alliance khabar

आइतबार, मंसिर ०७, २०८२

गुलरिया (बर्दिया), मङ्सिर ७ गते ।

जिल्ला निर्वाचन कार्यालय बर्दियामा नयाँ मतदाता थपिने क्रम जारी रहेको छ । जिल्लामा हालसम्म दुई हजार ४०८ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । हाल जिल्लामा थपिएका मतदाता अधिकांश युवापुस्ताका रहेका छन् । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रबाट सिधै मतदाता नामावलीमा दर्ता गर्न सकिने व्यवस्था गरेपछि आवेदन दिनेको सङ्ख्या बढेर पाँच हजार ३४६ पुगेको छ ।

गत असोज १० यता निर्वाचन कार्यालयमा गई मतदाता नामावलीमा तस्बिर खिचाउनेमा एक हजार ११७ महिला र एक हजार २९१ पुरुष रहेका छन् । निर्वाचन कार्यालय बर्दियाका सूचना अधिकारी अनुप ढकालले निर्वाचन कार्यालयमा आएर तस्बिर खिचाएका मतदाताको नामावलीमा नाम दर्ता भइसकेको र राष्ट्रिय परिचयपत्रबाट जोडिएका मतदाताको रुजु गर्न बाँकी रहेको बताउनुभयो । उहाँले रुजु गरेपछि वास्तविक तथ्याङ्क आउने पनि जानकारी दिनुभयो ।

निर्वाचन कार्यालय बर्दियाका प्रमुख लालबहादुर मल्लले राष्ट्रिय परिचयपत्रसँग जोडिएर मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रविधि ल्याएपछि कार्यालयमा भिड कम हुँदै गएको बताउनुभयो । बर्दियामा असोज १० भन्दा अगाडि बर्दिया जिल्लामा पुरुष एक लाख ५६ हजार ९५, महिला एक लाख ६१ हजार २३३ र अन्य छ जना गरी तीन लाख १७ हजार ३३४ जना मतदाता थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल