काठमाडौँ, असोज २४ गते । देशकै ठुलो तरकारी बजार कालीमाटीमा भित्रिएका हरिया तरकारी (हरियो फर्सी, काक्रो र घिरौँला) अत्यधिक विषादीको मात्रा भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिमा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाइले बजारमा भित्रिएका तरकारीको नमुना परीक्षण गर्दा ती तरकारीमा विषादीको मात्रा अधिक देखिएको हो । समितिका अनुसार बिहीबार कालीमाटीमा रहेको […]
दाङ, असोज २४ गते । जेनजी आन्दोलनका क्रममा जिल्ला अदालत दाङलाई जोगाउन महत्त्वपूर्ण भूमिका खेलेकी प्रहरी सहायक हवल्दार संगिता अधिकारीलाई सम्मान गरिएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनका बेला जिल्लाका विभिन्न सरकारी कार्यालयमा आगजनी र तोडफोड भए पनि अदालतमा खटिएकी अधिकारीले आन्दोलनकारीलाई सम्झाउँदै अदालतलाई क्षति हुनबाट बचाउन सफल हुनुभएको थियो । उहाँको यो […]
दमौली (तनहुँ), असोज २३ गते । जिल्लाका स्थानीय तहले एक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेका छन् । गत आर्थिक वर्षमा जिल्लाका छ गाउँपालिकाले १५ दशमलव ६२ किलोमिटर सडक कालोपत्र गरेका हुन् । त्यस्तै ती पालिकाले ३८ दशमलव ५५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलेका छन् । म्याग्दे गाउँपालिकाले एक वर्षको अवधिमा एक दशमलव पाँच किलोमिटर […]
काठमाडौँ, असोज २३ गते । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक तोला सुन रु एक हजार २०० ले महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार रु दुई लाख ३८ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज रु एक हजार […]
काठमाडौँ, असोज २२ गते । संयुक्त अरब इमिरेट्स (युएई) ले आप्रवासीलाई भ्रमण भिसासम्बन्धी नयाँ नियम लागु गरेको छ । नयाँ नियम अनुसार युएईमा भ्रमण भिसामा जान चाहने परिवार, आफन्त वा साथीलाई प्रायोजन (स्पोन्सर) गर्न स्पोन्सरको आम्दानीको स्रोत मासिक चार हजारदेखि १५ हजार दिरामसम्म हुनुपर्ने प्रावधान लागु गरेको हो । नयाँ प्रावधान अनुसार युएई भ्रमणका लागि […]
काठमाडौँ, असोज २२ गते । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले भौतिक पूर्वाधार पूनर्निर्माण कोषमा एक करोड ५० लाख रुपियाँ सहयोग गरेको छ । मङ्गलबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सो रकम बराबरको चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गर्नुभएको हो । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको क्षति भएका […]
काठमाडौँ, असोज २२ गते । चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको अशान्ति र बढेको राजनीतिक तथा आर्थिक अनिश्चितका कारण आव (सन् २०२५/२६) मा आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने अनुमान विश्व बैङ्कले गरेको हो । दक्षिण एसियाको […]
काठमाडौँ, असोज २२ गते । देशमा उत्पन्न विषम परिस्थितिको असरका कारण पर्यटक आगमन घटेको छ । नेपालमा सेप्टेम्बर र अक्टोबरको समयलाई पर्यटनका लागि आकर्षक यामका रूपमा लिइन्छ तर यामको सुरुमै पर्यटकीय संरचनामा पुगेको क्षति र सुरक्षा संवेदनशीलताका कारण सेप्टेम्बरमा गत वर्षभन्दा १८ प्रतिशतले पर्यटक घटेका छन् । पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले भन्नुभयो, “आन्दोलनपछि दिनचर्या करिब […]
काठमाडौँ, असोज १९ गते । प्रतिकूल मौसमका कारण देशभरको हवाई यातायात प्रभावित भएको छ । अविरल वर्षाका कारण उडानका लागि चाहिने आवश्यक दृश्य क्षमता (भिजिबिलिटी) कमजोर हुँदा शनिबार आन्तरिकतर्फका अधिकांश उडान रद्द भएका छन् भने बाह्यतर्फका छ वटा जहाज डाइभर्ट भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले भन्नुभयो, “अविरल वर्षाले मौसम प्रतिकूल […]
गुलरिया (बर्दिया), असोज १९ गते । दसैँको समयमा पनि बर्दियाका केरा बिकेका छैनन् । भारतबाट केरा आयात नरोकिएपछि बर्दियाका केरा दसैँमा पनि नबिकेको हो । बर्दियामा करिब पाँच सय हेक्टरमा केरा खेती हुने गरेको छ । जसमध्ये मुस्किलले २५० हेक्टर क्षेत्रफलको केरा बिकेको किसानले बताएका छन् । गत वर्ष दसैँअगाडि नै केरा व्यापारी किसानको खेतबारीमा […]