alliance khabar

मंगलबार, फाल्गुण २०, २०८१

काठमाडौँ, फागुन २० गते । हिमालय एअरलाइन्सले पोखरा र ल्हासाबिच साप्ताहिक उडान सुरु गर्ने भएको छ । आगामी चैत १८ गतेदेखि यो नयाँ रुटको उडान सुरु हुने छ ।

हिमालय एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ सेक्टर जोड्न तथा मागका आधारमा आगामी दिनमा उडान थप्ने योजनासहित हाल हप्तामा एउटा उडान सञ्चालन गर्दै छौँ ।”

प्रारम्भिक योजना अनुसार काठमाडौँ–ल्हासा उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ८:३० बजे हुने र सोही दिन चीनको स्थानीय समय अनुसार १२:०५ बजे ल्हासा गोङ्गर विमानस्थलमा पुग्ने छ । त्यसै गरी ल्हासा–पोखरा उडानले ल्हासा गोङ्गर विमानस्थलबाट स्थानीय समय अनुसार चैत १८ गते १३:१५ बजे उडान भर्ने र सोही दिन नेपाली स्थानीय समय अनुसार १२:४५ मा पोखरा अवतरण गर्ने छ ।

पोखरा–ल्हासा उडान पोखरा 

अन्तर्राष्ट्रिय विमानस्थलबाट चैत १९ मा स्थानीय समय अनुसार बिहान ८:२० मा प्रस्थान गरी सोही दिन चीनको स्थानीय समय अनुसार १२:०५ बजे ल्हासा पुग्ने छ । त्यसै गरी ल्हासा–काठमाडौँ उडानले ल्हासा गोङ्गर विमानस्थलबाट चैत १९ गते स्थानीय समय अनुसार १२:३० मा प्रस्थान गरी सोही दिन नेपाली स्थानीय समय अनुसार १२:०५ मा काठमाडौँ अवतरण गर्ने छ ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष एवं प्रवक्ता विजय श्रेष्ठले काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ उडानले दुई राष्ट्रका नागरिक–नागरिकबिचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल