‘कुन्नि कति खेर’ सार्वजनिक

काठमाडौँ, असार २० गते ।  नेपाली गायिका शिवानी भगत र भारतीय गायक देव अहिर रावको स्वरमा सजिएको नयाँ गीत ‘कुन्नि कति खेर’ सार्वजनिक भएको छ । आर्यतारा म्युजिकको प्रस्तुति रहेको गीतमा शब्द र सङ्गीत डा. सुरेश थपालियाको छ । मुम्बईको एट्मोस्फेयर स्टुडियोमा रेकर्ड गरिएको गीतमा सङ्गीत संयोजन देव अहिर रावले गर्नुभएको छ भने मिक्सिङ/मास्टरिङ अरविन्द सोनुको रहेको […]

सन्दिप न्यौपानेको “दिलमा सिङ्गो घर” सार्वजनिक

काठमाडौँ, असार ११ गते  । सांगितिक क्षेत्रमा पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल बहुचर्चित गायक सन्दिप न्यौपाने र सरिता कार्कीको आवाजमा रहेको “दिलमा सिङ्गो घर”  बोलको म्युजिक भिडियो सरिता कार्की युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। यस गीतको म्युजिक भिडियोमा लय र शब्द डि. आर सुजनको रहेको छ भने भिडियोलाई विमल छिनालले एरेन्ज गर्नु भएको […]

अभिनयमा युवा आकर्षण बढ्दो

घोराही, असार ९ गते । अभिनयमा रुचि राख्ने दाङ घोराहीकी वर्षा मगरले अभिनयको रहर पूरा गर्न म्युजिक भिडियोलाई माध्यम बनाउनुभयो । अभिनयसम्बन्धी कुनै तालिम वा शैक्षिक उपाधि नलिए पनि उहाँले मोडलिङ र म्युजिक भिडियोलाई भने निरन्तरता दिई रहनुभयो । यद्यपि उहाँमा अभिनयसम्बन्धी तालिम वा उपाधि हासिल गर्ने हुटहुटी भने थियो  । उहाँको त्यो चाहना घोराहीमा सञ्चालन भइरहेको […]

हराएको पहिचान खोज्दै कलाकार

काठमाडौँ, असार ५ गते  ।  बिदेसिनु रहर होइन, बाध्यता हो । कोही पारिवारिक कारणले त कोही आर्थिक अवस्था सुधार्न बिदेसिएका छन् । बिदेसिने रोग सर्वसाधारणमा मात्र होइन, नाम चलेका स्थापित कलाकारमा रहेको छ । चलचित्रमा खासै लोभलाग्दो सफलता पाउन नसकेपछि केही नेपाली कलाकार बिदेसिएका छन् । उनीहरूले अनेक व्यवसाय गरेर विदेशमा आफ्नो कर्म गरिरहेका छन् । यद्यपि उनीहरूमा चलचित्रप्रतिको हुटहुटीमा […]

काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’

काठमाडौँ,  असार ३ गते । काठमाडौँ उपत्यका नजिकै पर्ने तारकेश्वर नगरपालिका–३ स्थित योग गन्तव्यको साहसिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ । यहाँ ‘वनजङ्गल एडभेञ्चर’ स्थापना भएसँगै साहसिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको हो । पर्यटनमा पछिल्लो साहसिक पर्यटनमा रूचि राख्नेको आगमन बढ्दै गएको छ । यहाँ जिपलाइन, रकक्लाइमिङ र बञ्जीजम्प गर्न उपत्यका बाहिरका […]

पोखरा गुरुङ चलचित्रको उर्वरभूमि

कास्की, जेठ २८ गते । कला संस्कृतिको धनी पोखरा । त्यसमा पनि जनजाति समुदायको उल्लेख्य बसोबास भएको सहर । यहाँ समय समयमा जनजाति अनुहार एक्सन, कटको सेटमा भेटिन्छन् । यहाँ आदिवासी संस्कृति, कला, भाषा, संस्कार, गीत/सङ्गीतमा आधारित चलचित्र निर्माण हुने क्रम बढ्दो छ । महिनौँ जसो हलमा गुरुङ चलचित्रको च्यारिटो सो भइरहन्छन् । यसबाट पोखरालाई […]

चलचित्रमा उत्साहजनक व्यापार

काठमाडौँ, जेठ २२ गते । कुनै समय हलमा दर्शक खोज्नुपर्ने अवस्थाबाट गुज्रिएको नेपाली चलचित्र क्षेत्र पछिल्लो समयमा लोकप्रियताको उकालोतर्फ बढ्दै गएको देखिन्छ । चलचित्रको उल्लेखनीय व्यापार र हलमा दर्शकको उत्साहजनक उपस्थितिले यो लोकप्रियता अझै लम्बिने सम्भावना रहेको चलचित्रकर्मी बताउँछन । मौलिक कथावस्तु र नेपालीपन बोकेका चलचित्र यतिबेला दर्शकको पहिलो रोजाइँको चलचित्र बनेका छन् । गत […]

भोलीदेखि अन्नपूर्ण आरोहण हीरक जयन्ती

म्याग्दी, जेठ १६ गते । अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण भएको ७५ वर्ष पुगेको अवसरमा मनाउन लागिएको हीरक जयन्तीमा सहभागी हुन विदेशी पाहुनाहरू नेपाल आइपुगेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आधार शिविर अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा यही जेठ १७ गतेदेखि सुरु हुने हीरक जयन्तीमा सहभागी हुन प्रथम आरोही मौरिस […]

चलचित्रको सूची सार्वजनिक

काठमाडौँ, जेठ १४ गते ।  अमेरिकाको मेरिल्यान्डमा प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ प्रदर्शन हुने चलचित्रको सूची सार्वजनिक गरिएको छ । गत वर्ष बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा रहेको मीनबहादुर भामद्वारा निर्देशित ‘शाम्बाला’ गत वर्षकै भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको दीपक रौनियारद्वारा निर्देशित ‘पूजा सर (राजागञ्ज)’ र  अमेरिकाको नेपाली डायस्पोरामा बनेको […]

ज्येष्ठ नागरिकलाई रैथाने मनोरञ्जन

हुम्ला, जेठ १४ गते । ज्येष्ठ नागरिकलाई मनोरञ्जन दिन र जिल्लाका रैथाने मनोरञ्जनका विधिको संरक्षण गर्न जिल्ला कार्यक्रम आयोजना गरिएको छ । साथीसङ्गी र दौँतरीबिच भेटघाट हुन कठिन हुने उमेरमा रहनुभएका साठी वर्षमाथिका ज्येष्ठ नागरिकलाई एकै ठाउँमा भेला पारेर स्थानीय तहमा हुने कला, मनोरञ्जन प्रदर्शन गरिएको ज्येष्ठ नागरिक सङ्घ हुम्लाका अध्यक्ष अदानसिंह रावतले बताउनुभयो । […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल