काठमाडौँ, असोज २० गते । बिपी राजमार्ग अन्तर्गत पर्ने वैकल्पिक राजमार्ग हालसम्म पूर्ण रूपमा सुचारु नभएको ट्राफिक प्रहरीले जनाएको छ । मंगलटारबाट रोशी खोला पार गरी तेमाल गापा वडा नं ७ कल्धार, मेटोल, कुरुबास, काङलिङ, पोखरी नारायणस्थान, कानपुर, भकुन्डे हुँदै धुलिखेलतर्फको लागि वैकल्पिक मार्ग सुचारु गर्न निरन्तर प्रयास भइरहेको र उक्त वैकल्पिक रुट खुल्न साथ […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउनेछ । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । ब्यवसायबाट भने लाभ हुने समय छ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा […]
सुर्खेत, असोज १९ गते : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विगतको भन्दा अहिले नीति निर्माण तय गरेपछि बनाइएका योजनाको गति बढ्दा सकारात्मक परिणाम आउनेमा ढुक्क भएको बताउनुभएको छ । उहाँले आफूले नीति निर्माणको कामलाई गति दिएको हुँदा विगतको तुलनामा यस पटक सकारात्मक परिणाम आउने दाबी उहाँले गर्नुभयो । शुक्रबारको पत्रकार भेटघाटका क्रममा मुख्यमन्त्री कँडेलले भौतिक पूर्वाधार मन्त्रालयले यही […]
घोडाघोडी (कैलाली), असोज १९ गते : कैलालीको घोडाघोडी नगरपालिका–१० का १५ वर्षीय पूजा सिंहलाई गत असारमा एक्कासि उच्च ज्वरो आयो । १५ दिनसम्म अस्पताल भर्ना भएकी पूजाको रगत जाँच गर्दा रगतमा खराबी देखिएपछि उहाँलाई भरतपुर क्यान्सर अस्पताल लगियो । साउनमा पूजालाई ब्लड क्यान्सर प्रमाणित भएपछि अहिले उहाँको भर्ना गरेर भरतपुर अस्पतालमा उपचार भइरहेको छ । कान्ति राज्यलक्ष्मी माध्यमिक विद्यालय […]
बनेपा, असोज १९ गते : गत शनिबारको बाढीका कारण क्षति भएको बिपी राजमार्गमा सडक डाइभर्सन गर्न समस्या देखिएपछि दसैँअघि राजमार्ग सञ्चालन हुनेमा अन्योल देखिएको छ । रोसीखोलामा आएको बाढीपछि खोलाको बहाब कम नभएका कारण पूर्ण रूपमा क्षति भएको बिपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका र रोसी गाउँपालिकाको सिमाना चौकीडाँडाबाट सडक डाइभर्सन गर्दै अघि बढ्नै समस्या भएको डिभिजन […]
जनकपुर, असोज १९ गते : बाढी, पहिरो र डुबान प्रभावित परिवारलाई राहत दिने गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपियाँ दिन मधेश प्रदेश सरकारलाई सत्तापक्षीय बैठकले आग्रह गरेको छ । मधेश प्रदेशको सत्ता गठबन्धनको शुव्रmबार बसेको बैठकले बाढी, पहिरो र डुबान आदिका प्रभावित परिवारलाई राहत दिने गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सो रकम […]
काठमाडौँ, असोज १९ गते । अहिले पहिरोका कारण मुलुकका अधिकांश राजमार्ग र सडक दैनिक जसो अवरुद्ध हुने गरेका छन् । मुलुकले केही समययता पहिरोका कारण जनधनको ठुलो क्षति बेहोरिरहेको छ । हरेक गाउँ र टोललाई मुख्य सडक वा राजमार्गसँग जोड्न सुरु गरिएको ‘डोजरे विकास’ का कारण पहिरो आई राजमार्गहरू क्षतविक्षत हुन थालेका छन् । राजमार्गसँग जोडिएका […]
खोटाङ, असोज १८ गते : ठाउँ–ठाउँमा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको हलेसी–जयराम सडक फेरि अवरुद्ध भएको छ । १७ गते राति परेको अविरल वर्षाका कारण पहिरो खसेपछि यात्रुहरु बाटैमा अलपत्र परेका हुन् । इलाका प्रहरी कार्यालय हलेसीका अनुसार हलेसी–तुवाचुङ नगरपालिका –१ बाहुनीडाँडाको कदुवा र लाँकुरीभञ्ज्याङ, हलेसी तुवाचुङ नगरपालिका –३ च्यास्मीटारको बाङमा र हलेसी तुवाचुङ नगरपालिका […]
अछाम, असोज १८ गते : उच्च रक्तस्रावका कारण ढकारीका एक सुत्केरी महिलाको बिहीबार मृत्यु भएको छ । ढकारी गाउँपालिका –६ ढुङ्गाचाल्नाकी २९ वर्षीया सरितादेवी जैसीको मृत्यु भएको हो । बच्चा जन्मिएर साल ननिस्केकाले रक्तस्राव भएपछि ढिलो गरेर अस्पताल पुग्दा सुत्केरीको ज्यान गएको बताइएको छ । बुधबार राति सुत्केरी व्यथा लागेर स्थानीय स्वास्थ्य चौकी जाँदैगर्दा सरिताले राति […]
काठमाडौँ, असोज १८ गते : नेपालले भारतपछि बङ्गलादेशमा ४० मेगावाट विद्युत् बिक्रीका लागि बहुप्रतिक्षित त्रिपक्षीय सम्झौता गरेको छ। आज यहाँ आयोजित विशेष समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्र्डका अध्यक्ष मोहमद रिजाउल करिम र भारतको ‘नोडल एजेन्सी’ एनभिभिएनका प्रमुख कार्यकारी अधिकृत रेणु नाराङले हस्ताक्षर गर्नुभएको छ। समारोहमा ऊर्जा, जलस्रोत तथा […]