alliance khabar

शनिबार, भाद्र २८, २०८२

दाङ, भदौं २८ गते ।

जेनजी आन्दोलनको क्रममा भागेको तुलसीपुर कारागारका ८३ कैदीबन्दी कारागारमा फर्केका छन्। २५३ मध्ये अहिलेसम्म ८३ कैदीबन्दी कारागारमा फर्किएको तुलसीपुर कारागार कार्यालयका जेलर गिरबहादुर सिजवालले जानकारी दिनुभयो ।

उहाँको अनुसार तुलसीपुर कारागारबाट तीन पटकमा २५३ जना कैदीबन्दी भागेका थिए । तीमध्ये ८३ कैदीबन्दी आफै फर्किएका छन् । बाँकी कैदीको खोजी भइरहेको छ, उहाँले भन्नुभयो, “उहाँहरूलाई शनिबारसम्म फर्किन समय दिएका छौं, यदि बेलुकासम्म फर्किएनन् भने प्रहरी प्रशासनले खोजी गरेर ल्याउँछ ।”

केही कैदीबन्दी मेरो सम्पर्कमा हुनुहुन्छ, केही सुरक्षाकर्मीको सम्पर्कमा आइरहनुभएको छ, उहाँले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालयले कैदीहरूलाई फर्किन सूचना जारी गरेपछि आफैँ फर्किन थाल्नुभएको छ, केही सम्पर्कमा आइरहनुभएको छ ।”

बेलुकीसम्म बाँकी कैदीहरू फर्किने विश्वास रहेको उहाँले बताउनुभयो । “यद्यपि उहाँहरू कारागारमा फर्किनु भएन, हामी आफैँ खोजेर पनि ल्याउने छौं, उहाँले भन्नुभयो, “प्रशासनले निकालेको सूचनाभित्रमा फर्किनु भएन भने प्रहरी प्रशासनले आफै खोजेर भए पनि ल्याउने छ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल