आज सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ, भदौ ३ गते। आज २०८१ साल भदौ ३ गते सोमबार तदनुसार सन् २०२४ अगष्ट १९ तारिख। साउन शुल्क पक्षको पूर्णिमा तिथि। जनै पूर्णिमा, रक्षा बन्धन, ऋषि तर्पणी । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य […]

आज देशभर जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै

काठमाडौँ, भदौ ३ गते। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन्। रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां […]

२०८१ भदौ ०३ – 19, Aug, 2024, सोमबार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कामको प्रस्ताव आएपनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मान सम्मान दिलाउन सक्छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग […]

सभापति देउवाद्वारा कांग्रेसका मन्त्रीहरूसँग छलफल, सरकारलाई सफल बनाउन निर्देशन

काठमाडौं , भाद्र -२। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूसँग छलफल गर्नुभएको छ । शनिबार बुढानिलकण्ठस्थित निवासमा कांग्रेसबाट मन्त्री बनेका सबै मन्त्रीहरूलाई बोलाएर आन्तरिक छलफल गर्नुभएको हो। जनताको कामलाई पहिलो प्राथमिकतामा राखेर सरकारलाई सफल बनाउन देउवाले मन्त्रीहरूलाई निर्देशन समेत दिनुभएको छ । मन्त्रीहरूसँगको छलफलमा कांग्रेसका पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो । कांग्रेसबाट उपप्रधान तथा […]

विश्व आदिवासी दिवस

दिवस भनेको दिउँसोको समय वा दिन हो । मानव समुदायमा अनेकन घटना हुन्छन् । विशेष घटनाको सम्झना गर्न तोकिएको विशेष दिनलाई दिवस भन्ने गर्छौं । त्यस्ता दिवसलाई विभिन्न देशका समुदायले सम्झिने गर्दछन् । देशभित्र मात्र मनाइनेलाई राष्ट्रिय दिवस भनिन्छ भने संसारभरि मनाइनेलाई विश्व वा अन्तर्राष्ट्रिय दिवस भनिन्छ । राष्ट्रिय शिक्षा दिवस, राष्ट्रिय योग दिवस, राष्ट्रिय बालबालिका दिवस आदि नेपालभित्र मात्र […]

पहिरो गएपछि गुल्मीको तम्घास-रिडी-वामीटक्सार सडक अबरुद्ध

गुल्मी, भदौ २ गते । गए रातिदेखि परेको अबिरल वर्षाका कारण तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अबरुद्ध बनेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडकमाथिबाट पहिरो खसेपछि सडक अबरुद्ध बनेको हो । त्यसैगरी तम्घास‐रिडी सडकअन्तर्गत रुरुक्षेत्र गाउँपालिका १ को रिडी खज्र्याङ् सडक र तम्घास‐रिडी सडकअन्तर्गत रातामाटामा सडक माथिबाट चट्टानसहितको पहिरो खस्दा सो […]

शिक्षाको गुणस्तर वृद्धि, हप्तामा एक दिन अभिभावकसँग

खजुरा, भदौ २ गते । राप्तीसोनारी गाउँपालिका–६, सिधनवास्थित सिद्धेश्वर माध्यमिक विद्यालयमा निम्न माध्यमिक विद्यालय तहका अङ्ग्रेजी विषयका शिक्षक गणेश खड्का हरेक शुक्रबार विद्यार्थीको अभिभावकका घरमा पुग्नुहुन्छ । शिक्षक खड्का यसरी हरेक शुक्रबार अभिभावकको घरमा पुग्न थाल्नुभएको एक वर्षभन्दा बढी भइसक्यो । खड्काले गत वर्षको वैशाख १८ गतेबाट ‘हप्तामा एक दिन अभिभावकसँग’ भन्ने अभियान नै सञ्चालन गरेर हरेक […]

व्यवसायीको धर्मकाँटामा प्रहरीको ताला

नवलपुर, भदौ २ गते ।  पश्चिमाञ्चल यातायात व्यवसायी समितिले नवलपुरको देवचुली नगरपालिका–१७, झराइखोलामा सञ्चालन गरेको धर्मकाँटामा प्रहरीले ताला लगाइदिएको छ । धर्मकाँटाको नाममा अनेकौँ विकृति फैलिएको भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्ला प्रशासन कार्यालय, स्थानीय जनप्रतिनिधि र पत्रकारको रोहबरमा ताला लगाएर धर्मकाँटा सञ्चालनमा रोक लगाएको हो । धर्मकाँटाको नाममा खुलेआम लुट मच्चाएको, अराजकता, मनपरीतन्त्र र गुन्डागर्दी चलाएकाले बन्द […]

सर्वोत्कृष्टलाई प्रमाणपत्र थमाइँदै

काठमाडौँ, भदौ २ गते । राज्यसँग आर्थिक स्रोत अभावका कारण उच्च शिक्षाका सर्वोत्कृष्ट विद्यार्थीले प्रमाणपत्रमै चित्त बुझाउनुपर्ने भएको छ । अघिल्ला वर्षहरूमा त्यस्ता विद्यार्थीलाई हरेक राष्ट्रिय शिक्षा दिवसमा सुनचाँदीबाट बनेको पदकसहित प्रमाणपत्र प्रदान गर्ने गरिन्थ्यो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत २०८० भदौ ३१ गते ९६२ जनालाई नेपाल विद्याभूषण, नेपाल छात्रा विद्यापदक र नेपाल […]

आज मिति २०८१ साल भदौ २ गते – 18, Aug, 2024, आइतबार

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ- व्यवसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। अवसर आएपनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। समय मध्यम नै रहेको छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ। वृष : इ, […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल