alliance khabar

शुक्रबार, आश्विन २५, २०८१

वालिङ, असोज २५ गते :

विद्युतीय गाडीको चाप बढेसँगै सिद्धार्थ राजमार्गमा चार्जिङ स्टेसन खुल्न थालेका छन् । बुटवल पोखरा जोड्ने छोटो राजमार्गमा पछिल्लो समय विद्युतीय गाडी बाक्लै सञ्चालन हुने गरेको छ । विद्युतीय गाडीलाई सहज यात्राको लागि भन्दै स्याङ्जाको गल्याङमा चार्चिङ स्टेसन सञ्चालनमा ल्याइएको सञ्चालक श्यामप्रसाद बस्यालले जानकारी दिनुभयो ।

सिद्धार्थ राजमार्गको गल्याङ नगरपालिका–३, बल्पुकमा बुधबारदेखि स्टेसन सञ्चालनमा आएको हो । यसअघि पेट्रोल पम्प सञ्चालन गर्दै आउनुभएका बस्यालले स्टेसन सञ्चालनमा ल्याउनु भएको हो ।

चार्जिङ स्टेसन उद्घाटन गर्दै बुटवल पावर कम्पनी अन्तर्गतको आँधीखोला जलविद्युत् केन्द्रका प्रमुख डोलप्रसाद खरेलले राजमार्गमा गुड्ने इभी गाडीलाई सहज हुने बताउनुभयो । उद्योग वाणिज्य सङ्घ स्याङ्जाका पूर्वअध्यक्ष महेन्द्र श्रेष्ठले पेट्रोलपम्पसँगै फास्ट चार्जिङ स्टेसन सञ्चालनमा आएपछि सबै गाडीको सुविधा एकै ठाउँबाट हुने धारणा राख्नुभयो ।

सञ्चालक श्यामप्रसाद बस्यालले ग्राहकको सुविधालाई ध्यान दिँदै इभी चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । राजमार्गको लामो दुरीमा चार्चिङ स्टेसन नहुँदा विद्युतीय गाडी मर्कामा थिए । चार्जिङ स्टेसन सञ्चालनमा आएसँगै सिद्धार्थ राजमार्ग हुँदै बुटवल पोखरा चल्ने विद्युतीय गाडीलाई राहत भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल