महोत्तरी, चैत १३ गते । महोत्तरी जिल्लाका एकडारा गाउँपालिकाका युवाहरु जलेश्वर सम्सी सडकखण्डको एकडारामा शुक्रबार दिउँसोदेखि लड्डु वितरण गरिरहेका छन् । सबैलाई ‘बधाई छ’ भन्दै उहाँहरुले लड्डु वितरण गर्नुभएको हो । गाउँमा रामनवमीको अवसरमा नभई नेपालको ४३ औँ प्रधानमन्त्री पदमा नियुक्त हुनुभएका बालेन्द्र शाह (बालेन) को खुशीयालीमा पुर्ख्यौली गाउँ एकडारामा लड्डु वितरण गरिएको हाे । […]
काठमाडौँ, चैत १३ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता बन्नुभएको छ । बालेन्द्र शाह (बालेन) नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले पोखरेललाई सरकारको प्रवक्ता नियुक्त गरेको हो । शुक्रबार मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गनुहुँदै पोखरेलले भन्नुभयो, ‘नेपाल सरकारको प्रवक्तामा माननीय शिक्ष, विज्ञान तथा प्रविधिमन्त्रीलाई तोक्ने ।’ त्यसैगरी, बैठकले सरकारको शासकीय सुधारका सय कार्यसूची […]
नवलपुर, चैत १३ गते । बाघले आक्रमण गरी नवलपुरमा एक जनालाई घाइते बनाएको छ । बाघले मध्यविन्दु नगरपालिका–१४ दम्फाघेरा बस्ने ३९ वर्षीया पुनिसरा दर्लामीलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आफ्नै घरबाट तीन सय मिटर पूर्वतर्फ रहेको खरवारीमा बाख्रा चराउन गएको बेला अचानाक बाघले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, […]
बाजुरा, चैत १३ गते । बाजुरामा गत जेठ २३ गते भएको भीषण आगलागीबाट क्षतिग्रस्त बाम्का बजारले करिब नौ महिनापछि नयाँ स्वरूप पाएको छ। आगलागीपछि कुरूप बनेको बजारमा झण्डै ३६ वटा पसल जलेर नष्ट भएका थिए। त्यसपछि केही महिनासम्म बजार अस्तव्यस्त र जीर्ण अवस्थामा थियो। पछिल्लो समय बजार व्यवस्थापन समिति तथा अध्यक्ष रामचन्द्र गिरीको सक्रियतामा बजारमा […]
काठमाडौँ, चैत १३ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभाका २७४ जना सदस्यले शपथग्रहण गरेका छन् । सिंहदरबारस्थित सङ्घीय संसद्को निर्माणाधीन बहुउद्देश्यीय सभाकक्षमा सांसदहरूले शपथग्रहण गर्नुभएको हो । नवनिर्वाचित सदस्यहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराउनुभयो । सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाले २७३ जना सदस्यले बिहीबार दिउँसो २ बजे […]
काठमाडौं, चैत १२ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विश्वभरमा बसोवास गर्ने नेपाली मूलका मानिसलाई नेपालसँग जोड्न नेपाली कांग्रेसले पहल गर्ने बताउनुभएकाे छ । एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)का अध्यक्ष डिल्ली अधिकारी, उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिव चूडामणि भट्टराई र बोर्ड अफ ट्रष्टी ओमराज गुरुङसहितको प्रतिनिधिमण्डलसँग विहीबार साँझ भेट गर्दै सभापति थापाले नेपाली […]
काठमाडौँ, चैत १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा बालेन्द्र शाह चयन हुनुभएको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले उहाँलाई संसदीय दलको नेता चयन गरेको हो । बैठकमा सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता शाहलाई संसदीय नेताका रूपमा चयन गर्न गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले जानकारी […]
काठमाडौं, चैत १२ गते । प्रधानमन्त्री सुशीला कार्कीले ६ महिने आफ्नो कार्यभार सफल भएकाले निर्वाचित सरकारलाई स्वागत गर्न आतुर भएको बताउनु भएको छ । उहाँले आज राष्ट्रको नाममा सम्बोधन गर्दै भन्नुभयो, ‘‘ अन्तरिम सरकारको कार्यभार पूरा भएको र निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त भइसकेको हुँदा नयाँ सरकारलाई स्वागत गर्न म आतुर छु। र आज पूर्ण आत्मविश्वासका […]
काठमाडौँ, चैत १२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमा मतदाताले देखाएको अभूतपूर्व सहभागिता लोकतन्त्रप्रतिको अटुट विश्वास भएको बताउनुभएको छ । चुनावी प्रक्रिया समापनका अवसरमा निर्वाचन आयोगले बुधबार आयोजना गरेको जलपान समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सु्दृढ तुल्याएको बताउनुभयो । उहाँले निर्वाचनबाट जनताले प्रकट गरेको अभिमतले निर्वाचित जनप्रतिनिधिको काँधमा ठुलो दायित्व रहेको बताउनुभयो । […]
काठमाडौँ, चैत १२ गते । विद्युत् उत्पादनमा अग्रणी भूमिका स्थापित गरिसकेको नेपालको निजी क्षेत्रले अब प्रसारण लाइन पनि आफ्नै लगानी र नेतृत्वमा निर्माण तथा सञ्चालन गर्ने अवसर पाएको छ । प्रसारण लाइन निर्माण गर्न सक्षम रहे पनि अवसर नदिइएको गुनासो गर्दै आएको निजी क्षेत्रलाई चार वटा प्रसारण लाइन निर्माण तथा सञ्चालनसमेत गर्ने गरी नेपाल विद्युत् […]