alliance khabar

मंगलबार, मंसिर २५, २०८१

सिमकोट, मङ्सिर २५ गते।

हुम्लामा आइतबार रातिदेखि सोमबार दिउँसोसम्म निरन्तर हिमपात भएपछि अवरुद्ध सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएर आज हवाई सेवा सञ्चालनमा आएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी मिलेर हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको नागरिक उड्डयन प्राधिकरण हुम्लाका प्रमुख महेन्द्र सिंहले जानकारी दिनुभयो। मौसम सफा भएपछि मंगलबार बिहानैदेखि विमानस्थल सञ्चालनमा आएको उहाँले बताउनुभयो।

विमानस्थलको पार्किङस्थलमा जमेको केही हिउँ आफैँ पग्लिएर गए पनि रनवेमा जमेको हिउँ सुरक्षाकर्मीको सहयोगमा पन्छाइएको हो। जिल्लामा हिमपात हुँदा सोमबार एक दिन हवाई सेवा अवरुद्ध भएको थियो।

सेवा सञ्चालनमा आएपछि नेपालगन्जबाट सीता र तारा एयरले एक एक उडान गरेका हुन् भने सीता एयरले नेपालगन्ज र सुर्खेत एक-एक गरी दुई फ्लाइट उडान गरेको सीता सिमकोट स्टेसनका सूर्य लामाले बताउनुभयो।

हुम्लामा सीता, समिट, तारा एयर र सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले नेपालगन्जदेखि उडान भर्दै आएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल