कागेश्वरी मनोहरा नगर अस्पतालद्वारा पदपूर्ति सम्बन्धी महत्वपूर्ण सूचना प्रकाशित

काठमाडौँ ,मंसिर ८ गते। कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गतको कागेश्वरी मनोहरा नगर अस्पतालले पदपूर्तिसम्बन्धी महत्वपूर्ण सूचना सार्वजनिक गरेको छ। अस्पतालले मिति २०८२/०७/२० मा प्रकाशित सूचनाअनुसार पदपूर्तिका लागि सिफारिस हुने उम्मेदवारहरूको छनोट प्रक्रियामा प्रयोग हुने मूल्यांकनका आधारहरू अस्पतालको आधिकारिक वेबसाइटमा प्रकाशन गरिएको जानकारी गराएको हो। अस्पतालले वेबसाइट hospital.kageshworimanoharamun.gov.np मा मिति २०८२/०८/०८मा अपलोड गरिएको विवरण हेरी पदपूर्ति प्रक्रियाबारे […]

निर्वाचनका लागि ६४ राजनीतिक दल दर्ता

काठमाडौँ, मङ्सिर ९ गते ।  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६४ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार आठ राजनीतिक दल दर्ता भएका हुन् । आइतबारसम्म ५६ राजनीतिक दल दर्ता भएकामा सोमबार थपिएका आठसहित ६४ राजनीतिक दल पुगेको आयोगले जनाएको छ । आयोगले यही […]

आज सीता र रामको पूजा गरी मनाइँदै विवाह पञ्चमी मनाइँदै

जनकपुर, मङ्सिर ९ गते । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा मङ्गलबार देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभए अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर […]

चार महिनामा सात प्रतिशत मात्र

मकवानपुर, मङ्सिर ९ गते । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा कुल बजेटको सात प्रतिशत हाराहारीमा खर्च गरेको छ । गत आवको पहिलो चार महिनाको अनुपातमा प्रदेश सरकार प्रतिशतका आधारमा बजेट खर्चमा चालु आवको चार महिनामा कमजोर देखिएको हो । पुँजीगततर्फको बजेट खर्च यो अवधिमा चार प्रतिशतभन्दा कम रहेको छ […]

निर्वाचन गराउन पाँच अर्ब उपलब्ध

काठमाडौँ, मङ्सिर ९ गते ।  अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि करिब पाँच अर्ब रुपियाँ उपलब्ध गराएको छ । “निर्वाचन गराउन हामीले सात अर्ब माग गरेका थियौँ । तत्काल चार अर्ब ९६ करोड बजेट प्राप्त भयो । अरू आवश्यक भए माग गर्न सकिने भनिएको छ,” निर्वाचन आयोगका प्रवक्ता […]

पानीको मूल्य बढी लिन नपाइने

काठमाडौँ, मङ्सिर ९ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेपानी बोतल (प्रोसेसिङ ड्रिङकिङ वाटर) को लेबलमा उल्लेख अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी लिएमा कारबाही हुने जनाएको छ । विभागले होटेल तथा रेस्टुराँले रेस्टुरेन्टमा राखिएका मेनुमा सिलबन्दी भएका बोतलमा उल्लेख गरिएको एमआरपीभन्दा बढी मूल्य उल्लेख गरेर लिने गरेको पाइएकाले अब त्यस्तो गरेको पाइएमा […]

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, मङ्सिर ९ गते ।  नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ४८ पैसा र बिक्रीदर १४३ रुपियाँ ०८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपियाँ ४४ पैसा र बिक्रीदर १६५ रुपियाँ १३ पैसा, युके पाउण्ड […]

मुख्य सचिवमा अर्याल नियुक्त , २३.५८ मिलियन युरो अनुदान सहायता स्वीकार

काठमाडौँ, मङ्सिर ९ गते ।  नेपाल सरकारको मुख्य सचिवमा सुमनराज अर्याल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव अर्याललाई २९ औँ मुख्य सचिवमा नियुक्त गरेको हो । अर्थ एवं सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनालले नेपाल सरकारका सचिवको वरिष्ठता कायम गर्दै मुख्य सचिवमा अर्याललाई नियुक्त […]

मार्जिन कारोबार व्यवस्थित गर्दै सेबोन

काठमाडौँ, मङ्सिर ९ गते । मार्जिन कर्जामा फैलिएको अव्यवस्था, जोखिम र अनियन्त्रित सटहीपनलाई नियन्त्रण गर्ने उद्देश्यसहित नेपाल धितोपत्र बोर्डले ‘मार्जिन कारोबार सुविधा निर्देशन, २०८२’ को मसौदा सार्वजनिक गरेको छ । बोर्डले मार्जिन कारोबारसम्बन्धी व्यवस्था (प्रारम्भिक मसौदा) तयार गर्दै मार्जिन कारोबारसम्बन्धी व्यवस्था अघि बढाएको हो । धितोपत्र दलाल व्यवसायीमार्फत लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउने उद्देश्यले […]

मासु प्रशोधन कारखाना : मङ्सिरदेखि निर्माण सुरु

काठमाडौँ, मङ्सिर ९ गते । सिन्धुलीको मरिण गाउँपालिकामा मङ्सिर अन्तिम सातादेखि मासुु प्रशोधन कारखानाको निर्माण सुरु हुने भएको छ । नेपालबाट चीनमा प्रशोधित भैँसीको मासु निर्यात गर्ने उद्देश्यले कारखाना निर्माण गर्न लागिएको हो । हिमालयन फुड इन्टरनेसनल प्राइभेट लिमिटेडले डिजाइनको काम सकेर कारखाना निर्माणको चरणमा पुगेको जनाएको छ । २७ अर्ब ६४ करोड ८४ लाख […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल