काठमाडौँ, असार ३१ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३० वटा व्यापारिक फर्मलाई अनलाइन व्यापारको स्वीकृति दिएको छ । विभागका अनुसार अनलाइनको माध्यमबाट व्यापार गर्ने ३१५ वटा फर्मको आवेदन परेकोमा सबै प्रक्रिया पूरा गरेका ३० वटाले मात्रै अनलाइन व्यापार गर्ने स्वीकृत प्राप्त गरेका हुन् । विभागका निर्देशक भरतप्रसाद आचार्यले विभागमा आवेदन आएका कतिपयको […]
काठमाडौँ, असार ३१ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ २८ पैसा र बिक्रीदर १३७ रुपियाँ ८८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ५६ पैसा र बिक्रीदर १६१ रुपियाँ २६ पैसा, युके पाउण्डस्ट्रलिङ […]
काठमाडौँ, असार ३१ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मङ्गलबार दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका […]
काठमाडौँ, असार ३१ गते । १२ मिनेटको वर्षाले नै बिपी राजमार्ग १२ घण्टा रोकिन थालेको छ । नेपालकै नमुना र व्यवस्थित सडक परियोजना मानिएको बिपी राजमार्गको मङ्गलटार सडकखण्डमा लेदो बाढीको समस्याले दुःख दिन थालेको हो । हल्का वर्षा हुन थालेपछि माथिल्लो भेगबाट आउने लेदोले सडक अवरुद्ध पार्ने गरेको छ । यस वर्षको पहिलो झरीमै परेको […]
काठमाडौँ, असार ३१ गते । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक मङ्गलबार दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) […]
काठमाडौँ, असार ३१ गते । अध्ययनका लागि हरेक वर्ष लाखौँ नेपाली बिदेसिने गरे पनि विदेशबाट अध्ययनका लागि नेपाल आउनेहरू भने नगन्य मात्रामा छन् । मुलुकलाई शैक्षिक गन्तव्यस्थल (हब) बनाउन सकिने विषयमा सरकारी तथा गैरसरकारी संस्थाले समेत बारम्बार बताउने गरेको भए पनि व्यवहारमा देखिएको छैन । पछिल्लो समय त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले समेत आफ्नो कार्यकालका […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक कार्यमा सम्मान र प्रतिष्ठा प्राप्त हुने दिन हो । मनमा धार्मिक वा आध्यात्मिक विषय प्रति आकर्षण बढ्नेछ । प्रेम र पारिवारिक सम्बन्धमा मिठास आउनेछ । मेहनत अनुसार परिणाम पाइनेछ, परिश्रम नगरी भाग्यमा मात्र भरोसा राख्नु हुदैन । वृष (इ, उ, ए, ओ, बा, बि, […]
रेसुङ्गा, असार ३० गते । गुल्मीको रुरुक्षेत्र गाउँपालिका स्मार्ट बोर्ड खरिदको विषयले विवादमा फसेको छ । विद्यालयमा स्मार्ट बोर्ड खरिदको विषयमा अनियमितताको आशङ्का गर्दै सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रमहरूमा आलोचना हुँदै आएको थियो । सोमबार सोही विषयलाई लिएर गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतमको नेतृत्वमा २८ जना जनप्रतिनिधिको हस्ताक्षर सहित ज्ञापन पत्र बुझाएका छन् । यो विषयको […]
मकवानपुरगढी, असार ३० गते । बागमती प्रदेशमा हालसम्म ७६.४८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय बागमती प्रदेशका अनुसार आइतबारसम्ममा बागमती प्रदेशमा ७६.४८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ जुन गत वर्षको यही अवधिको तुलनामा ६ दशमलव ५४ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिसम्म ७० दशमलव ६ प्रतिशत रोपाइँ सक्किएको […]
काठमाडौँ, असार ३० गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको बताउनुभएको छ । प्रनिधिनिसभाको आजको बैठकमा मन्त्रालयगत प्रश्नोउत्तरमा उहाँले भूमिसम्बन्धी जुनसुकै समस्या भए पनि समाधान गर्न तयार रहेको बताउनुभयो । मन्त्री अधिकारीले भूमिसँग जोडिएका विभिन्न प्रथाको अन्त्य गरिने बताउनुभयो । विर्ता उन्मूलन ऐन आइसकेपछि विर्ता जग्गा […]