alliance khabar

शनिबार, मंसिर ०८, २०८१

काठमाडौँ, मङ्सिर ८ गते।

 नेपाल प्रिमियर लिग एनपिएलको चर्चा अहिले चुलिएको छ। अन्य खेलकुद सङ्घहरूले देशको आर्थिक स्थितिलाई दोष दिँदै चुपचाप बसिरहँदा नेपाल क्रिकेट सङ्घ क्यानले नेपाली खेलकुद नै तरङ्गित हुने गरी चर्चा बटुलिरहेको हो।

चाहे प्रमुख प्रायोजन सम्झौता होस् वा शिखर धवन, मार्टिन गप्टिल, जिमि निशम, रवि बोपरा जस्ता विश्व स्टारको आगमन अनि स्टार स्पोर्ट्ससँगको सम्झौता। योसँगै अर्को चर्चाको विषय बनेको छ, टियु खेल मैदान। यो पटक मैदान पुग्ने दर्शक र क्रिकेट समर्थकले केही हदसम्म मैदानको स्वरूप परिवर्तन भएको महसुस पक्कै गर्नेछन्।

यी दृश्यले पनि स्वरूप फेरिएको टियु मैदानको आभास हुन्छ। विशेष गरी यो पटक दर्शकको सुरक्षालाई ध्यान दिइएको क्यानको भनाइ छ। यो पटक साधारण प्याराफिटतर्फ पहिलो पटक जोन छुट्टाइएको छ। टिकट खरिद गर्दा जोनअनुसार खरिद गर्नुपर्नेछ।  चार जोनको लागि अलग अलग गेट बनाइएको छ। अर्को ठुलो परिवर्तन भनेको टियु मैदानमा पहिलो पटक भिआइपी टिकटको व्यवस्था गरिनेछ। जसका लागि बस्ने मेच राखिएको छ। टियुमा दर्शकको लागि मेच राखिएको पहिलो पटक हो। दुई ठाउँमा गरी दुई हजार दर्शक क्षमता भिआइपीतर्फको रहेको छ। तर १२ सयसम्म टिकट बेच्ने क्यानले जनाएको छ। साधारणतर्फ भने दश हजारसम्म टिकट बेच्ने बताइएको छ।

यसबाहेक पहिलो पटक डिजिटल स्कोरबोर्ड अर्को परिवर्तनको रूपमा रहनेछ। पहिलो पटक टियुमा डिजिटल स्कोरबोर्ड जडान गरिएको हो। यसबाहेक अर्को महत्त्वपूर्ण पक्ष भनेको पिच हो। पिचमा लगानी र मेहनत भरपुर गरिएको छ। बङ्गलादेशका क्युरेटरको नेतृत्वमा पिचलाई स्तरीय बनाइएको छ। सँगै आउटफिल्ड पनि निकै राम्रो बनेको छ। दर्शक र मैदानबिचको बारलाई सारिएको छ। जसले गर्दा बाउण्ड्री नै बढेको छ।

अर्को ठुलो परिवर्तन भने भिआइपी र फ्रेन्चाइज लाउन्ज बनेको छ। मिडिया बक्स प्लेयर बक्सभन्दा माथि सारिएको छ। प्रयाक्टिस ट्रफ पनि अहिले पाँचवटा बनाइएको छ। साइड स्क्रिन पनि परिवर्तन गरिएको छ। क्यान आफैँले गरेको स-साना परिवर्तनले पनि मैदानको स्वरूपमा सकारात्मक परिवर्तन देखिएको छ। तर सरकारले १०० दिनभित्र जडान गर्ने भनेको फ्लड लाइट भाषणमा मात्र सीमित बनेको छ। यसबाहेक सुरक्षाका लागि नेपाल प्रहरीसँग सहकार्य भएको पनि क्यानले जनाएको छ। ८ टिमबिच हुने एनपिएल यही मङ्सिर १५ गतेदेखि सुरु हुँदैछ। यसअघि पनि धेरै पटक नेपालमा फ्रेन्चाइज क्रिकेट भइसकेका छन्। तर यो पटक क्यानको नेतृत्वमा पहिलो पटक हुन लागेको एनपिएलको रौनक बेग्लै छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल