को डिल बहादुर गुरुङले नजिकै रहेको जङ्गलबाट ल्याएको च्याउ आफ्नो परिवार तथा छिमेकीले खाँदा बिरामी परेको उहाँले […]
काठमाडौँ, असार ३ गते । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन […]
काठमाडौँ : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिदमूल्य अनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । मूल्य घटेपछि काठमाडौँ, पोखरा र दिपायल वरपर पेट्रोलको […]
काठमाडौँ : चोरीमा संलग्न आरोपमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको ओमबहाल घर भएर चन्द्रागिरी नगरपालिका–२ बस्ने ३६ वर्षीय सुनिल महर्जन छन् । उनले जेठ १८ मा डल्लु स्थित विष्णु मग्रातिको डेरा र जेठ ३१ मा नागढुंगा स्थित बसन्डोलमा चोरी गरेको आरोप छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले महर्जनको […]
भरतपुर, असार २ गते : चितवन कालिका नपा वडा नं ६ खोलेसिमल बजार स्थित एक सुन चाँदी पसलमा चोरी भएको छ । गए राती करिब ९ बजेको समयमा स्थानीय व्यवसायी वर्ष ३५ को विनोद सुनार को सुन चाँदी पसल बाट करिब ३५ केजी चाँदी ३ केजी सुन चोरी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी […]
सेन्ट भिन्सेन्ट, असार २ गते : आइसिसी टी-२० विश्वकप क्रिकेटको समूह चरणबाट बाहिरिएको नेपालले सोमबार बिहान समूहको अन्तिम खेल अर्को टेस्ट टोली बङ्गलादेशविरुद्ध खेल्दैछ । सेन्ट भिन्सेटमा हुने उक्त खेल नेपालका लागि प्रतिष्ठाको लडाइँ हुनेछ । समूह ‘डी’ अन्तर्गत शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएसँगै विश्वकपबाट बाहिरिएको थियो । नेपाल यसअघि अमेरिकाको […]
तानसेन, असार २ गते : पाल्पामा स्कार्पियो दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । जिल्लाको निस्दी गाउँपालिका–४, स्थित झ्याङ्लिङ् सडक खण्डमा आइतबार बिहान सवा ४ बजेतिर दुर्घटना हुँदा नौ जना घाइते भएका हुन् । होराइजन डेन्टल रामपुर अस्पतालद्वारा सञ्चालित भीरपानी डेन्टल शिविरमा गई फर्कने क्रममा बा. १५ च ५९४ नम्बरको स्कार्पियो दुर्घटनामा परेको जिल्ला […]
काठमाडौँ, असार १ गते । लोक सेवा आयोगले शनिबार स्थापनाको ७४ औँ वार्षिकोत्सव मनाउँदै छ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यता रहने कार्यक्रममा विभिन्न संवैधानिक निकायका प्रमुख, लोक सेवा आयोगका पूर्वपदाधिकारी तथा पूर्वसचिव, नेपाल सरकारका सचिव, चार वटै सुरक्षा निकायका लामो समय आयोगमा कार्यरत रही हाल सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीलगायतको बृहत् उपस्थिति रहने आयोगले जनाएको छ । […]