alliance khabar

शनिबार, मंसिर ०८, २०८१

काठमाडौँ, मङ्सिर ८ गते ।

नेपाल आर्मीका मुकेश पाल र धादिङकी सन्तोषी श्रेष्ठ गरिमा रोड रेसमा शनिबार पहिलो हुनुभएको छ । १० किलोमिटर दूरीको पुरुषमा मुकेश र महिलामा सन्तोषी पहिलो हुनुभएको हो ।

बैंकले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा मुकेशले निर्धारित दूरी ३१ मिनेट ३६.२ सेकेन्डमा पूरा गर्नुभयो । सञ्जय श्रेष्ठ ३१ मिनेट ५८.३ सेकेन्डमा दोश्रो तथा गजेन्द्र राई ३२ मिनेट १४.६ सेकेन्डमा तेश्रो हुनभयो ।

महिलातर्फ १३औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता एवं ओलम्पियन सन्तोषीले निर्धारित दूरी तय गर्न ३६ मिनेट ४३.३५ सेकेन्ड खर्चिनुभयो । ३७ मिनेट ५४.१९ सेकेन्डमा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने दोश्रो तथा ३८ मिनेट ४३.८१ सेकेन्डमा आर्मीकै सुनसरी रोकाय तेश्रो बन्नुभयो ।

शीर्ष पाँच स्थानमा रहनेलाई क्रमशः ७५ हजार, ६० हजार, ४५ हजार, ३० हजार र १५ हजार रुपियाँको दरले पुरस्कार प्रदान गरियो । रेस लाजिम्पाटस्थित गरिमाको केन्द्रीय कार्यालयबाट सुरु भइ पुनः त्यही आएर टुङ्गिएको थियो ।

विजेतालाई दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, आयोजक गरिमाका अध्यक्ष श्यामप्रसाद बस्याल, गरिमाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।

सोही अवसरमा कात्तिक १४ गते भएको महिला साफ फुटबल च्याम्पियनसिपको फाइनलमा प्रत्येक गोलवापत टिमलाई एक लाख प्रदान गर्ने पूर्वघोषित पुरस्कार पनि गरिमाले प्रदान गरेको थियो । फाइनलमा नेपाल बङ्गलादेशसँग २–१ गोलले पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल