alliance khabar

आइतबार, चैत्र ०८, २०८२

काठमाडौँ, चैत ८ गते ।

 नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को प्रिइभेन्ट अन्तर्गत ‘छोटो चलचित्र उत्सव’ आयोजना गरिएको छ । कार्यक्रममा निफका अघिल्ला संस्करणमा पुरस्कृत छोटा चलचित्रहरू ‘जुलुङ्गो’, ‘बेयर ट्री इन द मिस्ट’, ‘जुन्को’ र ‘चिसो घर’ देखाइएको थियो ।

कार्यक्रममा निफको तयारी अब अन्तिम चरणमा पुगेको अध्यक्ष केपी पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, प्रिइभेन्ट पनि सफलतापूर्वक सम्पन्न भयो । अब चैत १९ गतेबाट सुरु हुने महोत्सवका लागि तयार छौँ ।

यस संस्करणमा पाँचदिने एआई चलचित्र कार्यशाला पनि समावेश गरिएको अध्यक्ष पाठकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रीप्रोडक्सन, प्रोडक्सन र पोस्ट प्रोडक्सनमा एआईको प्रयोग कसरी गर्ने भन्ने विषय उजागर गर्न पाँच दिने कार्यशाला आयोजना हुने छन् ।”

यस पटक निफले ‘निफ फिचर पिच’ शीर्षकको कार्यक्रम पनि समावेश गरेको छ । जहाँ छोटा चलचित्र बनाएको अनुभव भएका लेखकले आफ्नो टेलिचलचित्रको कथा निर्मातालाई सुनाउने अवसर पाउने छन् । अध्यक्ष पाठकका अनुसार, ‘छोटा चलचित्र बनाएर वा त्यसमा अब्बल साबित भएका विशेष गरी युवा चलचित्र निर्माता लाभान्वित हुन् भन्ने उद्देश्यले उक्त कार्यक्रम समावेश गरिएको हो ।’ निफमा ४० देशका ८८ चलचित्र प्रदर्शन हुने छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ