तीन महिनाका लागि मधेश प्रदेश विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

काठमाडौँ, साउन  ८ गते।  सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेकोछ। सरकारको साउन ७ गते बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको हो। आज नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत जानकारी दिदै भन्नुभयो, “मधेशमा मौसमी संकटका […]

एकल बहुमत ल्याउन गाह्रो छः सभापति देउवा

धादिङ, साउन ८ गते।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो हुने बताउनुभएको छ। संविधानमा भएको समावेशी र समानुपातिक प्रणालीकै कारण कुनै पनि पार्टीले एकल बहुमत ल्याउन कठिन हुने उहाँको भनाइ छ। नेपाली कांग्रेस धादिङका पूर्वसभापति स्व भरतप्रसाद उप्रेतीको १३औँ दिनको तिथिमा धुनिवेशी नगरपालिका–७ नौबिसेमा आयोजित […]

युवा संघले बनायो फलामे खोलामा अस्थायी पुल

फिदिम, साउन ८ गते । नेकपा (एमाले) को जनबर्गीय संगठन राष्ट्रिय युवा संघका पदाधिकारी र सदस्यहरुले पाँचथरको याङवरक गाउँपालिका –२ र ३ लाई सिमाना छुट्याउने फलामे खोलामा काठ र बाँसको अस्थायी पुल निर्माण गरेका छन् । मध्यपहाडी राजमार्गमा पर्ने फलाम खोलामा निर्मित पक्की पुल २०८१ साल असार २ गतेको बाढीले बगाएको थियो । त्यसपछि पुलविहीन […]

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता

काठमाडौँ, साउन ८ गते ।  राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई  संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा  फिर्ता पठाउनु भएको छ । पाँच आधारसहित  विधेयक फिर्ता गरिएको छ । सो संशोधन संविधानको  मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास  प्रतिकूल भएकाले संविधानको धारा ११३ […]

पानीको समस्या देखिनुमा चुरे दोहन प्रमुख कारण

महेन्द्रनगर (धनुषा), साउन ७  गते । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले चुरे दोहन नरोकेसम्म चुरे संरक्षण हुन नसक्ने बताउनुभएको छ । आज नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिको कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले मधेशमा अहिले पानीको समस्या देखिनुमा चुरे दोहन प्रमुख कारण रहेकाले चुरे संरक्षणमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उपप्रधानमन्त्री सिंहले मधेशमा देखिएको […]

दक्षिण कोरियामा जन्मदरमा कीर्तिमानी वृद्धि

दक्षिण कोरियामा जन्म भएका नवजात शिशुको सङ्ख्या एक लाख छ हजार ४८ रहेको छ । यो देशको अघिल्लो बषैको सोही अवधिको तुलनामा ६.९ प्रतिशतले वृद्धि हो रसन् १९८१ मा तथ्याङ्क सङ्कलन सुरु भएयताको सबैभन्दा उच्च वृद्धि दर हो । सियोल, साउन ७ गते ।  दक्षिण कोरियाले सन् २०२५ को पहिलो पाँच महिनामा जन्मदरमा कीर्तिमानी वृद्धि […]

प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगन

काठमाडौँ, साउन  ७ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज सङ्घीय संसद्को प्रतिनिधिसभालाई हुने भनिएको सम्बोधन रोकिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाका अनुसार आज प्रतिनिधिसभाको बैठकलाई हुने भनिएको विशेष सम्बोधन अर्को दिनलाई सरेको छ । कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नउत्तर भने यथावत् रहेको उहाँले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकका १० निर्णय (सूचीसहित)

काठमाडौँ, साउन ७ गते ।  मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय बुधबार सार्वजनिक गर्नुभएको हो । सञ्चारमन्त्री गुरुङले नायबमहान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले २०८२/४/२ देखि लागू हुने गरी पेश […]

पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्कनु अनुचित

ललितपुर, साउन ७ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति राजनीतिमा आउनु उचित नहुने निष्कर्ष निकालेको छ । दुई दिनसम्म चलेको बैठकले राष्ट्रपति जस्तो राष्ट्रको अभिभावकीय पदमा पुगेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । “राष्ट्रपति पद राष्ट्रको अभिभावकीय भूमिका बोकेको […]

दूरदर्शी र देशभक्त नेता पुष्पलाल

काठमाडौँ, साउन ७ गते । समाजमा विभेद र अन्याय भइरहेको छ भने त्यसको प्रतिरोध गर्नुहोस् । विरोध गर्न सङ्गठित हुनुस् र अन्यायलाई परास्त गरी समाज परिवर्तन गर्नुस् । यसरी नै समाज र देश बदलिएका छन् । आधुनिक समाज निर्माण भएको छ : कार्ल माक्स । नेपाली कम्युनिस्ट आन्दोलनका पथप्रदर्शक, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ पनि कार्ल माक्र्सका […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल