काठमाडौं, २०८२ असार ८ गते । नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध नेपाल कारखाना श्रमिक संघले श्रमिकहरूको न्यूनतम पारिश्रमिक तत्काल निर्धारण गर्न माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ। प्रत्येक दुई वर्षमा एकपटक वृद्धि हुने न्यूनतम पारिश्रमिक यो वर्षदेखि लागू हुनुपर्ने संघले जनाएको छ। २०८२ साउन १ गतेदेखि नयाँ दरमा न्यूनतम पारिश्रमिक लागू हुनु आवश्यक भए […]
काठमाडौँ, असार १० गते । नेपाल औषधी आयातकर्ता संघ (मियान)को अध्यक्ष पदमा पवन आचार्य निर्वाचित हुनुभएको छ । संघको आठौँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट आचार्यको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । यसअघि आचार्य संघको महासचिव पदमा कार्यरत हुनुहुन्थ्यो । यस्तै, अधिवेशनबाट संघको उपाध्यक्षमा पृथ्वीराज वैद्य र सुमन कयाल निर्वाचित हुनुभयो । […]
काठमाडौँ, असार ९ गते । सङ्घीय संसद्को दुवै सदनको बैठक सोमबार बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ । विनियोजन विधेयक, २०८२ अन्तर्गत, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपन्छी […]
काठमाडौँ, असार ८ गते । गिद्धे प्रेसले पत्रकार, अनुवादक दुई व्यक्तित्वलाई पुरस्कार प्रदान गरेको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा पत्रकार तथा अनुवादक श्याम प्रधानलाई अमर स्रष्टा सत्यमोहन जोशी राष्ट्रिय सिर्जना पुरस्कार र पत्रकार बिपी कोइरालालाई सोमनाथ घिमिरे राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरमा जन्मनुभएका संस्कृतिविद्, शताब्दी पुरुष […]
काठमाडौं, असार ५ गते । संघीय निजामती सेवा विधेयक २०८० मा समावेश गरिएको दुई वर्षे कुलिङ पिरियड (शीतकालीन अवधिको नियम) को प्रावधान हटाउन गरिएको चलखेलप्रति नेपाल ट्रेड युनियन कांग्रेस (NTUC) ले गम्भीर आपत्ति जनाएको छ। राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भई संघीय संसदमा पेश भएको सो विधेयकमा, कुनै निजामती वा सरकारी सेवाबाट राजीनामा दिएको […]
काठमाडौँ, असार ३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले आरोही कल्याणकारी कोष स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिनुभएको छ। ७२औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस–२०८२ को सफल पार्न सहयोग गर्ने संस्थाहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा मन्त्री पाण्डेले उक्त कुरा बताउनुभयो । उहाँले पर्यटनसम्बन्धी नयाँ ऐन राष्ट्रिय सभामा दर्ता भइसकेको जानकारी दिनुभयो। उक्त ऐनमा […]
काठमाडौँ, असार १ गते । प्रतिनिधि सभाको आजको बैठक सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा विरोध गरे पनि अवरोधका बिच बैठक सुरु भएको हो । प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले संसदको कारबाही सुरु गर्दा रास्वपा र राप्रपाका सांसदले उभिएर विरोध जनाएका छन् । सभामुख घिमिरेले नेपाली कांग्रेसका […]
काठमाडौं, जेठ २९ गते । नेपाली काँग्रेसका शीर्ष नेताहरूले शिक्षकहरूको तलब वृद्धि, सामाजिक सुरक्षा र शिक्षाको गुणस्तर सुधारका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीवार काठमाडौंमा सम्पन्न नेपाल शिक्षक संघको २४औं संघीय प्रतिनिधि सभामा सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा र महामन्त्री विश्वप्रकाश शर्माले सम्बोधन गर्दै शिक्षाको वर्तमान संकट, शिक्षकको अधिकार र सुधारको […]
काठमाडौँ, जेठ २९ गते । अबदेखि सेवानिवृत्त कर्मचारीले पनि आचारसंहिता पालना गर्नुपर्ने भएको छ । सेवाबाट अवकाश भएपछि कर्मचारीले आफूलाई स्वतन्त्र भएको महसुस गर्दै आए पनि सरकारले भने सेवानिवृत्त कर्मचारीलाई पनि निश्चित दायरामा बाँध्ने गरी व्यवस्था गर्न लागेको हो । मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा गत फागुन ५ गते बसेको सचिवस्तरीय बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका […]
काठमाडौँ, जेठ २९ गते । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि बिहीबार १० बजेबाट मतदान हुने भएको छ । मतदान विद्युतीय मेसिनबाट मतदान हुने छ । विद्युतीय मेसिनमा मतदाताको अन्तिम नामावली निकालेपछि मेसिनमा उम्मेदवारको नाम सेटिङ गर्नुपर्नेलगायत प्राविधिक कारणले मतदान ढिला भएको बताइएको छ । अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलले […]