alliance khabar

सोमबार, फाल्गुण १२, २०८१

नवलपुर, फागुन १२ गते ।

 नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा अन्तर्राष्ट्रिय दातृनिकायहरूको सहयोग रोकिने जोखिम बढेको बताउनुभएको छ ।

पाण्डेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय निर्णयहरूको कारण अमेरिकाबाट प्राप्त हुने सहयोग मात्रै नभई अन्यमित्र राष्ट्रबाट प्राप्त हुने अनुदानहरू समेत कटौतीको जोखिम बढेको बताउनुभयो ।

नेकपा एमाले नवलपुर प्रचार विभागले सोमबार गरेको भेटघाट कार्यक्रममा बोल्दै पाण्डेले ट्रम्पको निर्णयले युएसएआइडी र एमसिसी परियोजनामा प्रत्यक्ष असर परेको उल्लेख गर्नुभयो ।

“युएसएआइडीको सहयोगमा भई रहेका कामहरू रोकिने मात्रै होइन, एमसिसीको दायित्व नेपालले बहन गर्नुपर्ने अन्यौलता समेत सृजना भएको छ । पाण्डेले भनन्नुभयो, “यदी एमसिसी पनि रोकियो भने ठेक्का त भई सक्यो, कि त हामीले ठेक्का अनुसारको भुक्तानी दिएर काम सम्पन्न गर्नु पर्यो १ कि त ठेक्का रद्द गर्दा क्षतिपुर्ति बेहाेर्नुपर्ने हुन्छ ।”

ट्रम्प प्रशासनको निर्णयहरूको कारण युरोपियन युनियनका राष्ट्रहरूमा पनि अन्यौलता पैदा भएको भन्दै उहाँले राष्ट्रिय सुरक्षा, रोजगारी सृजना लगायतमा युरोपियन राष्ट्रहरू केन्द्रित बन्दा नेपाललाई ती राष्ट्रहरूले गर्ने सहयोग पनि कटौती हुनसक्ने जोखिम रहेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय सहयोग बिना नै हामीले सबै काम गर्न सक्छौं भन्ने स्थितिमा नेपाल नरहेको उहाँको भनाइ थियो । राजश्व सङ्कलन गत आर्थिक वर्षभन्दा पनि कम हुने स्थिति अहिले रहेको भन्दै अन्तर्राष्ट्रिय सहयोग रोकिने, राजश्व सङ्कलनमा कमि आउने अवस्थामा पुँजीगत खर्च गत आर्थिक वर्षभन्दा न्यून हुने प्रक्षेपण पाण्डेले गर्नुभयो ।

उहाँले भाषणमा भन्ने र कागजमा लेख्ने गरेर समाजवाद प्राप्त हुन नसक्ने भन्दै उत्पादन र आर्थिक गतिविधिको माध्यमबाट मात्रै समाजवादको लक्ष्य प्राप्त हुने बताउनुभयो । अहिले विश्वव्यापी रूपमा देखिएको व्यापारयुद्ध फरक तरिकाले अगाडि बढिरहेको भन्दै उहाँले समयानुसार नेपाललाई आर्थिक रूपमा सबल बनाउन तर्फ केन्द्रित बन्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल