प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो

चितवन, ३० वैशाखः चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५ वटा घडियाल गोही राप्ती नदीमा छाडिएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार प्राकृतिक वासस्थानमा बाँच्ने र हुर्कने दर कम भएकोले घडियाल गोहीको संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले प्रजनन केन्द्रमा गोही हुर्काउने गरिएको छ । केन्द्रमा हुर्काइएको गोहीलाई नदीमा छाड्ने गरिएको उहाँले […]

संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन

सिन्धुपाल्चोक, ३० वैशाखः संसद्को पूर्वाधार विकास समितिअन्तर्गतको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको अनुगमन गरेको छ । आयोजनाका बारेमा विभिन्न कोणबाट टिप्पणी आइरहेको बेला संसदीय समितिले त्यसको ‘हेडवक्र्स’लगायत संरचनाको स्थगलत अनुगमन गरेको हो । उपसमिति संयोजक प्रतिनिधिसभा सदस्य उर्मिला माझीको नेतृत्वको टोलीले आयोजनाको हेडवक्र्स र अन्य संरचनाको स्थलगत निरीक्षण गरी आयोजनालाई सुझाव पनि […]

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, ३० वैशाख: हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म रहेको निम्नचापीय क्षेत्रको पनि प्रभाव रहेको बताएको छ । विभागका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा […]

मातृभूमिको विकास गर्न योगदान गर्न आह्वान

काठमाडौँ, ३० वैशाखः सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्काले आफ्नो मातृभूमिको सामाजिक, आर्थिक विकासका निम्ति योगदान गर्न जर्मनीमा रहेका नेपालीलाई आह्वान गर्नुभएको छ । शनिबार बर्लनीमा सम्पन्न ‘दोस्रो नेपाली व्यवसाीहरूको सम्मेलन’मा उहाँले जर्मनीमा विभिन्न पेसा–व्यवसायमा संलग्न नेपालीलाई मातृभूमिको विकासमा योगदान गर्न आह्वान गर्नुभएको बर्लनीस्थित नेपाली राजदूतावासले आज जनाएको छ । राजदूत खड्काले नेपालमा […]

आँप छान्दा अलमल भयो ? यी कुरामा विचार पुर्‍याउनुस्

अहिले आँपको मौसम हो । बजारमा जताततै आँप किन्न पाइन्छ । पाकेको आँप खान नरुचाउने मानिस विरलै भेटिन्छन् । खान स्वादिलो हुनुका साथै आँपमा प्रशस्त प्रोटिन, भिटामिन, कार्वोहाइड्रेट पाइन्छ । यसका अतिरिक्त आँपमा हुने एन्टी अक्सिडेन्ट तत्वले छालालाई नरम तथा आकर्षक बनाउन मद्दत गर्छ । यो पोषिलो तथा गुनिलो भएकै कारणले यसलाई फलफुलको राजा पनि […]

रासायनिक पदार्थ हालेर पकाइएको आँप चिन्ने ६ तरिका

मीठो र रसिलो आँप मन नपराउने सायदै होलान् । तर आँपलाई छिटो पकाउन र रसिलो बनाउन धेरै रसायनको प्रयोग गरिने कुरा बेलाबेलामा सुनिन्छ । रसायन र कीटनाशकहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् । त्यसैले रसायन प्रयोग गरेर पकाएको आँपले पनि स्वास्थ्यमा असर गर्छ । यस्तो अवस्थामा आँप किन्दा केमिकलमुक्त आँपको पहिचान गर्नु जरुरी हुन्छ । किनभने […]

रातो मासुभन्दा सेतो मासु खानु किन राम्रो ?

सामान्यतया रातो मासुभन्दा सेतो मासु तुलनात्मक रुपमा स्वास्थ्यवर्द्धक मानिन्छ । चिकित्सक तथा पोषणविद्ले सेतो मासु नै खान सुझाइरहेका हुन्छन् । मासु प्रोटिनको मुख्य स्रोत पनि हो । किन रातो मासु भन्दा सेतो मासु राम्रो त ? पोषणविद् उमा कोइरालाका अनुसार सेतो मासुमा रातो मासुमा भन्दा बोसो, प्रोटिन र कम क्यालोरी हुन्छ । साथै ओमेगा–३ र […]

मासु कति खाने ?

मासुलाई प्रोटिनको राम्रो स्रोतको रूपमा मानिन्छ । मासुबाट प्राप्त हुने प्रोटिनमा बढी ‘बायोलोजिकल भ्यालु’ हुन्छ । यसको अर्थ मासुमा भएको प्रोटिनलाई शरीरले बढी सोस्न र प्रयोग गर्न सक्छ । सही ढंगले सही मात्रामा मासु खाने हो भने त्यसले शरीरलाई फाइदा गर्छ । तर सही किसिमको मासु छनोट गर्न, भण्डारण गर्न, पकाउन र खान जानिंदैन भने […]

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईले मासंपेशी बलियो बनाउने, रगत पातलो बनाउने काम गर्छ । साथै यसले एन्टिअक्सिडेन्टका रुपमा पनि काम गर्छ । रोगप्रतिरोधक क्षमतालाई बलियो बनाउन र शरीरमा हुने विभिन्न एलर्जीबाट जोगाउन पनि यसको महत्वपूर्ण भूमिका हुन्छ । साथै रगतमा खराब कोलेस्टेरोल बढ्न नदिई राम्रो कोलस्टेरोललाई नियन्त्रणमा राख्न मद्दत गर्छ । त्यसैले मानव शरीरका लागि यो भिटामिन अत्यन्त […]

भिटामिनले शरीरमा के काम गर्छ ?

शरीरलाई स्वस्थ राख्न चाहिने ६ प्रकारका तत्वमध्ये एक हो, भिटामिन । शरीरलाई आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, बोसो (चिल्लो पदार्थ), पानी र मिनरल (खनिज) तत्व जस्तै भिटामिन पनि एक हो । शरीरलाई स्वस्थ राख्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन र मस्तिष्कलाई सक्रिय बनाई सकारात्मक सोच र क्षमता बढाउन भिटामिनको भूमिका हुन्छ । भिटामिन बोसोमा घुल्ने र पानीमा घुल्ने […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ