काठमाडौँ चैत २३ गते । सरकारले पेट्रोलियम पदार्थको आयातलाई कम गर्न डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीयमा परिवर्तन गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय गरेको हो । पेट्रोलियम पदार्थको बढ्दो आयात कम गर्नुका साथै वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न सरकारले पुराना […]
बाजुरा, चैत १७ गते । बाजुराको गौमुल गाउँपालिका–३ स्थित अजयखोलामा निर्माण गरिएको झोलुङ्गे पुलले दुई बस्ती जोडिएसँगै दूरी पनि छोटिएको छ । माझपाली र धौलकाँडा बस्तीबीच खोलामा बनेको यो पुलले स्थानीयको आउजाउ सहज बनाएको छ । पुल नहुँदा एक बस्तीबाट अर्को बस्तीमा जान झन्डै एक घण्टाको पैदल यात्रा गर्नुपर्ने अवस्था थियो । त्यति मात्र होइन, […]
बाजुरा, चैत ११ गते । बाजुराको जडाङ्गा खोलामा रहेको बेलिब्रिज पुल दानसाँघु खोलामा स्थानान्तरण गरिने भएको छ । सरोकारवाला निकाय र स्थानीयबीच सहमति भएपछि उक्त पुल जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–२ स्थित दानसाँघु खोलामा सार्ने निर्णय गरिएको हो । बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहराले गत मंसिर ४ गते दानसाँघु खोलामा एक कार्यक्रमका बिच बेलिब्रिज […]
चितवन, चैत ५ गते । चितवनको मुग्लिङ–नारायणगढ सडकखण्डमा पहिरो जाने उच्च जोखिम भएका स्थानमा स्थायी रूपमा रोकथामको उपाय सुरु हुने भएको छ । बर्सातमा पहिरो गएर ५६ घण्टासम्म सडक अवरुद्ध भएपछि स्थायी रोकथामका लागि सडकदेखि संसद्सम्म दबाब बढेको थियो । सडक विभागको प्राविधिक टोलीले लामो समय अध्ययन गरेर यस सडकखण्डको ४३ स्थानमा पहिरो रोकथामका लागि […]
बागलुङ, फागुन १३ गते । विश्वबैंकको आर्थिक सहयोगमा बागलुङ नगरक्षेत्रका तीन सडक कालोपत्र गरिएको छ । बागलुङ नगरपालिका–१ को गणेश घुम्ती–निरयघाट, वडा नं. ४ को ओडारचौर–ढोडेनी र वडा नंं. ७ को मुलपानी–तितौरे जोड्ने सडक कालोपत्र गरिएको हो । विश्वबैंकको आर्थिक सहयोगमा बागलुङ नगरपालिकाले सहरी शासकीय क्षमता सुधार कार्यक्रममार्फत ती सडक स्तरोन्नतिसहित कालोपत्र गरेको हो । […]
काठमाडौँ, फागुन ५ गते । सङ्घीय राजधानी काठमाडौँसँग मधेश तथा कोशी प्रदेशलाई कम समय र खर्चमा जोड्ने छोटो दुरीको बनेपा–सिन्धुली–बर्दीबास (बिपी) राजमार्गका पुलका चौडाइ विस्तार गर्नेबारे अध्ययन सुरु भएको छ । राजमार्गमा पर्ने खहरे खोलामा पुल नहुँदा तथा भएको पुल पनि एक (सिङ्गल) लेनको हुँदा प्रायः पुलमा सवारीसाधन जाम हुने, सामान्य वर्षामा पनि सडक अवरुद्ध […]
काठमाडौँ, फागुन ५ गते । काठमाडौँ उपत्यकाको सडक व्यवस्थापनको मुख्य समस्याका रूपमा रहेको कोटेश्वरको ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यसहित सो ठाउँमा भौतिक संरचना निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढाउन आवश्यक तयारी सुरु गरिएको छ । भौतिक संरचना निर्माणको लागत अनुमान तयारी गर्न समिति बनाएर काम सुरु गरिएको हो । कोटेश्वर चोक सुधार आयोजना नाम दिएर त्यहाँ […]
खोटाङ, फागुन ४ गते । जिल्ला सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने छोटो बाटोमा अवरोधका रूपमा रहेको महभिर फोड्ने सुरु भएको छ । महभिरमा ठुलो चट्टान भएकाले हालसम्म सडक जोड्न सकिएको छैन । उक्त चट्टान फोडेर सडक जोड्नका लागि कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बजेट विनियोजन भएर ठेक्का लागेपछि काम सुरु भएको हो । मन्त्रालयका निवर्तमानमन्त्री भूपेन्द्र राईका […]
मध्यविन्दु , माघ १७ गते । नवलपुरको कावासोती नगरपालिकाका सामुदायिक विद्यालयमा संगीत कक्षा सञ्चालनमा ल्याइएको छ । संगीत सीप प्रदान गर्ने र विद्यार्थीलाई मोबाइल स्क्रिनबाट टाढा राख्ने उद्देश्यले कावासोती नगरपालिकाले संगीत कक्षा सञ्चालनमा ल्याएको हो । चालु आर्थिक वर्षबाट संगीत कक्षा सञ्चालन गर्नेगरी शिक्षा युवा तथा खेलकुद शाखाले कार्यविधि नै निर्माण गरेर शिक्षक नियुक्तिको प्रकृया […]
बाजुरा, माघ ३ गते । बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाको दानसाँगु खोलामा बेलिब्रिज पुल निर्माणको काम तीव्र पारिएको छ । मार्तडी–कोल्टी सडक खण्ड कोल्टीसम्म पुगेको करिब २० वर्षपछि दानसाँगु खोलामा बल्ल बेलिब्रिज पुल निर्माण हुन थालेको हो । लामो समय पुल नहुँदा वर्षायाममा कोल्टीतर्फ चल्ने सवारी साधनलाई आउजाउमा समस्या हुँदै आएको थियो । हाल […]