alliance khabar

शुक्रबार, कार्तिक ०९, २०८१

सुर्खेत, कात्तिक ९ गते ।

 पश्चिम सुर्खेतको चौकुनेमा पर्यटन प्रवर्धनका लागि बृहत् ताल निर्माण गर्न लागिएको छ । गाउँपालिका–६ र ७ को सिमानामा ताल निर्माण गर्न लागिएको हो । गत आर्थिक वर्षदेखि ठेक्का सम्झौता गरेर चार हेक्टर क्षेत्रफलमा बृहत् ताल निर्माण सुरु गरिएको जनाइएको छ ।

ताल संरक्षण, बाँध तथा नहर निर्माणका लागि ठेक्का सम्झौता गरी काम अघि बढाइएको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । १६ करोड ६७ लाख रुपियाँको बजेटमा खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेत र एप्लाइट इन्जिनियरिङ प्रालि ललितपुरबिच  २०८१ जेठ १६ गते ठेक्का सम्झौता गरिएको हो । सम्झौता अनुसार २०८३ असार मसान्तसम्म बाँध तथा नहर निर्माणको काम सम्पन्न गर्नुपर्ने छ । यहाँ ताल निर्माण गरी पर्यटकीय क्रियाकलाप सुरु गर्ने लक्ष्य अनुरूप ताल निर्माणको काम थालिएको निर्देशनालयले जनाएको छ । जुम्ल्याहा मूल ताललाई पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास गर्ने सोचसहित ताल निर्माण सुरु गरिएको निर्देशनालयका निर्देशक श्रीधर भट्टराईले बताउनुभयो । उहाँका अनुसार बहुवर्षीय ठेक्का सम्झौता गरेर काम अघि बढाइएको छ । चार हेक्टर क्षेत्रमा ताल निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।

जग्गा प्राप्तिका लागि गाउँपालिकाले समेत पहल थालेको छ । स्थानीयको ३५ रोपनी जग्गा ताल निर्माणका क्रममा प्रभावित हुने भएकाले उचित मुआब्जा उपलब्ध गराएर ताल निर्माण गर्न लागिएको चौकुने गाउँपालिकाले जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनका लागि ताल निर्माण गर्न लागेको गाउँपालिकाका अध्यक्ष खड्क विकले बताउनुभयो ।

ताल निर्माणका लागि गाउँपालिकाले समन्वयको काम गरिरहेको उहाँको भनाइ छ । तालको वरिपरि फुटपाथ, उद्यान, विभिन्न पर्यटकीय संरचना र प्राकृतिक सौन्दर्यका लागि काम गर्ने योजना रहेको अध्यक्ष विकले जानकारी दिनुभयो ।

ताल निर्माण योजना अन्तर्गत लिफ्ट सिँचाइ आयोजना निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । हालसम्म लिफ्ट सिँचाइ निर्माणको ९७ प्रतिशत काम सकिएको ऊर्जा विकास निर्देशनालयले जनाएको छ । २०८१ जेठ १६ गते ठेक्का सम्झौता गरी लिफ्ट सिँचाइ निर्माणको काम सुरु गरिएको थियो । २०८२ असारसम्म काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । निर्माण अवधिअगावै निर्माणको काम सम्पन्न हुने निर्देशक भट्टराईले बताउनुभयो ।

तीन करोड ६० लाख लागतमा लिफ्ट सिँचाइ आयोजना निर्माण गर्न लागिएको हो । ३० हेक्टर क्षेत्रफलमा सिँचाइ पु¥याउने लक्ष्य अनुरूप आयोजना निर्माण गर्न लागिएको छ । उक्त आयोजना अन्तिम चरणमा पुगेपछि यहाँका किसान हर्षित भएका छन् । आयोजना निर्माणपछि व्यावसायिक तरकारी खेती गर्न कृषकलाई सहज हुने छ । ६० मिटर उचाइबाट पानी खसालिने छ । तीन वटा भण्डारण ट्याङ्की निर्माण गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल