alliance khabar

मंगलबार, मंसिर २५, २०८१

बाजुरा, मंसिर २५ गते।

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले कांग्रेस र एमालेबिच गठबन्धन गर्नुको पछाडि राजनीतिक स्थायित्व भएको प्रस्ट पार्नुभएको छ।

गृह जिल्ला बाजुरा पुग्नुभएका मन्त्री पाण्डेले कार्यालय प्रमुखको बैठकलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो।

मन्त्री पाण्डेले भन्नुभयो, ‘पछिल्लो समय कांग्रेस एमालेबिचको भएको सहकार्य राजनीतिक सकसलाई चिर्नका लागि हो। कांग्रेस एमालेको सरकार गठनका पछाडि राजनीतिक स्थायित्व र समृद्धिका लागि हो। उहाँले कांग्रेस एमाले मात्रै होइन, प्रतिपक्षमा रहेका माओवादी, समाजवादी लगायतका साना दललाई समेटेर एक ठाउँमा लैजानका लागि यो सरकार गठन भएको स्पष्ट गर्नुभयो।’

मन्त्री पाण्डेले भन्नुभयो, ‘संसदीय दृष्टिकोणले हेर्दा सत्ता र प्रतिपक्षी भए पनि देशको गति दिन, अर्थतन्त्रलाई माथि उकास्ने, राजनीतिक स्थिरता दिन र सुशासनको प्रत्याभूति दिनका लागि पनि हामी सबै एक ठाउँमा हुनु जरुरी छ। उहाँले ०८४ मा कांग्रेस र एमालेबिच नै प्रतिस्पर्धा हुने समेत बताउनुभयो।

फरक प्रसङ्गमा बोल्नुहुँदै मन्त्री पाण्डेले सूचकाङ्कका आधारमा सबैभन्दा गरिबी रहेका पाँच जिल्लामा सरकारले विशेष प्याकेज ल्याएर काम अघि बढाएको समेत बताउनुभयो।

उहाँले पछाडि परेको क्षेत्र, जाती र भूगोलको पक्षमा आफू मन्त्री नहुँदादेखि नै वकालत गरिरहेको समेत प्रस्ट पार्नुभयो।

कार्यालय प्रमुखलाई कामलाई प्राथमिकता निर्धारण गरेर मात्र काम गर्न समेत निर्देशन दिनुभयो। मन्त्री पाण्डेले बुढीगंगा नगरपालिका र बडिमालिका नगरपालिकाको ज्ञापनपत्र बुझ्दै अन्तर मन्त्रालयबाट हुने कामका लागि समेत समन्वयात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल