काठमाडौँ, भदौ १९ गते। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुकको सञ्चालक संस्था मेटा दर्ताका लागि औपचारिक प्रक्रियामा नआएको बताएको छ। सञ्चार मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरले हालसम्म मेटा कम्पनी दर्ता प्रक्रियाका लागि औपचारिक रुपमा सम्पर्कमा नआएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “औपचारिकरुपमा सरकारको इमेलमा आएको भए वा त्यहाँ माग गरेको भए एउटा कुरा हुन्थ्यो। उहाँहरुलाई […]
फुङलिङ, भदौ १७ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपमा रहेको थाक्पाखोला लघु जलविद्युत आयोजनामा बाढीले क्षति पुर्याएको छ । सोमबार राति आएको बाढीले लेलेपमा रहेको ५० किलोवाट क्षमताको लघुजलविद्युतमा बाढीले क्षति पुर्याएको हो । गत असार अन्तिम सातामा आएको बाढीले क्षति पुर्याएको विद्युतको पुनर्निर्माण गरी सञ्चालनमा आएको दुई सातामै फेरि अवरुद्ध भएको छ । […]
सुर्खेत, भदौ १६ गते । कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइनको काम तिहारसम्ममा सम्पन्न गरेर सञ्चालनमा ल्याउन सङ्घ तथा प्रदेश सरकारले एकसाथ निर्देशन दिएका छन् । शनिबार विद्युत् प्रसारण लाइन अन्तर्गत सुर्खेतदेखि बाँकेको कोहलपुरसम्म बनेको विभिन्न संरचनाको स्थलगत निरीक्षण गर्न पुग्नुभएका कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र चिसापानीको एक छलफलमा पुगेका सङ्घका वन तथा वतावरणमन्त्री ऐनबहादुर […]
मकवानपुर, साउन २५ गते । मकवानपुुरको मकवानपुरगढी गाउँपालिका–१ स्थित बुँदुनेखोलामा बेलिब्रिज निर्माणसँगै हेटौँडा उपमहानगरपालिका र बकैया गाउँपालिकाका बासिन्दालाई आवागमनमा सहज भएको छ । गाउँपालिकाको बजेटमा तीन वर्षअघिबाट बुँदुनेखोलामा बेलिब्रिज निर्माण सुरु गरिएकोमा यो वर्ष मात्रै बेलिब्रिज जडान कार्य सम्पन्न भएको हो । मकवानपुरगढी गाउँपालिका–१ का वडाध्यक्ष आइतसिङ लोले तीन वर्षअघि पुल निर्माण गर्न जग, पिल्लरलगायतका […]
खोटाङ, साउन ११ गते । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले माइतीघर मण्डलामा सत्याग्रह सुरु गर्नुभएको छ । विभिन्न सात बुँदे माग राख्दै प्रमुख भट्टराईले साउन ११ गते (आइतबार) बिहानबाट सत्याग्रह सुरु गर्नुभएको हो । खेर गइरहेको बाँसबाट आर्थिक समृद्धि हुने निर्णय गर्न प्रमुख भट्टराईको विशेष माग रहेको छ । बाँस तथा बाँसजन्य […]
काठमाडौँ, साउन ११ गते । सुक्खाग्रस्त क्षेत्र घोषित मधेश प्रदेशमा सिँचाइ सुविधा पुर्याउन सकिने सुनकोशी–मरिण डाइभर्सन राष्ट्रिय बहुउद्देश्यीय आयोजनाको आवश्यकता यतिखेर पुष्टि भएको छ तर एक वर्षअघि नै आयोजनाको सुरुङ छिचोलिए पनि ठेकेदारको लापर्बाहीका कारण बाँध निर्माणले गति लिन सकेको छैन । पटेल–रमण (संयुक्त) ले बाँध निर्माणको ठेक्का लिएको हो । १४ अर्ब सात करोड ५९ लाख […]
रसुवा, साउन ११ गते । नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरुआत भएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्याएको थियो । चीन सरकारले आइतबारबाट पुल पुनर्निर्माण थालिनी गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनभयो । यसअघि शनिबार […]
म्याग्दी, साउन १० गते । म्याग्दीको मालिका गाउँपालिका ३ र ४ को सिमानामा पर्ने अदिभारास्थित दाजुङ खोलामा मोटरेबल पुल निर्माण भएको छ । पुल निर्माण भएसँगै गाउँपालिकाको २, ३ र ४ नम्बर वडाका साथै बागलुङको तमानखोला र ढोरपाटन नगरपालिकाका बासिन्दालाई आवतजावत गर्न सहज भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले चार करोड १० लाख ८३ […]
काठमाडौँ, साउन ७ गते । गत असार २४ को भीषण बाढीपहिरोले बगाएको नेपाल–चीन सिमानास्थित रसुवागढीको मितेरी पुललगायतका संरचनाको निर्माण सुरु भएको छ । रसुवागढीस्थित ल्हेन्देखोलामा बेलिब्रिज निर्माणको काम सुरु भइसकेको सडक विभागले जनाएको छ । विभागका प्रवक्ता प्रभातकुमार झाले नेपाल–चीन सीमास्थित मैत्री पुल रहेको ठाउँमा बेलिब्रिज तथा बाढीपहिरोबाट बगेका सडकलगायतका संरचनाको निर्माण कार्य सुरु भइसकेको जानकारी दिनुभयो । […]
काठमाडौँ, साउन ६ गते । पश्चिम सेती कोरिडोरमा जलविद्युत् आयोजना विकास र ४०० केभी प्रसारण लाइन निर्माणका लागि सोमबार पाँच विभिन्न संस्थाबिच समझदारी भएको छ । पश्चिम सेती कोरिडोर अन्तर्गतका जलविद्युत् आयोजना र प्रसारण पूर्वाधार निर्माणमा सहकार्य गर्ने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारी गर्ने कम्पनीमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड […]