पचास करोड राजस्व सङ्कलन

भद्रपुर (झापा), असोज ३  गते :  आन्तरिक रावस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ४९ करोड ९४ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १२ दशमलव ४७ प्रतिशत हो । अन्तरिक राजस्व कार्यालयको चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य […]

नयाँ पर्यटकीय क्षेत्र थपिँदै

चितवन, असोज ३ गते : भरतपुर भ्रमण वर्ष पारेर यस क्षेत्रमा नयाँ पर्यटकीय गतिविधि सञ्चालनमा आएको छ ।  भरतपुर आउने पर्यटकलाई केन्द्रित गरी पर्यटकीय गतिविधि सञ्चालनमा आएका छन् । असार, साउन, भदौ तीन महिना बर्सातले गर्दा पर्यटकीय गतिविधि गर्नका लागि केही समस्या भए पनि असोज लागेपछि कार्यक्रमले निरन्तरता पाउने दाबी गरिएको छ । भ्रमण वर्ष केन्द्रित गरेर चितवन निकुञ्जको देवनगरमा […]

संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै

काठमाडौँ, असोज ३ गते : संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा […]

घरटहरा हटाउने विवाद कायमै

देउखुरी, असोज २ गते : दाङको लमही–कोइलावास सडक विस्तार गर्दा भौतिक क्षति बेहोर्नुपर्ने भन्दै स्थानीयले घरटहराको समेत मुआब्जा पाउनुपर्ने अडान कायम राखेका छन् । उच्च अदालत तुलसीपुरमा मुद्दा दर्ता गरेका उनीहरूले मङ्गलबार पत्रकार सम्मेलन गरेर सडक विस्तार गर्दा भत्किने संरचनाको समेत मुआब्जा दिन माग गरेका हुन् । उच्च अदालत तुलसीपुरले यस विषयमा छलफलका लागि दुवै पक्षलाई आइतबार […]

प्रदेश सभा सदस्यलाई पनि आचारसंहिता

देउखुरी, असोज २ गते : मुख्यमन्त्री र मन्त्रीलाई आचारसंहिता लागु गरेर कार्यान्वयन थालेको लुम्बिनी प्रदेश सरकारको मुख्य घटक नेकपा (एमाले) लुम्बिनीको संसदीय दलले प्रदेश सभा सदस्यलाई पनि आचारसंहिता लागु गरेको छ । एमाले प्रदेश सभा संसदीय दलको मङ्गलबार राप्ती उपत्यका देउखुरीमा बसेको बैठकले प्रदेश सभा सदस्यलाई आचारसंहिता लागु गर्ने निर्णय गरेको हो । एमाले प्रदेश सभा सदस्यको विधान, […]

एक मिनेटभित्रै बिरामीलाई सेवा

बैतडी, असोज २ गते : उपचार गर्न आएका बिरामीलाई एक मिनेटभित्र सेवा दिन गेटमा सिसी क्यामरासहित दोहोरो संवाद गर्ने साइरन जडान गरिएको छ । क्यामराले बिरामी देख्नेबित्तिकै साइरन बजाएपछि स्वास्थ्यकर्मी दगुर्दै गेटमै आइपुग्ने गरेका छन् । निःशुल्क प्रयोगशाला सञ्चालन गरेर १३ वटा रोगको गाउँमै उपचार हुन थालेको छ । यी सबै कामको तथ्याङ्क राख्न रजिस्टर होइन, उपकरण (डिभाइस) […]

अनलाइन व्यवस्थाले सेवाग्राहीलाई सहज

वालिङ, असोज २ गते : स्याङ्जाको वालिङमा रहेको इलाका प्रशासन कार्यालयले राहदानीका लागि फाराम भर्ने प्रक्रिया कार्यालयभित्रबाटै सहज रूपमा गर्न सकिने व्यवस्था गरेको छ । सेवाग्राहीले राहदानीको फाराम कार्यालयभित्रबाट भर्न पाउने छन् भने फोटोकपी, इमेललगायतका सुविधा कर्मचारीको सहयोगमा लिन पाउने छन् । निःशुल्क सेवा लिन पाएपछि वालिङ, गल्याङ, चापाकोट, भिरकोट, हरिनासलगायत सेवा क्षेत्रका सेवाग्राहीलाई प्रत्यक्ष फाइदा पुगेको छ । […]

अन्तुको झल्को दिने ध्वजेडाँडा

हिले, असोज २ गते : सूर्योदयको दृश्यावलोकनका लागि धनकुटाको साँगुरीगढी गाउँपालिका–५, डाँडाबजारस्थित ध्वजेडाँडालाई इलामको अन्तुसँग तुलना गर्ने गरिन्छ । समुद्र सतहबाट दुई हजार ४७ मिटरको उचाइमा रहेको यो डाँडा महाभारत पर्वत शृङ्खला अन्तर्गत यस क्षेत्रको दोस्रो अग्लो डाँडा हो । खास गरी यो सिजनमा सूर्योदयको मनोरम दृश्य हेर्न आसपासका पर्यटक यहाँसम्म पुग्ने गरेका छन् । अन्तु र ध्वजेडाँडा दुवै […]

संविधान संशोधन बहस

नेपालको संविधान २०७२ ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासको जगमा निर्माण भएको हो । संविधान सभाले जारी गरेको संविधान नौ वर्ष पूरा भएर १० वर्षमा टेकेको छ । संविधान कार्यान्वयन कसरी भयो, कार्यान्वयनका क्रममा कहाँ, के कस्ता जटिलता उत्पन्न भए, संविधान संशोधनको बहस चलिरहँदा यसबारे टीकाटिप्पणी हुनु स्वाभाविक हो । संविधान संशोधन […]

आजको राशिफल असोज ०२

मेष–व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने योग छ, अनौठो समाचार पनि सुनिएला । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ, सामाजिक प्रतिष्ठा पनि बढ्नेछ ।आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ, दिन सामन्य नै रहला । वृष– प्रयत्न गर्दा मौकाको फाइदा लिन […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल