लागोस, पुस ७ गते । नाइजेरियाको प्रहरीले आइतबार खाना वितरण केन्द्रहरूमा भएका दुई भागदौडमा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको जनाएको छ । यसअघि प्रहरीले २२ जनाको निधन भएको जनाएको थियो । दक्षिणी सहर ओकिजामा शनिबार चामल वितरण गर्ने केन्द्र बाहिर मानिसहरू लाममा उभिएपछि लाइनमा बसेका मानिसहरूको कुल्चाइमा २२ जनाको मृत्यु भएको थियो । यसअघि प्रहरीले […]
काठमाडौं, पुस ७ गते। सरकारले गोदावरी बहुउद्देश्यीय रंगशाला निर्माणका लागि राष्ट्रिय वनको ३.४५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ। पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो जानकारी दिनुभएको हो। पत्रकार सम्मेलनमा निर्णय सुनाउनुहुँदै प्रवक्ता गुरुङले भन्नुभयो, ‘गोदावरी बहुउद्देश्यीय रंगशाला निर्माण […]
काठमाडौँ, पुस ७ गते। धादिङको रुवीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगीसहित आठ जनाविरुद्ध दश लाख ८९ हजार ९८९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आर्थिक वर्ष २०७६/७७ मा धादिङको रुवीभ्याली गाउँपालिका वडा नं। ४ बोराङस्थित पागोमादेखि स्कुलसम्म शाखा सडक निर्माणको कार्यमा सो भ्रष्टाचार भएको देखिएको […]
काठमाडौँ, पुस ७ गते। सरकारले नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायब महानिरीक्षकद्वय दुर्गा सिंह र भरतबहादुर बोहरालाई बढुवा गरी क्रमशः प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग र प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने निर्णय गरेको छ। यस्तै सरकारले दैलेख–कालीकोट–जुम्ला १३२ केभी प्रसारण लाइनको टावर निर्माणका लागि दैलेख, […]
काठमाडौँ, पुस ७ गते। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार राति पश्चिमी भूभागमा पानी पर्न सक्ने जनाएको छ। महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार सोमबार रातिदेखि सुदूरपश्चिम प्रदेशतिर बादल लाग्ने तथा पानी पर्ने पूर्वानुमान गरिएको छ। मौसमविद् महर्जनले भन्नुभयो, “भोलि रातिबाट सुदूरपश्चिमतिर बादल बढ्ने तथा पहाडी भूभागमा पानी पर्ने सम्भावना छ।” उहाँले […]
काठमाडौँ, पुस ७ गते । शनिबार बिहानै पनि बाजुराको जगन्नाथ गाउँपालिका–५ को गोत्री केन्द्रबिन्दु भएर ५.२ म्याग्नेच्युटको भूकम्प गयो । त्यसको परकम्प आउने क्रम जारी रहेको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेत शाखाका भूकम्पविद् चिन्तन तिमिल्सिनाले जानकारी दिनुभयो । परकम्पका रूपमा अझै ४ म्याग्नेच्युटको भूकम्प जाने सम्भावना रहेको उहाँले बताउनुभयो । अहिलेसम्म १ देखि ३ म्याग्नेच्युटसम्मको करिब छ वटा […]
डडेल्धुरा, पुस ७ गते । यहाँको अमरगढीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा कर्मचारी अभाव भएको छ । डडेल्धुरा र बझाङ कार्यक्षेत्र रहने गरी २०७५ सालमा स्थापना भएको यस कार्यालयमा एक कर्मचारी र एक कार्यालय सहयोगी मात्र छन् । दुई प्राविधिक सहायक र एक खाद्य अनुसन्धान अधिकृत गरी तीन कर्मचारी दरबन्दी भएपनि खाद्य अनुसन्धान […]
चितवन, पुस ७ गते । चेपाङ समुदायबाट गोरखा जिल्लाबाट स्नातकोत्तर गर्ने गण्डकी गाउँपालिका–१ मकैसिङकी रमिला चेपाङ सम्मानित हुनुभएको छ । शनिबार इच्छाकामना न्यूज डटकमको सातौँ वार्षिकोत्सवका अवसरमा इच्छाकामना–३ चुम्लिङटारमा उहाँ सम्मानित हुनुभएको हो । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले चेपाङलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । मन्त्री सिलवालले सीमान्तकृत समुदायका महिलाहरूका लागि प्रमिला प्रेरणाको […]
हेटौँडा, पुस ७ गते । कान्ति लोकपथको हेटौँडा उपमहानगरपालिका ५ स्थित स्थित सडक खण्डमा सवारी दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । हेटौँडा ५ माछाप्लानस्थित कान्तिलोकपथ सडक खण्डमा चौघडातर्फबाट हेटौँडा बजारतर्फ आउँदै गरेको प्र.३–०२–०० ८ प २६२८ नं. को मोटरसाइकल र हेटौँडा बजारबाट चौघडा बजारतर्फ जाँदै गरेको बा.प्र.०३–००५ प ५१६९ नं. को स्कुटर एक […]
आज विश्व ध्यान दिवस । भर्खरै संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिख अथवा विश्वको वर्ष भरिको सबैभन्दा छोटो दिन, आजलाई विश्व ध्यान दिवसको रूपमा मान्यता दिएको छ । म यसमा खुसी व्यक्त गर्न चाहन्छुु र संयुक्त राष्ट्र सङ्घलाई धन्यवाद भन्न चाहन्छुु । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुुटेर्रेसलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छुु । आजको यस […]