खजुरा, भदौ २ गते । राप्तीसोनारी गाउँपालिका–६, सिधनवास्थित सिद्धेश्वर माध्यमिक विद्यालयमा निम्न माध्यमिक विद्यालय तहका अङ्ग्रेजी विषयका शिक्षक गणेश खड्का हरेक शुक्रबार विद्यार्थीको अभिभावकका घरमा पुग्नुहुन्छ । शिक्षक खड्का यसरी हरेक शुक्रबार अभिभावकको घरमा पुग्न थाल्नुभएको एक वर्षभन्दा बढी भइसक्यो । खड्काले गत वर्षको वैशाख १८ गतेबाट ‘हप्तामा एक दिन अभिभावकसँग’ भन्ने अभियान नै सञ्चालन गरेर हरेक […]
नवलपुर, भदौ २ गते । पश्चिमाञ्चल यातायात व्यवसायी समितिले नवलपुरको देवचुली नगरपालिका–१७, झराइखोलामा सञ्चालन गरेको धर्मकाँटामा प्रहरीले ताला लगाइदिएको छ । धर्मकाँटाको नाममा अनेकौँ विकृति फैलिएको भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्ला प्रशासन कार्यालय, स्थानीय जनप्रतिनिधि र पत्रकारको रोहबरमा ताला लगाएर धर्मकाँटा सञ्चालनमा रोक लगाएको हो । धर्मकाँटाको नाममा खुलेआम लुट मच्चाएको, अराजकता, मनपरीतन्त्र र गुन्डागर्दी चलाएकाले बन्द […]
काठमाडौँ, भदौ २ गते । राज्यसँग आर्थिक स्रोत अभावका कारण उच्च शिक्षाका सर्वोत्कृष्ट विद्यार्थीले प्रमाणपत्रमै चित्त बुझाउनुपर्ने भएको छ । अघिल्ला वर्षहरूमा त्यस्ता विद्यार्थीलाई हरेक राष्ट्रिय शिक्षा दिवसमा सुनचाँदीबाट बनेको पदकसहित प्रमाणपत्र प्रदान गर्ने गरिन्थ्यो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत २०८० भदौ ३१ गते ९६२ जनालाई नेपाल विद्याभूषण, नेपाल छात्रा विद्यापदक र नेपाल […]
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ- व्यवसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। अवसर आएपनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। समय मध्यम नै रहेको छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ। वृष : इ, […]
जनकपुरधाम,भदौ,१ गते । मधेश प्रदेशका मन्त्रीहरूले शुक्रबार मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहसँग कार्यसम्पादन करार सम्झौता गर्नुभएको छ । मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रदेश सरकारका मन्त्रीहरू र मुख्यमन्त्रीबिचमा दुईपक्षीय सम्झौता भएको हो । कार्यक्रममा मुख्यमन्त्री सिंहले प्रदेश सरकारले जनतालाई प्रवाह गर्ने सेवालाई सहज, सरल र प्रभावकारी बनाउन कार्यसम्पादन करार सम्झौता गरेको बताउनुभयो । उहाँले आर्थिक वर्ष […]
काठमाडौँ, भदौ १ गते । वाग्मती प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले गाईजात्रा पर्वका अवसरमा आगामी मंगलबार बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ […]
काठमाडौँ, भदौ १ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिमतर्फ सरदर स्थानको आसपास रहेको छ। शनिबार बिहान बागमती र गण्डकी प्रदेशको मौसम साधारणदेखि पूर्णतया बदली छ भने बाँकी प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा अहिले मेघ गर्जन […]
काठमाडौँ, भदौ १ गते । नागरिकलाई सुरक्षित रूपमा सडक प्रयोग गर्न समन्वय गर्ने र दुर्घटना न्यूनीकरण गर्नेभन्दा पनि झाडीमा लुकेर ‘गल्ती गर्न उत्प्रेरित गर्ने’ ट्राफिक प्रहरीको प्रवृत्तिको सवालमा दुई दिनदेखि बहस तीव्र भएको छ । काठमाडौँ उपत्यकाभित्रै ट्राफिक प्रहरीकैअगाडि भएको सडक दुर्घटनामा नागरिकले ज्यान गुमाइरहेका घटनाले सडक सुरक्षाका सन्दर्भमा गम्भीर प्रश्न उठाएको हो । भक्तपुरको गट्ठाघर चोकमै […]
काठमाडौँ, साउन ३२ गते नेपाल टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नती गर्न लागेकाले आज राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको छ। नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गर्दै छ। त्यसक्रममा आज साउन ३२ गते राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने टेलिकमले जनाएको छ। नेपाल […]
काठमाडौँ ,साउन ३२ गते परराष्ट्रमन्त्री डा.आरजु राणा भारत भ्रमणमा जान लाग्नुभएको छ। परराष्ट्रमन्त्री भएपछि डा. आरजु राणा आउँदो आइतबार पहिलोपटक भारत भ्रमणमा जान लाग्नुभएको हो। डा. राणालाई यही साता नेपाल भ्रमण गरेका भारतीय विदेशसचिव विक्रम मिश्रीले भारत भ्रमणको लागि औपचारिक निमन्त्रणा दिनुभएको थियो। डा. राणाको भ्रमण भदौ २ देखि ५ गतेसम्म हुनेछ। भ्रमणका क्रममा परराष्ट्रमन्त्री […]