काठमाडौँ, असोज ६ गते । हिन्दुहरुको महान् चाड बडा दसैँ आज (सोमबार)बाट सुरु भएको छ । यस अवसरमा सोमबार काठमाडौँको हनुमानढोकास्थित दसैँ घरमा विधिवत् रुपमा जमरा राखिएको छ । आज बिहान ९ः१३ मिनेटको शुभसाइतमा दसैँ घरमा जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मङ्गल धून बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ […]
काठमाडौँ, असोज ५ गते । रुसको गणराज्य काल्मिकियामा सञ्चालन भइरहेको प्रथम बुद्धिस्ट चेस प्रतियोगिता अन्तर्गत र्यापिड १५ मिनेट १० सेकेन्ड इनक्रिजमेन्टका खेल सम्पन्न भएका छन् । बुद्धिस्ट राष्ट्रबिच आमन्त्रित अन्तर्राष्ट्रिय चेस प्रतियोगिता नौ टिमका खेलाडीले व्यक्तिगत प्रतिस्पर्धाको आधारमा राष्ट्रको प्रतिनिधि गरेका छन् । प्रतियोगितामा आयोजक क्याल्मिकिया २०.५ अङ्कसहित पहिलो भएको छ । रसियाकै बुयाटिया टिमले […]
काठमाडौँ, असोज ५ गते । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गरेको छ । सरकारले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा गर्दै सिलवाललाई जिम्मेवारी दिएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । शाक्य जल तथा ऊर्जा आयोगमा सरुवा हुनुभएको छ । गत चैत ११ मा तत्कालीन मन्त्रिपरिषद्ले प्राधिकरणका कार्यकारी निर्देशक […]
काठमाडौँ, असोज ५ गते । सरकारले जेनजी प्रदर्शनको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्व अध्यक्ष एवं पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय अयोग गठन गरेको हो । आयोग सदस्यमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनका विज्ञ विश्वेश्वरराज भण्डारी […]
काठमाडौँ, असोज ५ गते। नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले मौजुदा केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको छ। पेरिसडाँडास्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा आइतबार दिउँसो बसेको बैठकले सो निर्णय गरेको हो । माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान परिस्थितिबारे विस्तार गर्नुभएको जानकारी दिनुभयो। […]
काठमाडौँ, असोज ५ गते । २०८२ भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली कांग्रेसका ४८ जिल्ला कार्यालयमा क्षति भएको सो पार्टीले जनाएको छ । प्रदर्शनकारीले पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित उपसभापति, महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्य, प्रदेश सभापतिलगायत नेताहरुका ९५ निवासमा आगजनी, तोडफोड, लुटपाट भएको कांग्रेसले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ […]
काठमाडौं, असोज ५ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पेस गरेको ३५औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा १९ हजार ९३३ वटा उजुरी स्थानीय तहसँग सम्बन्धित रहेका छन्। तीमध्ये १० वटा स्थानीय तहमा मात्रै उल्लेख्य संख्यामा उजुरी परेको छ। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, सबैभन्दा बढी उजुरी पोखरा महानगरपालिका कास्कीमा परेका छन्। आयोगको तथ्याङ्कअनुसार पोखरामा ४१३ वटा […]
राजविराज, असोज ४ गते । एक समय भरतकुमार यादव इँटाभट्टा सञ्चालन गर्नुहुन्थ्यो । त्यसमा घाटा भएपछि उहाँ निराश बन्नुभयो । तर जीवनको बाटो यहीँ सकिएन । सप्तरीको डाक्नेश्वरी नगरपालिका–९, लक्षणपट्टिका यादवले इँटाभट्टाको विकल्प खोज्दै व्यावसायिक माछापालनमा पाइला चाल्नुभयो । आज उहाँ सप्तरीको शम्भुनाथ नगरपालिका–४, सखुवामा स्थापित “शम्भुनाथ माछा फर्म“ का सफल सञ्चालक मात्र होइन, माछा […]
काठमाडौँ, असोज ४ गते। सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा गरेको छ। सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्षका लागि आज नौ अर्ब ८० करोड निकासा गरेको अर्थमन्त्रालयले जनाएको छ। “चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा ब्याज अनुदान प्रयोजनका लागि दोस्रो त्रैमासिक अवधिमा विनियोजन […]
काठमाडौँ (गोरखापत्र), असोज ४ गते । चलचित्र ‘माइतीघर’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रले तामाङ समुदायको संस्कृति र कथालाई विशेष रूपमा प्रस्तुत गरेको छ । ट्रेलरमा त्रिकोणात्मक प्रेम सम्बन्ध, पारिवारिक तथा सामाजिक अवरोधलाई मुख्य विषय बनाइएको छ । मिलन तामाङले निर्देशन गर्नुभएको चलचित्रमा रविन शेरचन र धीरज तामाङको लगानी रहेको छ । ईश्वर श्रेष्ठ […]