उत्साहजनक व्यापार गर्दै ‘परान’

चितवन, कात्तिक २५ गते ।   एक वर्षपछि नेपाली चलचित्रले फेरि राम्रो व्यापार गर्न थालेको छ । गत वर्ष पूर्णबहादुरको सारङ्गी चलचित्रले राम्रो व्यापार गरेको चितवनमा यस वर्ष ‘परान’ चलचित्रले व्यापार वृद्धि गर्दै लगेको हो । नेपाली चलचित्रको इतिहासमा आक्रामक व्यापार गरेको पूर्णबहादुरको सारङ्गीकै गतिमा ‘परान’ चलचित्रले गति लिन थालेको हल सञ्चालकको भनाइ रहेको छ । […]

चलचित्र क्षेत्रको विकासका लागि नीतिगत पहल हुने

काठमाडौँ, कात्तिक २५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली चलचित्र क्षेत्रको समग्र विकासका लागि नीतिगत सुधारको पहल गर्ने बताउनुभएको छ । चलचित्र विकास बोर्डले सोमबार आयोजना गरेको ‘सांस्कृतिक रूपान्तरण पुरस्कार–२०८२’ समारोहमा मन्त्री खरेलले चलचित्रको विकास, विस्तार र दिगोपनाका साथै चलचित्रकर्मीको बृहत्तर हितमा मन्त्रालयले नीतिगत र संरचनागत सुधारका लागि काम गर्ने छ भन्नुभयो […]

घुमौं रुविभ्याली म्यूजिक भिडियो सार्वजनिक

काठमाडौँ, कात्तिक २४ गते ।  रुविभ्याली पदयात्रा मार्गको प्रवर्धन गर्ने उद्देश्यले निर्माण गरिएको म्यूजिक भिडियो घुमौं रुविभ्याली सार्वजनिक गरिएको छ । पर्वतीय क्षेत्रका मानिसलाई सहयोग गर्ने उद्देश्यले स्थापित हिमालयन कम्युनिटी प्रोजेक्ट (ट्रस्ट) ले यो गीत निर्माण गरेको हो । ट्रस्टको औपचारिक घोषणासँगै पहिलो प्रोजेक्टको रुपमा घुमौं रुविभ्याली म्यूजिक भिडियो निर्माण गरिएको ट्रस्टका अध्यक्ष रामप्रसाद सापकोटाले […]

हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा

काठमाडौँ, कात्तिक २० गते । अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’ निर्माण हुने भएको छ । सुशील पौडेलको लेखन तथा वसन्त निरौलाको निर्देशनमा तयार हुने उक्त चलचित्रको हालै मुहूर्त गर्दै निर्माण घोषणा गरिएको हो । उहाँले चलचित्रको नाम धार्मिक सुनिए पनि कथा सामाजिक विषयवस्तुमा निर्माण भएको जानकारी दिनुभयो। निर्देशक निरौलाले भन्नुभयो, “हामीले पाँच […]

दुर्व्यसनबाट सजग रहन नाटक

घोडाघोडी, कात्तिक १२ गते । लागुऔषध दुर्व्यसन समाजमा बढ्दै गएपछि कैलालीको सुखडमा राष्ट्रिय कलाकारद्वारा जनचेतनामूलक नाटक प्रस्तुत गरिएको छ । कलाकार सौगात ओझाद्वारा परिकल्पनामा ‘सङ्गतको फल’ नामक नाटक सार्वजनिक स्थलमा प्रदर्शन गरिएको हो । सुखडबजारको हेलिप्याड चौरमा प्रदर्शन गरिएको नाटकको मुख्य भूमिकामा सुरवीर पण्डित (दारी बा), सौगात ओझा र अछामी रेखा रहनुभएको छ । लागुऔषध […]

युगदेखि युगसम्म सार्वजनिक

काठमाडौँ, असोज २६ गते । महानायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक भएको छ । शनिबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा आयोजित एक कार्यक्रमबिच हमालसहित उहाँकी पत्नी मधु भट्टराई, उपन्यासकार बुद्धिसागर र लेखक यज्ञशले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएको हो । पुस्तकमा उहाँको जीवनयात्रा, चलचित्रसँग जोडिएका अनुभव, संस्मरण तथा सामाजिक र व्यक्तिगत विचार समेटिएका छन् […]

अनमोलसँग प्रेमिल आँचल

काठमाडौँ, असोज ७ गते । चलचित्र ‘जेरी अन टप’ मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । बडादसैँको घटस्थापनाको अवसरमा निर्माण ब्यानर अनन्या फिल्म्सले सोमबार ‘कस्तूरी’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेको हो । बुढासुब्बा डिजिटलबाट सार्वजनिक गीतमा अभिनेता अनमोल केसी र अभिनेतृ आँचल शर्माको अभिनय रहेको छ । मुस्ताङदेखि भारतको राजस्थानका विभिन्न रमणीय दृश्य भिडियोमा […]

अन्नपूर्ण पदमार्गमा ढकमक्क ‘पोथ्रे गुराँस’

बेनी (म्याग्दी),  भदौ १८ गते । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथमको आधार शिविर पदमार्गमा ढकमक्क फुलेका ‘पोथ्रे गुराँस’ले पर्यटकसहित जोकोहीलाई आकर्षित गरेको छ । हिमाल, तालतलैया, झरना र मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो पदमार्गअन्तर्गत हुमखोलादेखि सुनखोलासम्म ढकमक्क फुलेका पोथ्रे गुराँसले आधार शिविर जाने पर्यटकलाई स्वागत गरिरहेका छन् । जेठदेखि भदौसम्म यो पदमार्गमा पोथ्रे गुराँस ढकमक्क […]

मिस नेपालको उपाधि लुना लुइटेललाई

ललितपुर, भदौ १४ गते।  मिस नेपाल २०२५ को उपाधि लुना लुइटेलले जित्नुभएको छ। शनिबार ललितपुरको गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न ग्रान्ड फिनालेमा मिस नेपालको ३१ औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै लुना ‘मिस नेपाल वर्ल्ड’ बन्नुभएको हो। उहाँलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिनुभयो। मिस अर्थ सोनी घले बन्दा मिस नेपाल इन्टरनेसनको ताज उरूषा […]

‘महादशा’ निर्माणको घोषणा

काठमाडौँ, भदौ १३ गते । चलचित्र ‘महादशा’ निर्माणको घोषणा गरिएको छ । किरण नेपालीको निर्देशनमा बन्न लागेको चलचित्रको एक कार्यक्रमबिच घोषणा गरिएको हो । संस्कार, संस्कृति, अध्यात्मसँगै समाजमा विद्यमान रहस्यमय घटनामा चलचित्रको कथा आधारित रहेको जनाइएको छ । लेकाली इन्टरटेनमेन्टले निर्माण गर्न लागेको चलचित्रमा प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङ मुख्य भूमिकामा रहनुभएको छ […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल