स्वास्थ्य समस्या बन्दै उच्च रक्तचाप

बर्दिबास, जेठ ३ गते । बद्लिदो जीवन शैली, अनावश्यक सोच र खानपानमा लापरवाहीजस्ता कारणले उच्च रक्तचाप प्रमुख स्वास्थ्य समस्या बन्दैगएको चिकित्सकको भनाइ छ । पहिले सम्भ«ान्त र शहरियामा देखा पर्ने यो समस्या अब ग्रामीण भेगमा पनि फैलिदै गएको उहाँहरुले बताउनुभयो ।  विश्व उच्च रक्तचाप दिवसको अवसर पारेर बर्दीबासस्थित शुभ स्वस्तिक अस्पतालले शनिवार बर्दीबासमा आयोजना गरेको […]

लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प छैनः सभापति देउवा

काठमाडौँ,जेठ ३ गते। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैको प्रतिनिधित्व सुनिश्चित भएको समावेशी सिद्धान्तसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नभएको बताउनुभएको छ। प्रजातान्त्रिक विचार समाज स्थापनाको ३०औँ वार्षिकोत्सव तथा २७औँ साधारणसभा र ‘व्यवस्थाले अवस्थामा ल्याएको परिवर्तन’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले अहिलेको व्यवस्थामा भएका कमीकमजोरीलाई सुधार गरेर सहकार्य र समन्वयका आधारमा अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो। […]

सन्तुलित र समावेशी बजेट ल्याउन सुझाव

सुर्खेत, वैशाख ३ गते  । कर्णाली प्रदेश सभाका सदस्यहरूले सन्तुलित र समावेशी बजेट ल्याउन सुझाव दिनुभएको छ । शुक्रबार बसेको प्रदेश सभा बैठकमा सरकारले पेस गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयक, २०८२ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै प्रदेश सभा सदस्यहरूले सन्तुलित र समावेशी बजेट ल्याउन सरकारलाई सुझाव दिनुभएको हो । नेकपा (माओवादी केन्द्र) […]

सङ्घीय निजामती विधयेकमा सहमति

काठमाडौँ, जेठ ३ गते  । निजामती तथा अन्य सरकारी सेवाबाट अवकाश पाएको दुई वर्षसम्म अवकाशप्राप्त कर्मचारीले संवैधानिक तथा सरकारी नियुक्ति लिन नपाउने भएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले दुई वर्षको ‘कुलिङ पिरियड’ मा सहमति गरेको हो । सत्तारूढ दलबिचै मतभेद रहेपछि अवधि कति राख्ने भन्ने विवाद थियो । वैशाख २८ गते सरकारका तर्फबाट गृहमन्त्री रमेश […]

बढी भार बोक्ने सवारीका कारण अर्बौंको क्षति

काठमाडौँ, जेठ ३ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको चोरमारास्थित गिरुबारीखोलाको पुल सोमबार राति भाँचिँदा नारायणगढ–बुटवल सडक अवरुद्ध भयो । होङ्सी सिमेन्ट कम्पनीबाट वीरगन्जतर्फ जाँदै गरेको टेलर पुलमा गुड्दै गर्दा पुल भासिएको थियो । पुलमा म.प्र ०३–००१ ‘क’ ३१६३ नम्बरको १८ चक्के टेलर कच्चा पदार्थ बोकेर जाँदै थियो । त्यसै गरी गएको पुस २६ गते […]

मदन–आश्रित स्मृति दिवस : दुर्घटना स्थलमा अध्ययन केन्द्र निर्माण हुँदै

चितवन, जेठ ३ गते  । तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र पार्टीका सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दुर्घटना भएको स्थानलाई अध्ययन केन्द्र बनाउने कामको थालनी भएको छ  । पोखराबाट चितवन आउने व्रmममा मुग्लिङ–नारायणगढ सडकखण्डको दासढुङ्गामा २०५० जेठ ३ गते जिप दुर्घटनामा परी मृत्यु भएको थियो । मृत्यु भएको स्थान दासढुङ्गा क्षेत्रमा पार्क […]

विदेशी पाहुनाको नजरमा सुन्दर नेपाल

काठमाडौँ, जेठ ३ गते  । सगरमाथाको देश नेपाल । यहाँका हिमाल, प्राकृतिक सौन्दर्य र सम्पदाहरूले विश्वको ध्यान खिच्न सफल भएको छ । सगरमाथा संवादमा सहभागी हुन आउनुभएका विदेशी पाहुनाले नेपालको हिमालसँगै सांस्कृतिक सम्पदाहरूले विश्वका आमनागरिकको ध्यान खिच्न सफल रहेको सुनाउनुभयो । बङ्गलादेशका महिला तथा बालबालिकामन्त्री सरमिन सोनिया मुरसिदले नेपालका हिमाल र बङ्गलादेशको समुद्र एकअर्कासँग जोडिए […]

२०८२ जेठ ०३ गते – 17, May, 2025 , शनिवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । अरूले फसाउन सक्छन् । हुलमुलमा धनमाल हराउन सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । वृष (इ, […]

मधेस प्रदेशः जीवन बिमाबाट ११ अर्ब १६ करोड सङ्कलन

वीरगञ्ज (पर्सा),  जेठ २ गते । नेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा जीवन बिमा शुल्कबापत रु ११ अर्ब १६ करोड ७९ लाख रकम सङ्कलन गरेको छ । उक्त कार्यालयले गत वर्ष जीवन बिमा शुल्कतर्फ भने रु १४ अर्ब एक करोड २८ लाख सङ्कलन गरेको थियो । उक्त कार्यालयकी प्रमुख प्रीति […]

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ, जेठ २  गते ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल