हेटौँडा, कात्तिक ३ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उज्यालो पर्वले अन्धकार हटाई समृद्ध नेपाल निर्माण गर्न मद्दत गर्ने बताउनुभएको छ । दीपावली, नेपाल सम्वत् ११४६, भाइटिका, म्हँ पूजा र छठ पर्वको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले आसन्न उज्याला पर्वहरूले अन्धकारलाई हटाई सभ्य, सुन्दर, शान्त र समृद्ध नेपाल निर्माणको दिशामा अघि बढ्न […]
काठमाडौँ, कात्तिक ३ गते । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाल विविध जाति, भाषा, धर्म, संस्कृति र चाड–पर्वहरू भएको मुलुक भएको बताउनुभएको छ । नेपालीहरूको दोस्रो महान चाड तिहार तथा नेपाल सम्वतको नयाँ वर्ष ११४६ को सुखद् अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै कार्यवाहक सभापति खड्काले यस विविधता भित्र रहेको हाम्रो सद्भाव र सहिष्णुताले नै हाम्रो […]
काठमाडौँ, कात्तिक २ गते । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको जानकारी दिनुभएको छ । उहाँले शनिबार सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “तयारी अझै द्रुततर गतिमा अघि बढाइँदै छ । सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहौँ ।” प्रधानमन्त्री कार्कीले राष्ट्रपति रामचन्द्र […]
ललितपुर, कात्तिक १ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक १३ गतेसम्म स्थगित भएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री, नेपाल विद्यार्थी सङ्घका संस्थापक केन्द्रीय सदस्य एवं कांग्रेस बाराका पूर्वसभापति ऋषिकेश गौतमको ८४ वर्षको उमेरमा भएको निधनका कारण कात्तिक १३ गतेसम्म बैठक स्थगित गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी […]
काठमाडौँ, असोज ३० गते । नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई देशी–विदेशी प्रपञ्च भनेर टार्न नमिल्ने बताउनुभयो । पार्टी केन्द्रीय कमिटीको बिहीबार बसेको बैठकमा आफ्नो धारणा राख्दै पोखरेलले आन्दोलनको गम्भीर समीक्षा गरी नेतृत्व तहदेखि नै रूपान्तरणको आवश्यकता रहेको बताउनुभयो । उहाँले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकादेखि उच्च सरकारी निकायमा भएका […]
ललितपुर, असोज ३१ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि छलफल सुरु भएको छ । असोज २८ गते सभापति शेरबहादुर देउवाले सम्बोधन गरेपछि स्थगित केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार प्रस्तुत प्रस्तावमाथि छलफल प्रारम्भ भएको हो । बैठकलाई सम्बोधन गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउनुभयो । महामन्त्री […]
काठमाडौँ, असोज ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा विहिबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित जेनजी अभियान्तहरूसँगको छलफलमा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले युवा पुस्ताले चलाएको आन्दोलनले चाहेको देश साँच्चिकै भ्रष्टाचार, नातावाद, कृपावाद मुक्त होस्, […]
काठमाडौँ, असोज ३० गते। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री सुशीला कार्कीले जेनजीसँग वार्ता गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा भएको वार्तामा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी […]
काठमाडौँ, असोज ३० गते । नेकपा (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठकको आज पनि जारी छ । ललितपुरको जावालाखेलमा जारी उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्ना धारणा र सुझाव राखिरहनुभएको छ । पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बुधबार बसेको बैठकमा ५० केन्द्रीय सदस्यले आफ्ना […]
हेटौँडा, असोज ३० गते । जेनजी समूहको आन्दोलनका व्रmममा बागमती प्रदेशमा क्षति पुगेका आधा दर्जन मन्त्रालयले अन्य कार्यालयसँग शरण लिएर सेवा प्रारम्भ गरेका छन् । मन्त्रालयका महìवपूर्ण कागजात र संरचना जलेर बस्न नमिल्ने अवस्था आएपछि ती मन्त्रालयले अन्य मन्त्रालयका भवन तथा मातहतका निर्देशनालयका भवनबाट सेवा प्रवाह सुचारु गरेका हुन् । प्रदेशका १४ मन्त्रालयमध्ये छ वटा […]