alliance khabar

शुक्रबार, पुष ०४, २०८२

जनकपुरधाम, पुस ४ गते ।

 मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेशसभाको शुक्रबार बसेको बैठकबाट भारी बहुमतका साथ विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको आजको बैठकमा उपस्थित ९२ जना प्रदेशसभा सदस्यले प्रस्तावको पक्षमा मतदान गर्नुभएको हो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै १० वटा राजनीतिक दलले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका हुन् ।

आजको बैठकमा मुख्यमन्त्री यादवले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभामा प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलपछि बैठकको अध्यक्षता गर्नुभएका उपसभामुख बबिता कुमारी राउत ईश्वरले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । उपसभामुख ईश्वरले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दै हस्ताक्षरसहितको मतविभाजन गराउँदा प्रस्तावको पक्षमा ९२ मत परेको छ भने विपक्षमा शून्य मत परेको छ ।

मतविभाजन अघि बैठकको अध्यक्षता गर्नुभएका उपसभामुख ईश्वरले निर्वाचन प्रक्रियाबारे जानकारी दिँदै प्रस्तावको पक्षमा मतदान गर्ने प्रदेशसभा सदस्यलाई सभामुख आसनको दायाँतर्फ राखिएको वर्णानुक्रम अनुसारको नामावलीमा हस्ताक्षर गर्न, प्रस्तावको विपक्षमा मतदान गर्ने सदस्यलाई सभामुख आसनको बायाँपट्टि राखिएको वर्णानुक्रम अनुसारको नामावलीमा तथा तटस्थ रहने सदस्यलाई सभामुख आसनको पछाडिको कक्षमा राखिएको वर्णानुक्रम अनुसारको नामावलीमा हस्ताक्षर गर्न निर्देशन दिनुभएको थियो ।

विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा विभिन्न दलका प्रदेशसभा सदस्यहरूले मधेश प्रदेशको समृद्धि र विकासका साथै सुशासन कायम गर्न वर्तमान सरकार दृढ रहनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँहरूले विगतका सरकारले विकास निर्माण, सामाजिक न्याय र सुशासनका लागि गरेका अधिकांश कामलाई निरन्तरता दिन वर्तमान सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

छलफलका क्रममा उठेका विषयमा जवाफ दिँदै मुख्यमन्त्री यादवले सबैसँग समन्वय र सहयोग लिएर संविधानको अक्षरशः पालना गर्दै मधेश प्रदेशमा सुशासन कायम गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले आफ्नो नेतृत्वको सरकारले संघीयतालाई सुदृढ बनाउँदै जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल