alliance khabar

सोमबार, फाल्गुण १२, २०८१

बागलुङ, फागुन १२ गते ।

 कालीगण्डकी नदीमा अवैध रूपमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राति साढे १० बजे बागलुङ नगरपालिका वडा नं. ४ ढोडेनीस्थित कालीगण्डकी नदी किनारमा माछा मारिरहेको अवस्थामा पर्वतको जलजला गाउँपालिका वडा नं. ८ का ३४ वर्षीय गोकुल गौतम, सोही ठाउँका ३० वर्षीय किस्मत पुन, ३७ वर्षीय दिलबहादुर मगर र वडा नं. ७ का आर्यन शर्मालाई जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूको साथबाट प्रहरीले माछा मार्न प्रयोग गरिएको १२ भोल्टको ब्याट्री, सेतो तार बेरिएको आल्मुनियमको स्ट्रिक दुई थान, जालीसहितको कुँडुलो दुई थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरूलाई जलचर संरक्षण ऐन, १०१७ अन्तर्गतको कसूरमा कारबाहीका लागि सोमबार जिल्ला प्रशासन कार्यालय बागलुङमा पठाइएको छ ।

जलचर संरक्षण ऐन अनुसार कुनै समात्ने वा मार्ने अभिप्रायले जानि जानि जलमा वा त्यसको आसपासमा कुनै किसिमको विद्युतीय धार, विष्फोटक पदार्थ वा विशालु पदार्थको प्रयोग गर्नु हुँदैन भन्ने व्यवस्था रहेकाले कोही–कसैले माछा मार्ने उदेश्यले खोला नदीमा करेन्ट नलगाउनसमेत प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल