alliance khabar

सोमबार, फाल्गुण १२, २०८१

बिजुवार, फागुन १२ गते ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सत्ता गठबन्धन पूरा कार्यकाल टिक्ने दाबी गर्नुभएको छ । प्युठानमा सोमबार आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै उहाँले कांग्रेसले एमालेसँग गरेको समझदारी अनुसार सरकार २०८४ सालसम्म सञ्चालन हुने स्पष्ट पार्नुभयो ।

“अबको तीन वर्ष सरकार स्थिर रूपमा सञ्चालन गर्छौं । कुनै चकचक गर्दैनौं, उपद्रो गर्दैनौँ । कांग्रेस सत्ता र सरकारका लागि बेइमानी गर्दैन,’’ उहाँले भन्नुभयो । महामन्त्री थापाले सरकार विधि र कानुनअनुसार सञ्चालन हुने बताउँदै भन्नुभयो, “यदि सम्झौता गर्नैपर्ने अवस्था आयो भने कांग्रेस सरकार छोड्न तयार छ । प्रजातान्त्रिक अधिकारमाथि कुनै सम्झौता हुँदैन ।’’

उहाँले कांग्रेस र नेकपा एमालेबिचको सम्बन्ध बराबरीको हुने बताउँदै थप्नुभयो, “हामी न त एमालेलाई हेप्छौं, न त आफू हेपिन तयार छौं। केन्द्रदेखि जिल्ला तहसम्म समान व्यवहार हुनुपर्छ । कुनै दुर्व्यवहार भए सहेर बस्दैनौँ । हामी अबको ३६ महिना विधि, शासन र परिणाममुखी सरकार सञ्चालन गर्न चाहन्छौं । यो समयको अधिकतम उपयोग गर्ने लक्ष्य छ ।’’

बिगतका दशकहरू शान्ति प्रक्रिया र संविधान कार्यान्वयनमा बितेको उल्लेख गर्दै महामन्त्री थापाले २०८० देखि २०९० लाई विकास र निर्माणको दशक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“यो दशक रोजगारी सिर्जना, नेपाली आमाबुवालाई खुसी दिने, गरिबी र बेरोजगारी घटाउने दशकको रूपमा स्थापित गर्नुपर्छ । कांग्रेससँग योजना, भिजन, र सङ्कल्प छ,’’ उहाँले भन्नुभयो । यस्तै महामन्त्री थापाले पार्टीको १५औँ महाधिवेशन र २०८४ को निर्वाचनका सन्दर्भमा आवश्यक छलफलको समय नआइसकेको पनि स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल