धनगढी, साउन १२ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन १५ गते विश्वासको मत लिनु हुने भएको छ । साउन १५ गते (बिहीबार) दिनको ५ बजे बस्ने प्रदेश सभा बैठकमा उहाँले विश्वासको मत लिनु हुने मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिनुभयो । सरकारलाई दिएको समर्थन नागरिक उन्मुक्ति पार्टीले असार तेस्रो साता फिर्ता […]
दुबै देशका करिब तीन लाख विस्थापितहरू सुरक्षित रूपमा घर फर्कन सक्नेछन् । थाई प्रधानमन्त्री फुमथामले भन्नुभयो, “वार्ताको नतिजा थाइल्याण्डको शान्तिपूर्ण समाधान चाहनाको प्रतिबिम्ब हो।” मलेसिया, साउन १२ गते । मलेसिया, थाइल्याण्ड र कम्बोडियाबीच पाँच दिनदेखि जारी सीमाविवाद अन्ततः वार्ताबाट समाधानतर्फ उन्मुख भएको छ। दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घका अध्यक्षसमेत रहेका मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले सोमबार दुबै […]
खोटाङ, साउन ११ गते । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले माइतीघर मण्डलामा सत्याग्रह सुरु गर्नुभएको छ । विभिन्न सात बुँदे माग राख्दै प्रमुख भट्टराईले साउन ११ गते (आइतबार) बिहानबाट सत्याग्रह सुरु गर्नुभएको हो । खेर गइरहेको बाँसबाट आर्थिक समृद्धि हुने निर्णय गर्न प्रमुख भट्टराईको विशेष माग रहेको छ । बाँस तथा बाँसजन्य […]
माले, साउन ११ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार माल्दिभ्सको भ्रमण समाप्त गर्दै पूर्वाधार परियोजनाहरू र नगद अभावमा रहेको यस हिन्द महासागरीय राष्ट्रलाई महत्त्वपूर्ण आर्थिक सहायता प्रदान गरेर सम्बन्ध नवीकरण गर्नुभएको छ । क्षेत्रीय शक्ति भारतले आफ्नो सानो तर रणनीतिक रूपमा महत्त्वपूर्ण छिमेकी राष्ट्र माल्दिभ्स सन् २०२३ मा भारत विरोधी मञ्चमा राष्ट्रपति मोहम्मद मुइज्जुको […]
बागमती, साउन १० गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले चार जना मन्त्रीलाई पदमुक्त गर्नुभएको छ । मुख्यमन्त्री लामाले आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई पदमुक्त गर्नुभएको हो । मुख्यमन्त्री लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पत्राचार गर्नुहुँदै […]
काठमाडौँ , साउन ९ गते। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताउनुभएको छ। काठमाडौँमा शुक्रबार ढुण्डीराज शास्त्रीको स्वर्गारोहणको ४५ दिनको स्मृतिमा आयोजित कार्यक्रममा देउवाले संविधान सबैका लागि स्वीकार्य भए पनि केही कुरा संशोधन गर्न आवश्यक देखिएको बताउनुभयो। संविधान संशोधनको आवाज उठ्नु स्वभाविक कुरा हो, उहाँले भन्नुभयो ‘आवश्यकता अनुसार संशोधन हुन्छ […]
मकवानपुर, साउन ९ गते । बागमती प्रदेश सरकारका मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसबाट मन्त्री बनेको संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले शुक्रबार मुख्यमन्त्री बहादुरसिंह लामा तामाङसमक्ष राजीनामा दिनुभएको हो । ठकुरी, श्रेष्ठ र महर्जनले आफूहरुले मन्त्री पदबाट राजीनामा दिएको पुष्टि […]
काठमाडौं, साउन ८ गते । खेलकुदको क्षेत्रलाई डोपिङविहीन बनाउन नेपाल र भारतबीच ऐतिहासिक सहकार्यको थालनी भएको छ। नयाँ दिल्लीस्थित भारतीय राष्ट्रिय एन्टी डोपिङ एजेन्सी (नाडा) को केन्द्रीय कार्यालयमा सम्पन्न उच्चस्तरीय संवादमा नाडा नेपालका प्रमुख डा. असीम भण्डारी र नाडा भारतका महानिर्देशक आनन्द कुमारबीच क्षेत्रीय एजेन्सीहरूको भूमिकालगायत साझा चुनौती, अनुभव र भविष्यका सहकार्यबारे गहन छलफल भयो। […]
काठमाडौं, साउन ८ गते । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सबै जाती समुदायको हितलाई ध्यान दिएर नेपालले नेशनली डिटरमिन्ड कन्ट्रिव्यूसन (एनडिसी) दस्तावेज तयार गरी संयुक्त राष्ट्र संघलाई बुझाइएको बताउनुभएको छ । नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा बिहीबार यहाँ आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री ठकुरीले भन्नुभयो, “एनडिसीबारे हरेक कोणबाट […]
काठमाडौँ, साउन ८ गते। सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेकोछ। सरकारको साउन ७ गते बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको हो। आज नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत जानकारी दिदै भन्नुभयो, “मधेशमा मौसमी संकटका […]