बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी

बागमती, कात्तिक ११  गते ।  बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने तयारी थालेको छ । खर्च कटौती र आर्थिक मितव्ययी अपनाउने निर्णय गरेको प्रदेश सरकारले हाल कायम रहेको प्रदेश मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी थालेको छ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रदेश सरकारलाई मन्त्रालयको सङ्ख्या घटाउन माग गर्दै […]

गृहमन्त्री अर्यालद्वारा जनकपुरधामको छठ अवलोकन

जनकपुरधाम, कात्तिक १० गते । अगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन र शान्ति सुरक्षाको विषयमा जानकारी लिन सोमबार जनकपुरधाम आउनुभएका नेपाल सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जनकपुरधामको छठ पूजामा सहभागी हुनुभएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधामको प्रसिद्ध ऐतिहासिक गंगासागर पोखरीमा भइरहेको छठ पूजाको उहाँले अवलोकन गर्दै गंगा आरतीमा समेत सहभागी हुनुभयो । दुई दिनका […]

निर्वाचनलाई राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौँ, कात्तिक १० गते । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण गर्न आह्वान गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले सूर्यको आराधना साथ मनाइने महान् पर्व छठको अवसरमा सोमबार जारी गर्नुभएको शुभकामना सन्देशमा उक्त आह्वान गर्नुभएको हो । शुभकामना सन्देशमा भनिएको छ, “आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका […]

मन्त्रिपरिषदको निर्णय नै मान्दैनन् गुल्मीका स्थानीय तह

तम्घास(गुल्मी), कात्तिक १० गते ।  नेपाल सरकार मन्त्रिपरिषदको असोज ५ गतेको निर्णय, अर्थमन्त्रालयको ७ गते र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ८ गतेको परिपत्रलाई गुल्मीका स्थानीय तहहरुले कार्यान्वयनमा ढिलासुस्ती गरेका छन् । पालिकामा स्वीकृत दरबन्दीवाहेकका पालिकाले सिर्जना गरेका दरबन्दीहरु कटौती गर्नका लागि परिपत्र भए पनि कार्यान्वयनमा आउन सकेको छैन । मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन […]

छठ नेपाली समाजमा एकताको अद्वितीय प्रतीकका रुपमा स्थापित : कार्यवाहक सभापति खड्का

काठमाडौँ, कात्तिक १० गते ।  नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहाहुर खड्काले छठ पर्व नेपाली समाजमा धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक एकताको अद्वितीय प्रतीकका रुपमा स्थापित भएको बताउनुभयो । सोमबार छठ पर्वको शुभकामना दिनुहुँदै कार्यवाहक सभापति खड्काले यो पर्वले समुदायमा सामूहिक भावना, अनुशासन, पारिवारिक एकता र सामाजिक सद्भाव प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको […]

खेलकुद मन्त्री गुप्ताद्वारा पदबहाली

काठमाडौँ, कात्तिक ९ गते । नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आइतबार आफ्नो पदबहाली गर्नुभएको छ । सिहंदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री गुप्ताले पदभार ग्रहण गर्दै आगामी दिनमा युवा तथा खेलकुद मन्त्रालयअन्र्तगतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रशारण गर्ने निर्णयमा हस्ताक्षरसमेत गर्नुभयो । उहाँले खेलकुद क्षेत्रको विकासका लागि बोलेरभन्दा पनि काम गरेर देखाउने […]

विभिन्न जिल्लाका प्रजिअसहित गृहका कर्मचारीको सरुवा

काठमाडौँ, कात्तिक ९ गते । गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रालको आजको निर्णयानुसार सहसचिव र प्रजिअ गरी ३६ कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको हो । मन्त्रालयले आज साँझ जारी गरेको सूचनामा कुल ३१ प्रमुख जिल्ला अधिकारी, एक प्रमुख अध्यागमन अधिकृत, दुई  सहसचिव र दुई महानिर्देशकको सरुवा […]

कुनै पनि माग वार्ता र संवादमार्फत् समाधान खोज्न गृह मन्त्रालयको अनुरोध

काठमाडौँ, कात्तिक ८ गते।  गृह मन्त्रालयले कुनै पनि माग वार्ता र संवादमार्फत समाधान खोज्न सबैमा अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले हाल सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समूहका नाममा धर्ना, जुलुस, विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रमहरू सार्वजनिक भएरहेको विषयमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सबैका जायज माग, चासो एवम् सरोकारलाई सम्बोधन […]

नेपाल संवतले भाइचाराको संस्कृतिलाई जीवन्त राखेको छः उपराष्ट्रपति

काठमाडौँ, कात्तिक ५ गते ।  उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल सम्वत् ११४६ ले काठमाडौँ उपत्यकाको नयाँ बहीखाता परम्परालाई मात्र नभइ, सिङ्गो नेपाली समाजमा सहिष्णुता, मेलमिलाप र भाइचाराको अनमोल संस्कृतिलाई जीवन्त राखेको बताउनुभएको छ । उपराष्ट्रपति यादवले नेपाल संवत् ११४६ को सुखद् आरम्भको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि […]

प्रधानमन्त्री कार्कीले आज सात राजनीतिक दलसँग छलफल गर्नुहुँदै

काठमाडौँ, कात्तिक ४ गते । प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राष्ट्रिय मान्यता प्राप्त सात राजनीतिक दल आज छलफल गर्दै हुनुहुन्छ । मङ्गलबार ४ बजे बालुवाटारमा आगामी फागनु ११ गते निर्धारित निर्वाचनका सम्बन्धमा प्रधानमन्त्रीले सात राजनीतिक दलसँग सम्वाद गर्न लाग्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिनुभयो । छलफलका लागि तत्कालीन संसदमा मान्यता प्राप्त सात […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल