Alliancekhabar

सोमबार, आषाढ ०३, २०८१

हुम्ला, असार ३ गते : नेपाल र चीनको सिमाना हिल्सा क्षेत्रको किटमा रहेको सीमा स्तम्भ नम्बर ७ (१) पहिरोको उच्च जोखिममा रहेको पाइएको छ । सीमा स्तम्भ निर्माण गरिएको स्थान भिरालो , पहिलो जाने र सो क्षेत्रमा रहेको चट्टानमा सीमा स्तम्भ लेखिएको कारण पहिरोका उच्च जोखिम परेको हो ।

केही समय अगाडी अनुगमनमा जानु भएका प्रहरी निरीक्षक नरेन्द्र चन्दले  नेपाल र चीनको सिमाना नाम्खा गाउँपालिका– ५ को हिल्साको किटको पहिरो जाने भिरालो जमिनको चट्टानमा लेखेर निर्माण गरिएको दुई देशको सिमाना छुट्टाउने सीमा स्तम्भ नम्बर ७ ( १) पहिरोको उच्च जोखिममा रहेको बताउनुभयो । भिरालो पहिरो गएको जमिनमा रहेको चट्टान मै सीमा स्तम्भको नम्बर लेखिएको कारण कुनै पनि बेला पहिरो तथा हिम पहिरो जाने जोखिममा रहेको उहाँले बताउनुभयो । उक्त स्तम्भ नेपालले हेर्ने सीमा स्तम्भका रूपमा पर्छ । उहाँले बेलैमा यसको संरक्षण गर्न आवश्यक रहेको समेत बताउनुभयो ।

दुई देशका सुरक्षाकर्मीको उपस्थितिमा सुरक्षित स्थानमा उक्त सीमा स्तम्भ निर्माण गर्नु आवश्यक देखिएको उहाँले बताउनुभयो । उक्त सीमा स्तम्भ २०६३ सालमा चट्टानमा लेख्ने कार्य गरिएको हो । त्यसअघि भने जमिन मै सीमा स्तम्भ निर्माण गरिएको बताउँदै हिल्सामा स्थानीय कुंगा लामाले त्यति बेला पहिरोले सीमा बगाएको कारण चट्टानमा लेख्ने कार्य गरिएको बताउनुभयो । यसअघि सो चट्टानमा लेखिए कै अवस्थामा पहिरोले पुरिएको थियो । पछि सुरक्षाकर्मीहरूले सीमा स्तम्भ पुरिएको स्थानको ढुङ्गाको पहिरो पन्छाएर सफा गर्नु परेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल