alliance khabar

मंगलबार, मंसिर २५, २०८१

गुल्मी, मंसिर २५ गते ।

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले बेरोजगार अन्त्यका लागि तीनै तहका सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । मानव अधिकार तथा शान्ति समाज गुल्मी शाखाद्वारा तम्घासमा आयोजित ‘बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा दुरुपयोगको खतरा’ विषयक नागरिक संवाद कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

धेरै युवा रोजगारीकै लागि बिदेसिएकाले स्वदेशमै रोजगारी सिर्जना गर्न तीनै तहका सरकार लाग्नुपर्ने बताउनुभयो । नेपालमा सबै थोक भएको भन्दै समन्वय प्रमुख खत्रीले देशमा केही छैन भनेर नकारात्मक भास्य सिर्जना गर्न नहुने बताउनुभयो । बेरोजगारको अन्त्य गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारले बिशेष प्रकारका कार्यक्रम ल्याइ रोजगारका अवसर सिर्जना गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

‘पछिल्लो समय युवामा भएको आक्रोश र निराशालाई चिर्नेगरी तीनै तहका सरकारले कार्यक्रम ल्याउन अहिलेको आवश्यकता रहेको छ’ उहाँले भन्नुभयो, ‘सरकारले नागरिकलाई नेपालमा केही गर्न सकिन्छ भन्ने आशावादी बनाउन जरुरी छ ।’

देश विकासका लागि सबै आशावादी हुन आवश्यक रहेको भन्दै उहाँले सबै राजनीतिक दल एकताबद्ध भएमा मात्र देशको विकास सम्भव हुने बताउनुभयो । सबै देशमा उत्पादन बढाउनेतर्फ लाग्न जरुरी छ । वर्तमान युवा पुस्तामा सूचना प्रविधिको ज्ञान बढाउनेगरी कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाइ छ । रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुखद्वय शशि पन्थी र दीन पन्थीले युवाहरुलाई पलायन हुनबाट रोक्न राज्यले रोजगारका अवसर सिर्जना गर्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले श्रम व्यवस्थापन र श्रम मूल्याङ्कन नहुँदा मानव अधिकार पूर्ण कार्यान्वयन हुन नसकेको भन्दै यसको कार्यान्वयनका लागि स्थानीय तहले भूमिका खेल्नुपर्ने बताउनुभयो । श्रमिकहरुले श्रमको मूल्य नभएको हुँदा उनीहरुको हक कार्यान्वयन गरी उनीहरुको मानव अधिकार रक्षा गर्नुपर्ने भन्दै राजनीतिक नेतृत्व यसप्रति गम्भीर हुन आवश्यक रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल