सिरहा, कात्तिक ९ गते । सिरहाको लहान नगरपालिका–१५ का तीनवटा कृषक समूहका गरी ६३ किसान परिवारलाई विषादीरहित तरकारीखेती प्रवर्द्धनका लागि रु दुई लाख मूल्य बराबरका कृषि सामग्री प्रदान गरिएको छ । लहान नगरपालिका, राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल, सामुदायिक वन उपभोक्ता महासङ्घको सहकार्य तथा केयर नेपाल र जेओएको आर्थिक सहयोगमा सञ्चालित संरक्षण परियोजनाअन्तर्गत उक्त सामग्री […]
काठमाडौँ, कात्तिक ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी नियन्त्रणमा लाग्न समाजका सबै वर्गमा अनुरोध गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज दिनुभएको भिडियो सन्देशमा देशका केही जिल्लामा डेङ्गीको प्रभाव कायम रहेकाले त्यसको नियन्त्रणमा लाग्न सबैमा अनुरोध गर्नुभएको हो । प्रधानमन्त्रीले हरेक शुक्रबार बिहान १०:०० बजे ‘खोज र नष्ट गर’ अभियान देशव्यापी रूपमा सञ्चालन गर्न […]
तम्घास, कात्तिक ९ गते । जिल्ला प्रशासन कार्यालय गुल्मीमा राहदानी बनाउनेको भिड लागेपछि एक दिनअगावै टोकन वितरण गरिएको छ । दसैँ सकिएसँगै राहदानी बनाउनेको भिड लागेपछि भिडलाई कम गर्न एक दिनअगावै टोकन वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो । बिहीबारका लागि बुधबार नै १३० जनाका लागि टोकन वितरण गरिएको थियो । बिहीबार बिहान ७ […]
इनरुवा (सुनसरी), कात्तिक ९ गते । जिल्ला प्रहरी कार्यालयले चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जनालाई पक्राउ गरेको छ । उक्त कार्यालयका अनुसार धनकुटाको छथर जोरपाटी–२ की १६ वर्षीया एक किशोरी, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुर बेलका नगरपालिका–९ का ४३ वर्षीय दीपक दर्जी, ४२ वर्षीय बद्रीविक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका–१२ का २० वर्षीय […]
अर्घाखाँची, कात्तिक ९ गते । शीतगङ्गा नगरपालिकाले प्लास्टिकका माला बिक्रीमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले तिहारमा प्लास्टिकका माला बेच्न नपाइने निर्णय गरेको हो । नगरपालिकाका योजना शाखा प्रमुख नुमलाल खनालका अनुसार स्थानीय फूलको उपयोग बढाउन तथा प्लास्टिकजन्य फूल आयात निरुत्साहित गर्ने उद्देश्यले उक्त निर्णय भएको हो । नगरपालिकाले उक्त निर्णय कार्यान्वयन गर्न सबै वडा कार्यालय, […]
कालीकोट, कात्तिक ९ गते । कालीकोट जिल्लाको तिलागुफा नगरपालिकाले विविध शीर्षकमा ३० लाख खर्च गरेको पाइएको छ । हालै सार्वजनिक महालेखा परीक्षकको प्रतिवेदनमा तिलागुफा नगरपालिकाले विविध खर्चमा ३० लाख २७ हजार ९७२ रुपियाँ खर्च गरेको उल्लेख छ । नगरपालिकाले अनुगमन तथा भ्रमण खर्च मात्र ३३ लाख ८८ हजार ५१७ रुपियाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ […]
सुर्खेत, कात्तिक ९ गते । पश्चिम सुर्खेतको चौकुनेमा पर्यटन प्रवर्धनका लागि बृहत् ताल निर्माण गर्न लागिएको छ । गाउँपालिका–६ र ७ को सिमानामा ताल निर्माण गर्न लागिएको हो । गत आर्थिक वर्षदेखि ठेक्का सम्झौता गरेर चार हेक्टर क्षेत्रफलमा बृहत् ताल निर्माण सुरु गरिएको जनाइएको छ । ताल संरक्षण, बाँध तथा नहर निर्माणका लागि ठेक्का सम्झौता […]
लेखनाथ, कात्तिक ९ गते । पोखराको सूर्यदर्शन सहकारीमा भएको ठगीबारे अनुसन्धान जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गरेको आन्दोलनका कारण सहकारीपीडितहरू त्रसित बनेका छन् । देशैभरबाट नेता, कार्यकर्ता आएर पोखरामा लगातार प्रदर्शन गरेपछि उनीहरूलाई अनुसन्धान प्रभावित हुने र बचत फिर्ता नपाइने हो कि भन्ने चिन्ता बढेको छ । त्यति मात्र होइन रास्वपा नेता, कार्यकर्ताले […]
काठमाडौँ, कात्तिक ८ गते : विश्व बैङ्कद्वारा नेपाल सरकारलाई विपद् व्यवस्थापनका लागि तत्काल सुविधा (क्याट्रोस्ट्रोपि ड्र–डाउन) अन्तर्गत १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। विश्व बैङ्क समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुनुभएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा आज बैङ्कको केन्द्रीय कार्यालयमा अर्थ सचिव डा रामप्रसाद […]
धनगढी, कात्तिक ८ गते । धनगढी उपमहानगरपालिकाले धनगढीका खोलामा भएको अतिक्रमण हटाउने तयारी गरेको छ । पानीको प्राकृतिक बहाव नै रोक्ने गरी विभिन्न ठाउँमा व्यक्तिले अतिक्रमण गरेर संरचना बनाएपछि धनगढी उपमहानगरपालिकाले सो हटाउने तयारी गरेको हो । वडा नम्बर १ देखि ८ र वडा नम्बर १३ का खोलानालामा बढी अतिक्रमण भएको छ । ती सबै […]