alliance khabar

सोमबार, आषाढ ३०, २०८२

रेसुङ्गा, असार ३० गते । 

गुल्मीको रुरुक्षेत्र गाउँपालिका स्मार्ट बोर्ड खरिदको विषयले विवादमा फसेको छ । विद्यालयमा स्मार्ट बोर्ड खरिदको विषयमा अनियमितताको आशङ्का गर्दै सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रमहरूमा आलोचना हुँदै आएको थियो । सोमबार सोही विषयलाई लिएर गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतमको नेतृत्वमा २८ जना जनप्रतिनिधिको हस्ताक्षर सहित ज्ञापन पत्र बुझाएका छन् । 

यो विषयको छानबिन गरेर सत्य तथ्य बाहिर नआउँदासम्म आफूहरू गाउँपालिकाका कुनै कार्यक्रमहरूमा सहभागी नहुने उपाध्यक्ष गौतमले बताउनुभयो । उहाँले आफूहरूको कुनै संलग्नता नभएको, स्मार्ट बोर्ड जडानमा निर्णय एकातिर र कार्यान्वयन अर्कोतिर भएकाले उचित छानबिनको माग आफूहरूको रहेको बताउनुभयो । त्यस्तै नेकपा एमाले रुरुक्षेत्र गाउँ कमिटी गुल्मीले पालिका अध्यक्ष यदु ज्ञवाली र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको कार्यकक्षमा ताला लगाएको छ । नेकपा एमाले रुरु क्षेत्र गाउँ कमिटी अध्यक्ष फर्शुराम ज्ञवालीको नेतृत्वमा तालाबन्दी गरिएको हो । 

रुरुक्षेत्र गाउँपालिका गाउँ कार्यपालिकाले २०८१ चैत २५ गतेको गाउँपालिकाका सबै माविमा लुम्बिनी प्रदेश सरकार र रुरुक्षेत्र गाउँपालिकाको साझेदारीमा स्मार्ट बोर्ड जडान गर्ने निर्णय गरेको थियो । यो निर्णय तत्काल कार्यान्वयन नगरेर असारमा आफूखुसी निर्माण व्यवसायीले विद्यालयहरूमा स्मार्ट बोर्ड जडान गरेकाले अनियमितता प्रस्ट भएको नेकपा एमाले रुरु क्षेत्र गाउँ कमिटीका अध्यक्ष फर्सुराम ज्ञवालीले जानकारी दिनुभयो ।

एमालेले चैतको निर्णय असारमा आएर मनलाग्दी सामान बाँड्दै असार ११ गते प्रधानाध्यापक बोलाएर प्रक्रिया पुरा गर्ने र भुक्तानी माग्ने काम प्रचलित कानुन अनुसार नभएकाले छानबिनको माग गरिएको ज्ञवालीले बताउनुभयो । 

उहाँले लुम्बिनी प्रदेश सरकारको २५ लाख र गाउँपालिकाको १० लाख गरेर ३५ लाख बजेट फ्रिज गराउन गाउँपालिकाले खेलेको भूमिका र निर्णय बिद्यार्थीहरुको हित विपरीत भएको बताउनुभयो । रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले अख्तियारमा समेत उजुरी परेकाले दोषी जो कोहीलाई कारबाही हुने बताउनुभयो ।

ज्ञवालीले आफूले छानबिन समितिका लागि धेरै पटक छलफल भएको र निर्णयभन्दा पहिले सामान लैजाने व्यवसायीले शिक्षा समिति बैठकमा माफी मागेकाले आफू कुनै किसिमको पक्षपोषणमा नरहेको बताउनुभयो । उहाँले भन्नुभयो,“अख्तियारको पत्रपछि रकम भुक्तानी भएको छैन । व्यवसायीको कमजोरीलाई पालिकासँग जोडिएको आरोप प्रमाणित भए कोही उम्कन पाउँदैनन् ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल