काठमाडौँ, जेठ ३० गते । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भूउपग्रहमा आधारित प्रणालीको सम्भाव्यता अध्ययन अघि बढाइएको छ । उपकरणमा आधारित उडान अवतरण प्रणाली (इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आइएलएस) प्रविधिको विकल्पमा आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन पफर्मेसन–अथोराइजेसन रिक्वायार्ड) भनेर चिनिने प्रविधि जडान गर्न सम्भाव्यता अध्ययन भइरहेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले झन्डै एक अर्ब रुपियाँ खर्चेर जडान गरेको […]
काठमाडौँ, जेठ ३० गते । दस महिनामा मुलुक सात अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्म छ अर्ब ९८ करोड रुपियाँ भित्रिएको हो । गत वर्ष सो अवधिमा चार अर्ब ३६ करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो । गत वर्षको १० […]
२०८१ जेठ २९ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र कतारका श्रम मन्त्री H.E. Mr. Ali SAMIKH AL MARRI द्धिपक्षीय भेटवार्ता भएको छ । जेनेभामा जारी अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को ११२ औं अन्तराष्ट्रिय श्रम सम्मेलन (आईएलसी) मा सहभागी हुने क्रममा मंगलबार कतारका समकक्षी बीच भेटवार्ता भएको हो । भेटमा दुवै मुलुक […]
२०८१ जेठ २५ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाले आन्तरिक रोजगारी प्रवद्र्धनको आधार तयार पार्ने बताए छन् । शुक्रबार कर्णाली प्रदेश सुर्खेतमा आयोजित रोजगार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दे मन्त्री अर्यालले मेलाले रोजगारदाता र श्रमिक बीच मध्यस्गथकर्ताको भूमिका खेल्ने बताएका हुन् । उद्घाटनलाई सम्बोधन गर्दे मन्त्री […]
हेटौँडा, जेठ १८ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारको नीति तथा कार्यक्रमका आधारमा सहमतिअनुसार आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट आउने बताउनुभएको छ । उहाँले बागमती प्रदेशका नागरिकको ईच्छा र आकांक्षालाई समेट्नेगरी नीति तथा कार्यक्रम आएको भन्दै प्रदेशलाई समृद्ध बनाउनेगरी नीति तथा कार्यक्रम आएको दावी गर्नुभयो । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष […]
काठमाडौँ – नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा ३ रुपियाँ, मट्टीतेल र डिजेलमा १–१ रुपियाँ मूल्य घटाएको हो । अब काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १६८ रुपियाँ पर्नेछ भने मट्टीतेल र डिजेललाई १५३ रुपियाँ तिर्नुपर्नेछ । यसअघि पेट्रोलको १७१ र मट्टीतेल र डिजेलको मूल्य १५४ रुपियाँ थियो […]
काठमाडौँ, जेठ १८ गते । नेपाल विद्युत् प्राधिकरणले यो वर्ष करिब एक हजार दुई सय मेगावाट विद्युत् भारत निर्यात गर्नका लागि त्यहाँका केन्द्रीय विद्युत् प्राधिकरणमा प्रस्ताव पठाएको छ । आगामी बर्खायाममा स्वदेशभित्र खपत गरी बचत हुने आकलन गरिएको सो परिमाणको विद्युत् बिक्रीका लागि हरियाणा राज्य सरकारलगायत विभिन्न खरिदकर्ता निकायसँग सम्झौता गरी अन्तिम स्वीकृतिका लागि केन्द्रीय […]
काठमाडौँ, जेठ १२ गते । ग्रिलजन्य फलाम र निर्माण सामग्रीको अनियन्त्रित रूपमा भएको उच्च मूल्यवृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै ग्रिल तथा स्टिल व्यवसायी महासङ्घ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थ ब्लेडको मूल्यवृद्धि नभएको अवस्थामा पनि नेपाली बजारमा केही सीमित उद्योगी र सरकारमा रहेका मानिसको आपसी […]
काठमाडौँ, जेठ ११ गते । सहकारी पीडितहरुको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घले काठमाडौंमा प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौँको माइतीघरमा प्रदर्शनसहित सहकारी पीडितले रिले अनशन समेत सुरु गरेका हुन् । सहकारी पीडित बचतकर्ताहरु सङ्गठित हुँदै सरकारले सहकारी सञ्चालकबाट बचत फिर्ता गराउन माग राख्दै प्रदर्शन गरेका छन् । अभियानका अध्यक्ष कुशलभ केसीले सहकारी पीडितहरुको बचत […]
काठमाडौँ, २२ वैशाख : आम जनता पार्टी पार्टीले राजस्व छल्नेविरुद्ध नौ महिनादेखि ‘राजस्व उठाउँ, देशलाई बुझाउँ’ अभियान सञ्चालन गर्दैआएको छ । उक्त पार्टीले राजस्वको दुरुपयोग तथा सीमा क्षेत्रका जनताले ल्याएका दैनिक उपभोग्य सामान जफत नगर्न भन्सार विभागदेखि प्रधानमन्त्री कार्यालयसम्मका कर्मचारीको ध्यानाकर्षण गराइरहेको छ । पार्टी अध्यक्ष एवं सांसद प्रभु साहले मुलुक सञ्चालनको प्रमुख आम्दानीको स्रोत […]