काठमाडौँ, वैशाख १९ गते । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारी वर्गको काँधमा सार्वजनिक सेवा प्रवाहलाई छिटोछरितो, चुस्त र प्रभावकारी बनाएर मुलुकमा सुशासन कायम गराउनुपर्ने गहन जिम्मेवारी रहेको बताउनु भएको छ । नेपाल निजामती कर्मचारी युनियनको ३५औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सभापति देउवाले लोकतान्त्रिक परिवर्तनको भावना अनुरुप समय सापेक्ष रुपमा […]
काठमाडौँ, भदौ १९ गते । प्रतिनिधिसभाको बैठक बिहीबार अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने सम्भावित कार्यसूची रहेको छ । यसैगरी, सभामुखले ‘नेपाल पशु […]
काठमाडौँ, भदौ १८ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउनुहुने छ । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउनुहुने कार्यक्रम छ । यस्तै, प्रतिनिधिसभाका सचिव हर्कराज राईले ‘जलस्रोत विधेयक’ का […]
रेसुङ्गा(गुल्मी), भदौ १७ गते । जिल्ला समन्वय समिति गुल्मीले बर्सेनी वार्षिक प्रगती समीक्षा गर्ने गर्दछ । समीक्षामा जिल्लाका १२ स्थानीय तह, विकासे अड्डा, संस्थान र भूमि आयोगले समेत आफ्नो कार्यसम्पादनको अवस्था प्रस्तुत गरे । यो कार्यक्रम जिल्लाको सवैभन्दा महत्त्वपूर्ण भएपनि संघ र प्रदेशका सांसदहरुको प्राथमिकतामा कहिल्यै पर्दैन् । जिल्लाको समग्र विकास निर्माणको समीक्षा गरेर चालु […]
काठमाडौँ, भदौ १७ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्गठन निर्माणका लागि आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्न निर्देशन दिनुभएको छ । पार्टीको सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिनुभएको हो । अध्यक्ष प्रचण्डले पार्टीले पछिल्लो समय जनतामाझ विश्वास हासिल गरिरहेको र त्यसलाई सङ्गठनमा रूपान्तरण गर्न नसके दीर्घकालीन […]
थियानजिन (चीन), भदौ १७ गते । चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार बेइजिङ जाँदै हुनुुहुन्छ । चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ र उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । चीनका राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री ओलीको थियानजिनमा […]
काठमाडौं, भदौ १६ गते । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन आउन चार दिन बाँकी छ । भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनको तयारी करिव पूरा भएको केन्द्रीय कार्यालयका पदाधिकारीहरुको भनाइ छ । पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनका प्रतिनिधि र आयोजकको […]
थियानजिन (चीन),भदौ १६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै हुनुहुन्छ । चीनको थियानजिनस्थित चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा सोमबारबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधनको क्रम हुनेछ । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री […]
बागमती, भदौ १५ गते । बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ः०० बजे बस्दै छ । बैठकमा प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो । विषयगत समितिमा छलफलका क्रममा रहेको सो विधेयक समितिबाट टुङ्गिएर आएपछि प्रदेशसभा बैठकमा पेस हुने सम्भावित […]
काठमाडौं, भदौ १३ गते । गण्डकी प्रदेशसभाको मनाङ प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेशसभा क्षेत्र नं. २ मा उपनिर्वाचन मिति तोकिएको छ। निर्वाचन आयोगले शुक्रबार बसेको बैठकले सो क्षेत्रमा मिति २०८२ कात्तिक १७ गते सोमबारका दिन उपनिर्वाचन गर्ने निर्णय गरेको हो। सर्वोच्च अदालत, संवैधानिक इजलासको फैसला अनुसार प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) अयोग्य […]