काठमाडौँ, मङ्सिर ७ गते । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न गृहमन्त्री ओमप्रकाश अर्यालको सक्रियतामा तीन वटै सुरक्षा निकायका लागि आवश्यक सवारी साधनको खरिद अनुमति दिएसँगै प्रक्रियासमेत अघि बढेको छ। गृह मन्त्रालयको सक्रियतापछि अर्थ मन्त्रालयले पनि हालैको जेनजी प्रदर्शनपछि पूर्णरुपले आगजनीमा परेर ध्वस्त भएका अत्यावश्यक सवारी साधनको खरिद प्रक्रिया […]
चरीकोट, मङ्सिर ७ गते । नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनले बनाएको सरकारले जेनजी आन्दोलनका घाइते र मृतकको योगदानलाई खेर जान नदिने बताउनुभएको छ । मन्त्री खरेलले भदौ २३ र २४ गते भएको आन्दोलनको स्मरण गर्दै घाइते र मृतकको योगदान खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। आइतबार कालिन्चोक–८ सुनखानीमा कालिनाग माध्यामिक […]
फिदिम, मङ्सिर ७ गते। नेकपा (एमाले)को आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि जान पाँचथर जिल्लाबाट ३२ जनाको उम्मेद्वारी दर्ता भएको छ। एमाले पाँचथरले गठन गरेको निर्वाचन समितिमा आइबार उम्मेद्वारी दर्ता भएको हो। जिल्लाबाट खुलामा चार, महिलामा दुई, दलितमा एक र युवामा एक गरेर आठ जना प्रतिनिधि चयन हुने निर्वाचन अधिकृत जयप्रसाद केरुङले जानकारी दिनुभयो। जसमा […]
गुलरिया (बर्दिया), मङ्सिर ७ गते । जिल्ला निर्वाचन कार्यालय बर्दियामा नयाँ मतदाता थपिने क्रम जारी रहेको छ । जिल्लामा हालसम्म दुई हजार ४०८ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । हाल जिल्लामा थपिएका मतदाता अधिकांश युवापुस्ताका रहेका छन् । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रबाट सिधै मतदाता नामावलीमा दर्ता गर्न सकिने व्यवस्था गरेपछि आवेदन दिनेको सङ्ख्या बढेर पाँच हजार […]
काठमाडौँ, मङ्सिर ६ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज राजधानीमा प्रदर्शन र र्याली आयोजना गरेको छ । काठमाडौँकेन्द्रित जनसभाका लागि आज भृकुटीमण्डप र आसपासका क्षेत्रमा एमालेले प्रदर्शन गरेको हो । संविधान र लोकतन्त्रका लागि आयोजित जनसभा पार्टीको जनपरिचालनअन्तर्गतको अन्तिम चरणका रूपमा आयोजना गरिएको सो पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताउनुभयो […]
काठमाडौँ, मङ्सिर ६ गते । राष्ट्रिय जनमोर्चाले जेनजी आन्दोलन हुनुका पछाडिका कारणबारे १२ बुँदे अवधारणापत्र सार्वजनिक गरेको छ । शनिबार यहाँ सार्वजनिक अवधारणापत्रमा देशको राजनीति र आन्दोलनलाई समेत सही दिशा निर्देशन गर्नुपर्ने जिम्मेवारी आएको उल्लेख छ । “हामीले उपर्युक्त परिस्थितिमा सही दिशा निर्देशन गरेर देशलाई अगाडि बढाउनुपर्छ, अन्यथा देश अप्ठेरोमा पर्न सक्छ”, अवधारणापत्रमा भनिएको छ […]
ललितपुर, मङ्सिर ६ गते । नेपाली कांग्रेसले देशमा उत्पन्न वर्तमान अवस्थाको उचित राजनीतिक निकास निर्वाचन नै भएको निष्कर्ष निकाल्र्दै निर्वाचनमा भाग लिने निर्णय गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन नै वर्तमान राजनीतिक अवस्थाको उचित […]
काठमाडौँ, मङ्सिर ६ गते । आइतबार हुने पार्टी एकताका विषयमा छलफल गर्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को विशेष महाधिवेशन आयोजक समितिको पूर्ण बैठक बसेको छ । आज पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बसेको आयोजक समितिको पूर्ण बैठकमा पार्टीका संस्थापक अध्यक्ष डा बाबुराम भट्टराई, संयोजक दुर्गा सोबलगायत नेताहरूले बैठकमा सम्बोधन गर्नुभयो । आजको बैठकमा आइतबार हुने […]
काठमाडौँ, मङ्सिर ४ गते । जेनजी आन्दोलनको दुई महिना बितिसक्दा पनि केही घाइते अस्पतालमा उपचाररत छन् ।घाइते मध्येका बझाङका २० वर्षीय पारस बोहोरा र बाजुराका २१ वर्षीय साजन रोकाया वीर अस्पतालमा उपचाररत हुनुहुन्छ । वीर अस्पतालको सर्जिकल भवनको बेड नम्बर १९० मा उपचाररत बझाङका २० वर्षीय पारस बोहोरा केही महिना अघि कोरियन भाषा सिक्दै हुनुहुन्थ्यो । […]
मकवानपुर, मङ्सिर ४ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा सुशासन कायम गर्न प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ । हेटौँडामा बुधबार भएको प्रदेश सुशासन केन्द्र र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यव्रmममा उहाँले सुशासन कायम गर्ने कार्यमा पछि नहट्ने बताउनुभएको हो । पिएलजिएसपीको निर्देशक समितिको बैठकमा उहाँले सुशासन केन्द्रले स्थानीय तह, जिल्ला […]