दूध बेचेर करोडौँ गाउँ भित्र्याउँदै किसान

बलेवा (बागलुङ), ९ असोज : जिल्लाका किसानले दूध बिक्री गरेर हरेक वर्ष करोडौँ रुपैयाँ गाउँ भित्र्याउने गरेका छन् । जिल्लाको काठेखोला गाउँपालिका, जैमिनी र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेर करोडौँ रुपैयाँ गाउँ भित्र्याएका हुन् । जैमिनीका किसानले सहकारीमार्फत पर्वत र कास्कीको पोखरामा दूध निर्यात गर्छन् । काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका किसानले बागलुङ दुग्ध […]

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

तुलसीपुर,८ असोज ः सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार मृतकको पहिचान हुन सकेको छैन । रोल्पाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ च १०२५ नम्बरको ‘सिंगल क्याप’ जीप आज बिहान कपुरकोट गाउँपालिका ३ चोरखोला नजिक सेतापैरामा दुर्घटना हुँदा दुई जनाको […]

पोखरामा बजार अनुगमन ःम्याद गुर्जिएका सामान बिक्री गर्ने पसलाई जरिवाना

कास्की, ८ असोज ः पोखरामा बजार अनुगमनका क्रममा एक ‘स्टोर्स’मा म्याद सकिएको सामान बिक्री गरेको पाइएपछि सो ‘स्टोर्स’लाई कारबाही गरिएको छ । जिल्ला अनुगमन समिति कास्कीले आइतबार पोखराको मुख्य बजार चिप्लेढुङ्गामा रहेको ‘भागिरथ स्टोर्स’मा अनुगमन गर्दा म्याद गुर्जिएका सामग्री बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि पाएएपछि रु ५० हजार जरिवाना गरेको हो । सो स्टोर्समा […]

राष्ट्रपति पौडेलद्वारा राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रदान

काठमाडौँ, ७ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रकवि माधव घिमिरे पुरस्कार वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गर्नुभएको छ । राष्ट्रकवि स्व घिमिरेको १०४औँ जन्मजयन्तीका अवसरमा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले आज शीतल निवासमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले रु एक लाख राशि र सम्मानपत्रसहितको ‘राष्ट्रकवि माधव घिमिरे पुरस्कार’ वरिष्ठ समालोचक प्राडा त्रिपाठीलाई प्रदान गर्नुभएको […]

‘प्रोक्युरमेन्ट क्लिनिक’मा सबै स्थानीय तहलाई समेटिने

काठमाडौँ, ७ असोज : सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिदलाई सार्वजनिक वित्त व्यवस्थापन सुधारको एउटा महत्त्वपूर्ण अङ्गका रूपमा अगाडि बढाउने भएको छ । कार्यालयले नमूना बोलपत्र कागजात नेपाली भाषामा बनाइने र प्रोक्युरमेन्ट क्लिनिकमा सबै स्थानीय तहलाई समेट्ने तथा तालिम सामग्रीलाई अनलाइन प्रविधिबाट समेत सञ्चालन गर्ने कार्ययोजना तय गरेको छ । खरिद तथा सम्झौता व्यवस्थापनका विविध […]

ढोरपाटन क्षेत्रमा स्याउ उत्पादनमा कमी

गलकोट (बागलुङ), ७ असोज : बागलुङको निसीखोला गाउँपालिका–५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले स्याउ बगानमा इटालियन प्रजातिका तीन सय र स्थानीय प्रजातिका दुई सय गरी पाँच सय स्याउका बिरुवा छन् । उहाँले दुवै प्रजातिका स्याउबाट गत वर्षमात्रै १५ क्विन्टल उत्पादन गरेर बिक्री गर्नुभयो । तर यसपटक भने उहाँको स्याउ बगान रित्तै छ । गत […]

दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा…

बेनी (म्याग्दी) ६ असोज ः शिक्षणको सिलसिलामा तराईको रौटहट जिल्लाबाट म्याग्दी आउनुभएका जहुर आलमलाई दुर्गम गाउँमा तीन दशक लामो समय बस्नुपर्छ भन्ने लागेको थिएन । विसं २०५० मा शिक्षणको सिलसिलामा यहाँ आउनुभएका आलम जिल्लाको दुर्गम बस्ती धवलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा नियुक्त हुनुभएको थियो । छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको दुर्गम गाउँमा पुग्न नै बेनीबाट […]

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा

ढोरपाटन (बागलुङ) ६ असोज ः निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक आलु भ्यिाउने चटारोमा छन् । गत भदौ दोस्रो सातादेखि आलु भ्यिाउन थालेका किसानलाई अहिले पनि भ्याइनभ्याइ छ । वर्षौँदेखि व्यावसायिक रुपमा आलु खेती गर्दै आएका किसानले सयौँ क्वीन्टल आल वर्षेनी उत्पादन गर्ने गरेका छन् । तर आलुले भने उचित बजार नपाएको उनीहरुको गुनासो छ । […]

जनताको जीवनस्तर उकास्नु र उत्पादन बढाउनु पहिलो दायित्व ः सांसद थापा

काठमाडौँ, ६ असोज ः नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले आमनागरिकका समस्या र जनजीविकासँग जोडिएका विषयलाई प्रतिनिधिसभाको बैठकमा प्राथमिकता साथ उठान गर्दै आउनुभएको छ । प्रतिनिधिसभा निर्वाचन २०७९ मा दैलेखबाट निर्वाचित हुनुभएका उहाँलाई संसदमार्फत् आमजनताका समस्या सम्बोधन हुन नसकेको र बजेट विनियोजन तथा विकास निर्माणका काममा राजनीतिक शक्ति र पहुँच हाबी हुने गरेको अनुभूति […]

सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा

कञ्चनपुर, ६ असोज ः शुक्लाफाँटा नगरपालिका ५ मा रहेको सार्वजनिक जग्गा संरक्षण नहँुदा अतिक्रमणको चपेटामा पर्न थालेको छ । सशस्त्र प्रहरी गण पछाडि पट्टीको ४० बिघा जग्गा संरक्षणमा कुनै पनि निकायको ध्यान जान नसक्दा अतिक्रमणको चपेटामा पर्न थालेको हो । हालसम्म दुई बिघा बढी जग्गा अतिक्रमण भइसकेको छ । सार्वजनिक जग्गामा रहेका साल, साज लगायतका […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • alliancekhabar1@gmail.com
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल